ललितपुर। इन्टरनेट सेवा प्रदायक भायानेटले नेपालीहरूको महान पर्व दशैंलाई लक्षित गर्दै आफ्ना नयाँ तथा पुराना ग्राहकहरूका लागि आकर्षक छुट र उपहार योजना सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत इन्टरनेट जडान गर्ने वा नवीकरण गर्ने सबै ग्राहकले विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा ग्राहकहरूले तीन हजार रुपैयाँ पर्ने मेस राउटर ५०० रुपैयाँ छुटसहित दुई हजार पाँच सय रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसैगरी, १० हजार ७४९ रुपैयाँ मूल्य पर्ने डुअल ब्यान्ड फोन जेडटीई नुबिया ए३६ आठ हजार २९९ रुपैयाँमा उपलब्ध हुनेछ । साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २८ हजार रुपैयाँमा पाइने भायानेटले जनाएको छ ।

अफरअन्तर्गत, इसेवा एपमार्फत आठ हजार ४०० रुपैयाँभन्दा बढीको भुक्तानी गर्ने ग्राहकहरूले ‘VIA300’ प्रोमोकोड प्रयोग गरी ३०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकहरूलाई ‘स्पिन द ह्विल’ मा सहभागी भई थप उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ । स्पिनमार्फत भाग्यशाली ग्राहकहरूले थप १२ महिना, दुई महिना वा एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।