ललितपुर। कृषि क्षेत्रको समस्त विकास गर्ने उदेश्यले आठौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो माघ २, ३ र ४ गते चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा माघ २, ३ र ४ गते चितवन एक्स्पो सेन्टर भरतपुरमा बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी आयोजना हुन लागेको हो ।

प्रदर्शनीमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरु रहनेछन् । प्रर्दशनीमा नेपाल, भारत, चीन लगाएत विभिन्न देशका कृषि सम्बन्धी १०० भन्दा बढी स्टलहरु रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ । भट्टराईले साना–साना औजार,मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिने बताउनु भयो । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने विश्वास रहेको उहाँले जानकारी दिनुभयो । प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहेको बताउनु भयो ।

प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भइ कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउने विश्वास लिएको छ ।

प्रदर्शनीमा कुखुरापालन,माछापालन,बाख्रापालन,गाईभैँसी पालन, डेरी,कृषिका मेसिनरी औजार–उपकरण भेटेनरी,खाद्य प्रविधि बारेमा जानकारी लिन सकने छ । प्रदर्शनीमा फरक–फरक समूहका स्टलहरु रहनुका साथै मेलामा देशभरबाट बढी भन्दा बढी अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य आयोजकको रहेको छ ।