
ललितपुर। ए. बी. पेलेट फिड प्रा. ली. र जिरे खोर्सानी कृषि सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा गोदावरी नगरपालिका वडा नम्बर ४ मा पशुपालन तथा आहारा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय भवन ललितपुरमा सम्पन्न भएको पशुपालन व्यवस्थापन तथा आहारा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा ८० जना पशुपालक कृषकहरूको सहभागी रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनज्यूले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा जिरे खुर्सानी संस्थाका अध्यक्ष सरस्वती बन्जारा , गोदावरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्री सानु भाइ नगरकोटी, ए. बी. पेलेट. फिड प्रा.ली.का तर्फबाट प्रबन्ध निर्देशक बलराम सन्जेल, पिताम्बर सन्जेल प्रशिक्षक डा. गणेश बन्जारा र कार्यक्रम संयोजक दिपेश लामिछानेको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्यका बारेमा प्रबन्ध निर्देशक पिताम्बर सन्जेलले प्रकाश पार्नुभएको थियो भने सहकारीका कोषाध्यक्ष राजकुमार परियारले जिरे खुर्सानी सहकारीले हाल संचालन गरिरहेको कृषिका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो
प्रशिक्षक डा. गणेश बन्जाराले गाईभैंसीलाई आहारा आवश्यकता र आहारा व्यवस्थापनको बारेमा चर्चा गर्नुभएको थियो भने प्रशिक्षक डा .उमेश मण्डलले पोषणको कमीले गाईवस्तुमा देखिने रोग, प्रजननका समस्या र तिनका हलका बारेमा चर्चा गर्नुभएको थियो।