
संस्थागत परिचय
स्विसकन्ट्याक्ट अन्तर्राष्ट्रिय विकास परियोजनाहरुको कार्यान्वयन गर्ने संस्था हो । सन् 1959 मा स्थापना भएको यसको मुख्य कार्यालय जुरिच, स्विट्जरल्याण्डमा छ । यो एक स्वतन्त्र गैर-लाभकारी संस्था हो जुन राजनीतिक, वर्गिय, जातिय, क्षेत्रिय, भाषिक, धार्मिक रुपमा तटस्थ छ । यो ४१ वटा देशहरुमा-कार्यरत छ । स्वीसकन्ट्याक्ट नेपाल सन् १९९१ देखि नेपालमा सकृय छ । हाल सञ्चालित परियोजनाहरु/कार्यक्रमहरु-छ वटा मध्ये कृषिसंग सम्बन्धित परियोजनाहरु २ वटा छन् ।
नेपाल कृषि बजार विकास कार्यक्रम – दोश्रो चरण मार्फत भए गरेका कृयाकलापहरु
नेपाल कृषि बजार विकास कार्यक्रमको दोश्रो चरण डिसेम्बर २०२० देखि डिसेम्बर २०२५ समयावधि रहेको छ।कार्यक्रमको उद्देश्यमा ग्रामीण महिला र पुरुषहरू विशेषत पछाडि पारिएका समूहहरुले रोजगारीका अवसरहरु र आम्दानी बढाएका हुनेछन् भन्ने छ भने कार्य क्षेत्र कोशी प्रदेश हो । नेपाल कृषि बजार विकास कार्यक्रमको दोश्रो चरण उत्पादन पश्चातका कृषिका कृयाकलापहरुमा बृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको लगानी वृद्धि गरि कृषि उत्पादनको बजारिकरण र निर्यातलाई सुदृढ गर्ने कुरामा केन्द्रित छ । यो कार्यक्रम सेवा प्रदायकहरु मार्फत कृषि क्षेत्रका साना तथा मझौला उद्योगीहरुमा केन्द्रित छ । यो कार्यक्रम उत्पादन पश्चातका कृषि ब्यवसायमा भएका अवरोधहरु हटाउन, कृषि कृयाकलापहरु, बजारिकरण एवं नविनतामा केन्द्रित सेवा क्षेत्रमा आधारित छ ।
सहयोगको क्षेत्रहरु
अनुसन्धान तथा विकास, प्राविधिक सहयोग (विषय विज्ञ, ब्यवसायिक योजना विकास, कृषि ईन्जिनियर, खाद्य विशेषज्ञ, स्वीस विज्ञ, साझेदार संस्थाको क्षमता विकास, मानव संसाधन सहयोग (नयाँ कर्मचारी), सञ्जाल निर्माण, तालिम, बजार प्रवर्द्धन, ब्राण्डिङ र प्याकेजिङ, संस्थागत सुदृढिकरणमा सहयोग, अवलोकन भ्रमण, सेवा वा प्रणालीको डिजिटाइजेसन, चुनौती कोष राउन्ड २ – मेसिनरी सहयोग, सार्वजनिक-निजी-साझेदारी अंतर्गत पूर्वाधारमा सहयोग । सबै साझेदारीमा काम सम्पन्न भएपछिमात्र र वास्तविक खर्चमात्र भुक्तानी हुन्छ । अनुसन्धान तथा विकास, प्राविधिक सहयोग (विषय विज्ञ, ब्यवसायिक योजना विकास, कृषि ईन्जिनियर, खाद्य विशेषज्ञ, स्वीस विज्ञ, साझेदार संस्थाको क्षमता विकास, मानव संसाधन सहयोग (नयाँ कर्मचारी), सञ्जाल निर्माण, तालिम, बजार प्रवर्द्धन, ब्राण्डिङ र प्याकेजिङ, संस्थागत सुदृढिकरणमा सहयोग, अवलोकन भ्रमण, सेवा वा प्रणालीको डिजिटाइजेसन, चुनौती कोष राउन्ड २ – मेसिनरी सहयोग, सार्वजनिक-निजी-साझेदारी अंतर्गत पूर्वाधारमा सहयोग । सबै साझेदारीमा काम सम्पन्न भएपछिमात्र र वास्तविक खर्चमात्र भुक्तानी हुन्छ ।
साझेदारी
