नेपालको कृषि आज तीन तहको संकटसँग जुधिरहेको छ—माटोको अम्लीयपन र जैविक तत्वको ह्रास, रासायनिक मल र विषादीमा बढ्दो निर्भरता, र त्यसले किसान, उपभोक्ता तथा वातावरणमा पारिरहेको दीर्घकालीन असर। यही यथार्थको पृष्ठभूमिमा “मिसन नेपाली फर्टिलाइजर्स” खडा भयाे जसले पूर्ण रूपमा स्वदेशी सोच, श्रम, सीप र कच्चा पदार्थमा आधारित दुईवटा मौलिक समाधान सार्वजनिक गरेको छ।

१. ABC(Acidogenic Bio-Catalyst )र EBD( Enhanced Bio-Decomposer): माटो पुनर्जीवनको प्रविधि :
नेपालका धेरै कृषि भू–भागमा माटो अम्लीय हुँदै गएका कारण बालीले आवश्यक पोषकतत्व ग्रहण गर्न नसक्ने अवस्था सिर्जना भएकोछ। अन्तर्राष्ट्रिय अभ्यासमा यस समस्याको समाधानका लागि प्रायः चुन, डोलोमाइट, जिप्सम वा रासायनिक soil conditioner प्रयोग गरिन्छ, जसले pH अस्थायी रूपमा बढाए पनि माटोको जैविक जीवन र संरचनामा दीर्घकालीन सुधार ल्याउन सक्दैन।
Acidogenic Bio-Catalyst (ABC) ले माटोभित्र चलिरहेका जैव–रासायनिक प्रक्रियालाई उत्प्रेरित गर्दै अम्लीयपनलाई क्रमशः सन्तुलनतर्फ लैजान सहयोग गर्छ।
Enhanced Bio-Decomposer (EBD) ले माटोमा रहेका जैविक अवशेषलाई प्रभावकारी रूपमा विघटन गरी जैविक तत्व, सूक्ष्मजीव र माटो संरचना सुदृढ बनाउँछ।
विदेशी उपायहरू प्रायः “माटोमा के हाल्ने?” भन्ने प्रश्नमा सीमित हुन्छन् । तर, ABC & EBD प्रविधि “माटोभित्र कुन प्रक्रिया कमजोर भएको छ?” भन्ने मूल प्रश्नबाट सुरु हुन्छ। त्यसैले यो प्रविधि केवल मल होइन, माटो व्यवस्थापनको समग्र प्रणाली हो।

२. Protein Lysis Method : विषादी होइन, जैविक उत्प्रेरण :
नेपालमा प्रयोग हुने अधिकांश विषादी आयातित छन्। ती विषादीले रोग र किरालाई सिधै मार्ने भएकाले तुरुन्त परिणाम देखिए पनि, मानव स्वास्थ्य, गर्भस्थ शिशु, माटो र वातावरणमा दीर्घकालीन जोखिम निम्त्याउँछन्।
Protein Lysis Method बाट प्राप्त जैविक तत्वहरू भने विषादी होइनन्। यी तत्वहरूले बिरुवाको आन्तरिक प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछन्, जसले बिरुवालाई रोग र किरासँग आफैं लड्न सक्षम बनाउँछ।
यसले रासायनिक विषादीको आवश्यकता घटाउँछ, बालीमा हानिकारक अवशेष रहँदैन, र किसानलाई दीर्घकालीन रूपमा सुरक्षित उत्पादनतर्फ उन्मुख गराउँछ।

विदेशमा पाइने धेरै amino acid spray वा bio-stimulant हरू पोषण पूरकमा सीमित हुन्छन्, तर Protein Lysis Method बाट प्राप्त जैविक घोल जैविक उत्प्रेरक (bio-catalytic agent) को रूपमा काम गर्छ—यो यसको मौलिक विशेषता हो।

तुलनात्मक बाकस : विदेशी प्रविधि बिरुद्ध  मिसन नेपाली फर्टिलाइजर्स :
आधार                 विदेशी प्रविधि (सामान्य)     ABC & EBD / Protein Lysis
दृष्टिकोण              बाह्य सामग्रि केन्द्रित           प्रणाली र प्रक्रिया केन्द्रित
माटो सुधार          अस्थायी                             दीर्घकालीन
सूक्ष्मजीव             दबिने सम्भावना                 सक्रिय र संरक्षण
विषादी निर्भरता    उच्च                                 घट्दो
अवशेष (Residue)     रहन सक्छ                हुँदैन
कच्चा पदार्थ        आयातित                           सम्पुर्ण स्वदेशी
लागत                  बढ्दो                               दीर्घकालमा किफायती
आत्मनिर्भरता       कम                                 उच्च
राेजगारि              न्यून                                अत्यधिक

निष्कर्ष : अब नीति र सहकार्यको आवश्यकता
ABC, EBD र Protein Lysis Method कुनै विदेशी नक्कल होइनन्। यी नेपालकै माटो, मौसम, किसान र वास्तविक समस्याबाट जन्मिएका मौलिक समाधान हुन्। प्रारम्भिक प्रयोगले सम्भावना देखाइसकेको भए पनि, यी प्रविधिहरूलाई व्यवस्थित, बहु–स्थानिय सरकारी परीक्षण, अनुसन्धन र संस्थागत समर्थनको खाँचो छ।
यदि सरकारले यस्ता स्वदेशी नवप्रवर्तनलाई परीक्षण, सहकार्य र नीति समर्थनमार्फत अघि बढायो भने—
माटो स्वास्थ्य सुधार
विषादी निर्भरता न्यूनीकरण
सार्वजनिक स्वास्थ्य संरक्षण
र अर्बौं रुपैयाँको आयात प्रतिस्थापन
सबै लक्ष्य एकैसाथ हासिल गर्न सकिन्छ।
मिसन नेपाली फर्टिलाइजर्स ले देखाएको यो बाटो नेपाली कृषिको आत्मनिर्भर भविष्यतर्फको स्पष्ट संकेत हो।
लेखक:  मिसन नेपाली फर्टिलाईजर्सका लागि  राजेश्वरि म्यानुफ्याक्चरर्स प्रा. लि. सँग आबद्ध  हुनुहुन्छ।
एबिसि र ईबिडि प्रबिधिका अनुसन्धाता हुनुहुन्छ। लेखकका कैयाैं खाेजपत्र अन्तर्राष्ट्रिय जरनलहरुमा प्रकाशित छन्।