
काठमाडौं। नवलपरासीको विनय त्रिवेणी–१ स्थित दुम्किबास पोल्ट्री फार्म प्रा. लि. ले आजदेखि काठमाडौँको बनस्थली, ढुंगेधारामा आफ्नै अण्डा बिक्रि डिपो सञ्चालनमा ल्याएको छ। यस डिपोमार्फत उपभोक्ताले सफा, ताजा र गुणस्तरीय अण्डा प्रत्यक्ष खरिद गर्न सक्नेछन्।
डिपो सञ्चालनबारे जानकारी दिँदै बिक्री प्रबन्धक सञ्जीव खनालले फार्मबाट उत्पादित अण्डा अब उपभोक्तासम्म प्रत्यक्षरूपमा पुर्याउने लक्ष्यसहित काठमाडौँमा यो बिक्रि केन्द्र स्थापना गरिएको बताए।
यस डिपोबाट उपभोक्ताले यूभी प्रविधिबाट प्रशोधन गरिएका स्वस्थ अण्डा सहज रूपमा पाउनेछन्। दुम्किबास पोल्ट्री फार्म भिजु पोल्ट्री ग्रुप अन्तर्गतको एक प्रतिष्ठित अण्डा उत्पादक कम्पनी हो, जसले नेपालभर गुणस्तरीय अण्डा आपूर्ति गर्दै आएको छ।