यो कार्यक्रमको चार वर्षको अवधिमा 57 निजी उद्यमीहरुसंग साझेदारी, स्थानीय तह, निजी र सहकारीसंग १८ सार्वजनिक-निजी-साझेदारी अंतर्गत परियोजनाहरु सञ्चालन, ५ वटा निजीक्षेत्रका छाता संगठनहरुसंग साझदारी (नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेसनल डेरी एशोशिएसन, नेपाल अलैंची ब्यवसायी महासंघ, याक एण्ड चौंरी एशोशिएशन नेपाल, उद्योग संगठन मोरङ) आदि छन् ।
उपलब्धीहरु
यो कार्यक्रमको चार वर्षको अवधिमा १४९८ प्रत्यक्ष रोजगारी सृजना, २९००० भन्दा बढी कृषकहरुको आम्दानीमा बृद्धि एवं ५६० वटा कृषि ब्यवसायीहरुले सेवा खरिद गरेका छन् ।
डेरी क्षेत्रमा सहज च्यालेन्ज फन्ड दोश्रो चरण बिजेता डेरी सेवा प्रदायकले डेरीखाध्य बस्तु विविधिकरणका लागि आवश्यक मेसिनरी खरिद तथा जडान गरि उत्पादन सुरुवात गरेको जस अंतर्गत गौडा चीज र चेडार चिज, बटर स्कच, केशर फ्लेवर मिल्क उत्पादन र स्विटन लस्सी र प्लेन लस्सीको उत्पादन तथा बिक्री गरिरहेको छ । त्यस्तै कोशी प्रदेशको दुध संकलन र चिस्यान केन्द्रको कर्मचारीहरुलाई डेरी प्रयोगशाला तालिम र किसानहरुलाई स्वच्छ दुध उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम प्रदान तथा याक तथा चौरीको डेरी खाद्य बस्तुको प्रवर्द्धन गर्न प्रचार सामग्री (फोटो, भिडियो) निर्माण गरि प्रवर्द्धनसाथै बहस पैरवी कार्य पनि संचालन भएको छ ।
यान्त्रिकरण सेवाको क्षेत्रमा मेसिनरी भाडामा दिने (कष्टम हायरिङ) सेवाको लागि निर्माण भएको आधुनिक कृषि एप संचालनमा र कृषकहद्वारा प्रयोग, मेसिनरी सेवाको बिस्तारको लागि जी सामाजिक संजाललाई बुस्ट गर्ने सामाजिक संजाल(फेसबुक) प्रयोगकर्ताहरु उक्त प्रचार सामग्री मार्फत जानकारी दिने काम भको छ । कोशी प्रदेशमा मेसिनरी सेवा बिस्तारको आधुनिक खेति मोबाइल एप मार्फत मेसिनरी भाडामा दिने प्रक्रियामा मेसिनरी सेवा प्रदायकहरु, कृषि सहकारी र किशानहरुसंग अन्तरर्क्रिया कार्यक्रम संचालन भएको छ । सहकारीले आफ्नो लगानी बृद्दि गरि मेसिनरी सेवा बृद्दि गर्न कम्बाइन हारभेस्टर खरिद गरि सेवा प्रदान गरिरहेको साथै सुनसरी जिल्लाको विभिन्न स्थानहरुमा मकै सिड ड्रिल मेसिनद्वारा मकै रोप्न्ने प्रक्रियाको प्रदशन, उक्त प्रदर्शनी कार्यक्रम भएको छ ।
संकलन, भण्डारण र उत्पादन उपरान्त सेवा अंतर्गत मकै सेवा प्रदायकहरुले संकलन तथा भण्डारणलाई केन्द्रित गर्दै साना किशान तथा व्यापारीहरुबीच सम्बन्धविस्तार कार्यक्रम संचालन भएको छ । मकै सुकाउने समस्यालाई मध्यनजर गरि मकै सुकाउने ठाउँ निर्माण, कृषि उपजको (मकै, अलैंची तथा अन्य) सुरक्षित भण्डारणकोलागि भण्डारण प्रबिधिको बारेमा जानकारी, प्रयोगको प्रदर्शनी र प्रयोग वृद्धि गर्न प्रचार प्रसार कार्यक्रम गरेको छ । कृषि उद्यमीहरुलाई उत्पादन उपरान्त प्रविधि प्रयोगको बारेमा अभिमुखीकरण गरि कृषि उद्यमीहरूसंग उक्त प्रविधि प्रयोगको परीक्षण गरेको छ । साथै उत्पादन उपरान्त प्रविधिहरुको प्रयोग बढाउन स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, बजार व्यवस्थापन समिति तथा बजार प्रतिनिधिहरुसंग छलफल कार्यक्रम गरेको छ ।
