ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतीको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतीका सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के – कति क्षती पुर्याएको छ यस्को वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री अधिकारीले वाढीले थुप्रै कृषि उपजहरुमा क्षती पुर्याएको सुनिएको छ , यसलाई सम्बोधन गर्न आवश्यक छ, भन्नुभयो । बैठकमा क्षतीको एकिन तथ्यांक छिटो संकलन गरि आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।