
ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायहरुमा लम्पी स्किन र अफ्रिकन स्वाईन फिवर देखापरेको भन्ने संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै रोगको वस्तुगत अवस्थिती अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायहरुलाई परिचालन गरिएको जनाएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा (सोमबार) वसेको सम्वन्धीत अधिकारीहरुको वैठकले पशु सेवा विभाग अन्र्तगतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला ,प्रदेश मन्त्रालय अन्र्तगतका सम्बन्धि अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरि तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय भएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।
रोगको वस्तुस्थितीको दैनिकरआबधिक रिपोटिङ्ग पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र प्रसाद वोहोरालाई गराउने गरि फोकल पोइन्ट तोकिएको पनि मन्त्रालयले जनाएको छ ।
बैठकले वर्षायामको सुरुवात हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टे लगायतका किराहरुवाट सर्ने पशुको रागहरुको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोप सहितका आवश्यक वस्तु र परिश्रमीक समेतको लागत तयार गरी रोग नियन्त्रण कार्य तिनवटै तहका सरकारको सहभागीतामा हुने गरी परिचालनका लागि स्रोत व्यवस्थापन समेतको आँकलन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको छ ।