काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सँग नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा (Dan Ba) नेतृत्वको प्रतिनिधी मण्डलले भेटवार्ता गरेको छ । सिहंदरवार स्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीन वीच कृषि क्षेत्रमा विगत देखिनै सहयोग र सहकार्य हुदै आएको उल्लेख गर्दे आगामी दिनमा कृषि क्षेत्रमा चीनको सहयोग थप अभिवृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले नेपालवाट चीन तर्फ निर्यात गर्न सकिने वस्तुहरु मध्य चिया , नेपाली जडीबुटी एंव राँगोको मासु लाई चीनको भन्सार प्रवेशका लागि प्रकृया अघि वढेकोमा चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले जडीबुटी निर्यातको लागि पनि हाल पाँच वटा कम्पनी यस प्रकृयमा दर्ता भएकाले थप सकजीकरणमा सहयोग गर्न उपाध्यक्ष वा समक्ष आग्रह गर्नुभयो ।

सन २०१९ मा नेपाल चीन वीच हस्ताक्षर भएको सुन्ताला जातका फलफुल निर्यात सम्वन्धी सम्झौता र २०२२ मा भएको घाँस निर्यात सम्वन्धी सम्झौताको कार्यन्वयनका लागि आधारभुत आवश्यकता तयार गर्न प्राविधिक सहयोगका लागि पनि मन्त्री अधिकारीले चिनियाँ प्रतिनिधी मण्डल सँग आग्रह गर्नुभयो ।

भेटवार्तामा उपाध्यक्ष वाले नेपालको चिया ,जडीबुटी आदिको माग चीन भरि रहेको र नेपालवाट यसको निर्यातका लागि आफुले सहजिकरण गर्ने वताउनुभयो । सुन्ताला जातका फलफुल निर्यात गर्नका लागि उपयुक्त भण्डारण स्थल आवश्यक पर्ने र यसका लागि सहयोग गर्न तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो । नेपाली व्यवसायीहरुलाई सिजाङमा हुने व्यापारीक प्रर्दशनीमा भाग लिन आग्रह गर्दे उपाध्यक्ष वाले यस मार्फत नेपाली उत्पादनलाई चीनियाँ वजार सम्म पुर्याउन सहज हुने वताउनुभयो ।