ब्यवसाय विकास सेवा अंतर्गत कोशी प्रदेशको स्थानीय सरकारसंग समन्वय गरि कृषि उद्यमीहरुलाई कर, लेखा, व्यवसाय दर्ता र खारेजीसंग सम्बन्धित अभिमुखीकरण प्रदान गरेको छ ।
बैकिंङ्ग सेवा अंतर्गत कोशी प्रदेशमा रहेको बैंकहरुले आफ्नो शाखाको कर्जा प्रतिनिधिहरुलाई कृषि कर्जा सम्बन्धी तालिम, कृषि उद्यमी तथा कृषकहरुलाई कृषि कर्जामा अभिमुखिकरण र कृषि कर्जा वितरण गरेक छ ।
मेसिनरी डिजाइन र निर्माण सेवा अंतर्गत इन्जिनियरिंङ सेवाप्रदायकद्वारा अलैंची , तरकारी र मकैमा प्रयोगहुने ग्रेडिंगमेसिनको नमुना तयार गरि परिक्षण, परिक्षण पश्चात ब्यवसायिक उत्पादन शुरु गरेक छ । उक्त ग्रेडिंग मेसिनहरु सम्बन्धित सरोकारवाला, सरकारी निकाय (संघ र प्रदेश) तथा अलैंची व्यवसायी महासंघ द्वारा अनुगमन गरि सुधारको लागि सल्लाह सुझाब प्रदान, सुझाब अनुरुप कार्य सम्पन्न भएक छ । पहाडी क्षेत्रको लागी उपयुक्त मकै प्रसोधन मेसिनरीको डिजाइन र निर्माणको काम सम्पन्न छ ।
ढुवानी सेवा अंतर्गत शीत गृहमा आइ. व. टि (Internet of Things) उपकरणहरु जडान गरेको, उक्त उपकरणले शीत गृहको तापक्रम र आद्रता मोबाइल एपको माध्यम बाट जुनसुकै स्थानबाट पनि निगरानी गर्न सकिने ब्यवस्था छ ।
ब्रान्डीङ्ग तथा प्याकेजिंग सेवा अंतर्गत उद्योगले नाईट्रोजन फिलिंग मेसिन जडान गरि चिप्सको ब्यवसायिक उत्पादन शुरु, कृषि उद्यमीहरुको ब्यवसायिक योजना निर्माण, प्रक्रियाको मानक (SOP) निर्माण, ब्राण्डिङ, प्रचार प्रसार र रणनीति निर्माण सेवा उद्योगले कृषक तथा कृषि उद्यमीसंग अचार बनाउन प्रयोग हुने कच्चा पदार्थ खरिद तथा भण्डारण, रैथाने कृषि उपजहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरणको लागी स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुसंग छलफल साथै कृषि उद्यमीहरुको पहिचान, कृषक तथा कृषि उद्यमीहरुलाई खाद्य सुरक्षा, व्यवसाय व्यबस्थापन तथा वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भए छ ।
जल उपभोक्ता समुहहरुको बजारीकरण अंतर्गत जल उपभोक्ता समूहहरुले उत्पादित तरकारीलाई कोशी प्रदेशको विभिन्न व्यापारीहरुलाई बिक्री गरिरहेको, कृषि मूल्य सूचना प्रणालीलाई औपचारिक रुपमा सार्वजनिक, कृषि मूल्य सूचना प्रणाली कोशी प्रदेशको ६ बजार र अन्य प्रदेशको ३ बजारहरुले सक्रिय र प्रभावकारी रुपमा प्रयोग गरिरहेको छ ।
सार्वजनिक-निजी-साझेदारी अन्तर्गत नीति अबरोधहरुको पहिचान पश्चात नीति अबरोध समाधानको लागि नीति, कार्यविधि तथा रणनीतिक योजना निर्माणको कार्यहरु संचालन भईरहेको छ । यस अंतर्गत प्रादेशिक स्टार्ट अप नितीको अन्तिम मस्यौदा, प्रादेशिक कृषि व्यापार प्रवर्द्धन सम्बन्धी मस्यौदा मन्त्रालयमा पेश, खोरेत रोग नियन्त्रण प्रादेशिक रणनीतिक मस्यौदा, प्रादेशिक सार्बजनिक निजी साझेदारी कार्यबिधि निर्माणका लागि लगानीका प्रारुपहरु निर्माण भएका छन् । त्यस्तै कोशी प्रदेशमा रहेको कृषि बजारहरुको व्यवस्थित र दिगो संचालनका लागि व्यवसायीक योजना, कार्यविधि, रणनीति निर्माणमा सहयोग भईरहेको, संचालित बजारहरुको बजार व्यवस्थापन समितिहरुलाई अभिमुखीकरण र क्षमता बिकास तालिम संचालन गरेक छ ।
