
ललितपुर। विश्वव्यापी रुपमा देखिएको जलवायुपरिवर्तनसंगै उत्पन्न खाद्यान्न संकट, द्घन्द जस्ता विविध कारणले खाद्य संकट तथा खाद्य सुरक्षा चुनौतिपूर्ण हुदैगइरहेको छ । विश्वमा भोकमरी सम्बन्धि प्रतिवेदन २०२३ का अनुसार नेपाल १९ अंकका साथ मध्यमस्तरको खाद्य सुरक्षाको अवस्थामा रहेको देखाउँछ । नेपाल सन् २०२६ को नोभेम्बरसम्ममा अल्पविकसित राष्ट्रको अवस्थाबाट मध्य आय भएको राष्ट्रमा स्तोरन्नति हुने प्रक्रियामा छ । तर खाद्य सुरक्षा जस्तो संवेदनशील विषयमा अध्ययन, अनुसन्धान नहुँदा नेपाल दिनानुदिन खाद्य वस्तुमा परनिर्भर भैरहेको छ । एकातिर खाद्य वस्तुमा परनिर्भता बढ्दो छ भने नेपालमै उत्पादन भएका खाद्यान्नको पनि सहि भण्डारण नहुँदा अर्बौ मूल्य बरावरको खाद्यान्न कुहिएर खेर गैरहेको छ । उत्पादन बढाउनुमात्र नभइ उत्पादन भएका खाद्यान्नलाई सुरक्षित भण्डारण गर्नुपनि धेरै महत्वपूर्ण छ । उत्पादन भएका खाद्यान्नलाई सुरक्षित भण्डारण गर्न सकेमा खाद्यान्न आयातमा कमि गरि निर्यातलाई पनि ठूलो टेवा पुग्न सक्छ भने अर्को तर्फ कृषि उत्पादनले देशको अर्थतन्त्रलाई पनि ठूलो सहयोग पुर्याउन सकिन्छ ।
कृषकहरुले खाद्यान्न सुरक्षित भण्डारणको लागि परम्परागत तरिकाका साथ साथै सजिलै उपलब्ध हुने चामल, मल तथा जुटको बोराहरु पनि उत्तिकै प्रयोग गरेका पाइन्छ । यसरि अव्यवस्थित रुपमा भण्डारण गरेको खाद्यान्नहरुमा धुन, पुतली तथा ढुसी लाग्न गई खाद्यान्नको गुणस्तर मात्र नभई हानीकारक पनि हुन जान्छन्। यस किसिमको समस्या हटाउन स्थानिय निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरुबाट हर्मेटिक व्यागहरु वितरण गर्ने गरिएको छ । समस्या समाधान गर्न यस्तो पहल भएतापनि व्यागको गुणस्तर थाहा पाउन नसक्दा यसको प्रत्यक्ष असर किसानहरुलाई परेको छ । खाद्य सुरक्षालाई विशेष ध्यानमा राखी कुनै पनि स्थानिय निकाय, सरकारी तथा गैर सरकारी निकायले हर्मेटिक व्याग वितरण गरेर सहयोग गर्दा हर्मेटिक व्यागको गुणस्तर, परिक्षण प्रमाण सबै मिलेको नमिलेको, ठिक बेठिक सबै हेर्नुपर्ने देखिन्छ ।
नेपालमा हर्मेटिकको नाममा छिमेकी मुलुकबाट आएका नक्कली प्लाष्टिक व्यागहरुकोपनि कमि छैन । त्यसैले राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थाबाट अनुसन्धान गरेको Certified Produc मात्र किसानहरुलाई खाद्य भण्डारण सामग्री उपलब्ध गराउनुपर्ने आवश्यकता देखिन्छ । यो कुरालाई विशेषत स्थानिय निकाय, सरकारी तथा गैरसरकारी निकायहरुले ध्यान दिनुपर्ने देखिन्छ ।
किसानहरुलाई गुणस्तरही हर्मेटिक व्याग वितरण गर्दा खाद्यान्न सुरक्षामा हुन जाने नोक्सानीको जिम्मेबारी कसलाई ठहर्रयाउने ? यस तर्फ सरकारी (कृषि तथा पशुपन्छी विकास मन्त्रालय) र गैर सरकारी साथै स्थानिय सरकारले ध्यान पु¥याउनु आवश्यक छ ।