ललितपुर। नेपाल कृषि मेशिनरी व्यवसायी संघ नामियाको आयोजनामा ५ दिने हाते ट्याक्टर मर्मत संभार सम्बन्धी तालिम आज(सोमबार) देखि शुरु भएको छ ।

कृषि पेशा प्रविधि मैत्री बने संगैं गाउँगाउँमा भित्रिएका हाते टयाक्टर बिग्रदा मर्मत गर्ने दक्ष प्राविधिकहरुको समस्या हुन थालेसंगै नामियाले यस्ता खालका तालिमहरु आयोजना गर्दै आएको छ ।

समशितोष्ण बागवानी केन्द्रको तालिम हल, कीर्तिपुरमा शुरु भएको तालिममा २४ जना प्रशिक्षार्थी सहभागि रहेका छन् । सहभागीलाई सैद्धान्तिकसँगै व्यवहारिक रुपमा ज्ञान दिइनुका साथै तालिम पश्चात सहभागीले मिनी टिलरको मर्मत सम्भार सम्न्धी सम्पूर्ण ज्ञान हाँसिल गर्न सक्ने नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो ।

कृषिमा बढ्दो लागत कम गराउँदैं सहजता प्रयोग गर्न यान्त्रीकरणको माग र प्रयोग बढिरहेको सन्र्दभमा नेपालमा मिनी ट्याक्टर मर्मर सम्हार र चलाउन सिकाउने सिपको विस्तार गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै तालिमको आयोजना गरेकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो।

देशका दूरदराजमा पनि कृषि यान्त्रिकरणको बढ्दो प्रयोगलाई मध्यनगर गर्दै थप किसानको घरदैलोमा सेवा विस्तार गर्न यस्ता खालका तालिमहरुको संचालनमा स्थानीय तहको समेत सहभागी रहनु पर्नेमा मिश्रले जोड दिनु भएको थियो ।