साना किसान र कृषि व्यवसाय कार्यक्रम (कासा – CASA) परियोजना मार्फत भए गरेका कृयाकलापहरु
कासा परियोजना मार्फत कार्य/विषयगत क्षेत्रहरूमा कृषि लगानी र दिगो कृषि, खाद्य सुरक्षा र पोषण, जलवायु परिवर्तन, लैङ्गिक र सामाजिक समावेशीकरण छन् भने प्राथमिकताका क्षेत्रहरूमा कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने, दिगो कृषि, जलवायु परिवर्तन अनुकूलन छन् ।
यस परियोजना अंतर्गत स्थानीय/प्रदेश/संघीय तहसँग जोड्ने संयन्त्रको रुपमा आयोजना कार्यान्वयनका लागि पालिकासँग सहमति पत्र लिएको छ, समाज कल्याण परिषद् अन्तर्गत दर्ता भएको छ, पालिका आयोजना सल्लाहकार समितिको वार्षिक बैठक सञ्चालन गरेक छ भने समाज कल्याण परिषदसँग वार्षिक केन्द्रीय परियोजना सल्लाहकार समितिको बैठक सञ्चालन गर्दछ । समाज कल्याण परिषदसँगद्वारा भर्खरै आयोजित मध्यावधि परियोजना समीक्षा समेत गरेको छ । ।
प्रमुख गतिविधिहरुमा 25 भन्दा बढी कृषि-एसएमईहरूसँग साझेदारी गरि किसानहरूसँग पिछडिएको सम्बन्ध प्रवर्द्धन, साना तथा मझौला कृषि-ब्यवसायीहरूलाई व्यवसाय विस्तारको लागि ऋण प्राप्त गर्न र साना किसानहरूसँग उनीहरूको आपूर्ति श्रृंखला विस्तार गर्न अनुकूलित व्यवसाय विकास सेवाहरू प्रदान तथा प्रारम्भिक सार्वजनिक प्रस्तावहरूको मार्गमा जान दुई मध्यम आकारको कृषि-ब्यवसायहरूलाई सहयोग गरेको छ ।
डेरी सम्बन्धी कार्यहरुमा मधेस र लुम्बिनी प्रदेशमा दूधको गुणस्तर सुधार गर्न २०००० दुग्ध कृषकहरूलाई राम्रो उत्पादन अभ्यास (GMP) मा तालिम प्रदान (साझेदारहरू: केन्द्रीय दुग्ध सहकारी संघ नेपाल, एसके डेरी, नेपाल डेरी)। पशुधनको डाटा सहित किसानस्तरको तथ्याङ्क सङ्कलन गर्न सफ्टवेयर/एप विकास गर्न तथा दुग्ध उत्पादन प्रक्रिया र आपूर्ति श्रृंखलाको डिजिटाइजेशन गर्न सहयोग, जलवायु परिवर्तन र वातावरण तर्फ ऊर्जा लेखापरीक्षण गर्न सहयोग, उत्पादन विविधीकरण गर्न सहयोग तथा उत्पादनहरूको गुणस्तर सुधार गर्न र बजारमा नयाँ डेरी उत्पादनहरुको परिचय र प्रवर्द्धन गर्न प्राविधिक सहायता प्रदान । घुम्ती कोष, व्याज छुट र ऋण सेवा सहजीकरण एवं दुध क्यानमा सहयोग – कृषक र सहकारीहरुः पशुको प्रजनन र स्वास्थ्य सेवाहरू पुनर्स्थापित गर्न बहुउद्देशिय सहकारीहरुलाई घुम्ती कोषको रुपमा अनुदान सहयोग प्रदान एवं पशु प्रतिस्थापनका लागि दुग्ध कृषकहरुलाई व्याज छुट र ऋण सेवामा सहजीकरण गरेको छ ।
तरकारी सम्बन्धी कार्यहरुमा प्रशोधित खाद्य पदार्थहरु – टमाटो केचप, फ्रुट जाम र अचार निर्यात गर्न आईएसओ प्रमाणीकरण प्राप्त गर्न सहयोग, ISO प्रमाणीकरणको लागि: गुणस्तर नियन्त्रण, स्वच्छता र सरसफाईमा कारखानाका कामदार र कर्मचारी प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रमाणीकरण कम्पनीहरूसँग जोड्ने सहयोग, राम्रो उत्पादन अभ्यास र जोखिम विश्लेषण (क्रिटिकल कन्ट्रोल पोइन्ट) प्रमाणीकरण प्राप्त गर्न सहयोग, कारखानाका कामदार र कर्मचारीहरूको मूल्याङ्कन गर्न प्रमाणित कम्पनीहरूबाट निरन्तर निरीक्षणको सुविधा, कृषकहरुलाई तालिम प्रदान, किसानहरुले एप मार्फत सल्लाहकार सेवाहरु प्राप्त गर्न सकुन र उनीहरुको कृषि उत्पादन तथा उत्पादकत्वमा सुधार गर्न मद्दत पुगोस भन्ने उद्देश्यले एप निर्माण र प्रवर्द्धन गर्न सहयोग गरेको छ । त्यस्तै उत्पादन व्यवस्थापन सफ्टवेयर निर्माणमा सहयोग, कम्पनीको भ्याट बिलिङ प्रणाली र इन्भेन्टरी व्यवस्थापनमा सहयोग गरेको छ ।
प्रमुख परिणामहरूमा २५००० भन्दा बढी साना उत्पादकहरूको आय वृद्धि, औसत आय वृद्धि – रु. ११००० प्रति वर्ष (एक स्वतन्त्र अनुसन्धान कम्पनीद्वारा गरिएको वार्षिक परिणाम मूल्याङ्कनमा आधारित) छ भने निजी क्षेत्रको एक अरब चालिस करोड लगानी बृद्धि (निजी क्षेत्रबाट प्रतिवेदन र प्रमाणहरू सङ्कलन) भएक छ ।
कार्यक्रम कार्यान्वयन गर्दा देखिएका समस्याहरुमा कोभिड-१९ महामारीले समयमै कार्यक्रम सञ्चालनमा कठिनाई, आर्थिक मन्दी र ऋणको उच्च ब्याजले साना तथा मझौला कृषि ब्यवसायीहरुमा लगानीको इच्छा घटाएको, दुग्ध विकास संस्थानले दुग्ध किसानहरूलाई भुक्तानीगर्न ढिलाई जसले डेरी किसानहरू उत्प्रेरित नहुनु, साना तथा मझौला कृषि उद्योगलाई सरकारले कृषि ऋणमा अनुदान नदिने आदि छन् ।
परियोजनाले गरेका उत्कृष्ट अभ्यासहरुमा विकेन्द्रीकृत डेरी प्रशोधनलाई प्रवर्द्धन र संस्थागत गरिएको, ऊर्जा बचत गर्न ऊर्जा लेखापरीक्षण गरिएको र अन्य डेरी कम्पनीहरूमा त्यस्ता सेवाहरूको बढ्दो पहुँचका लागि डेरी संघसँग प्रविधिको प्रचार प्रसार, कृषि सहकारीहरूसँग जलवायु-स्मार्ट कृषि अभ्यासहरू प्रवर्द्धन, प्रारम्भिक सार्वजनिक प्रस्तावहरूमा जान दुई मध्यम आकारको कृषि-ब्यबसायहरूलाई समर्थन र बीउ आयात निर्भरता घटाउन नेपाली बीउ कम्पनीहरुलाई बजार र विस्तार गर्न सहयोग आदि छन् ।
किसानको स्तरमा उत्कृष्ट अभ्यासहरूको प्रसारको लागि सुझावहरुमा सहकारीहरुको छाता संगठन मार्फत किसानस्तरका उत्कृष्ट अभ्यासहरूलाई स्तरमा फैलाउन मद्धत गर्नुपर्छ । त्यस्तै कृषिको विकासमा निजी क्षेत्र अग्रपंक्तिमा हुनुपर्छ, बजारको सुनिश्चितता गर्न निजी क्षेत्रलाई किसानहरूसँग प्रत्यक्ष सम्बन्ध विकास गर्न प्रोत्साहन गर्न र तिनीहरूको आपूर्ति श्रृंखला विस्तार गर्न मद्दत गर्नाले किसानहरूलाई अझ बढी उत्पादन गर्न उत्प्रेरित गर्नुपर्छ । त्यस्तै तरकारीमा फसलपछिको नोक्सानी धेरै हुन्छ (२५-३०%) र कृषक स्तरमा फसलपछिको प्रविधि र औजारलाई प्रवर्द्धन गर्न आवश्यक छ ।