कृत्रिम गर्भाधान एक प्रविधि हो,जसमा जिउँदो शुक्रकीट भएको वीर्यलाई भाले जनावरबाट संकलन गरी उचित समयमा औजारहरूको मद्दतले पोथी जनावरको प्रजनन प्रणालीमा प्रवेश गराइन्छ। यसले सामान्य सन्तान उत्पादन गरेको पाइन्छ। यस प्रक्रियामा सङ्कलन गरिएको वीर्य पोथीको पाठेघरमा वा गर्वाशयमा उचित समयमा सफा-सुग्घर तरिकाले राखिन्छ। सन् १७८० मा इटालियन वैज्ञानिक Lazanno Spalbanzani ले कुकुरहरूमा कृत्रिम गर्भाधानको पहिलो वैज्ञानिक अनुसन्धान गरेका थिए। उनका प्रयोगहरुले शुक्रकीटहरूमा निषेचन क्षमता हुन्छ भन्ने प्रमाणित गरेको थियो, वीर्यको तरल भागमा होइन।
कृत्रिम गर्भाधानबाट उत्कृष्ट गुणस्तरका गोरुहरूको वीर्यलाई टाढा-टाढाका स्थानहरूबाट पनि प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ। यस प्रविधि अपनाउँदामा फार्मका जनावरहरूमा यौनजन्य र गैर-योनजन्य रोगहरूको कमी हुने सम्भावना पनि धेरै हुन्छ।
जनावर Heat मा आउने लक्षणहरू:
- जनावर उत्साहित अवस्थामा हुनेछ। जनावर छटपट र बेचैन हुनेछ।
- जनावर बारम्बार कराउनेछ।
- जनावरले खानाको मात्रा घटाउनेछ।
- Heat मा आएका जनावरले अन्य जनावरलाई चाट्ने र सुघ्ने काम गर्नेछन्। ।
- जनावरहरू अन्य जनावरहरूलाई चढ्ने प्रयास गर्नेछन्।
- जब कुनै जनावरलाई चढ्न प्रयास गरिन्छ,तिनीहरू स्थिर भएर उभिनेछन्। यसलाई स्ट्यान्डिङ हिट भनिन्छ र यो १४ देखि १६ घण्टासम्म रहन्छ।
- बारम्बार पिसाब फेर्ने( मुत्र विसर्जन)देखिनेछ। योनीबाट सफा र पारदर्शी म्युकस स्राव निस्कनेछ, कहिलेकाहीँकाहीँ त्यो धागो जस्तो देखिनेछ र योनीको वरिपरि टाँसिएर रहनेछ।
- पुच्छर उठेको अवस्थामा हुनेछ।
- दूध उत्पादनमा थोरै कमी आउनेछ।
- छाम्दा पाठेघर कडा हुने र गर्भाशय खुला हुने अवस्था देखिनेछ।
वीर्य सङ्कलन विधि:
गाईलाइ सुरक्षित रूपमा सेवा क्रेटमा बाँधिन्छ। कृत्रिम योनी तयार पारेर लिङ्गको दिशाबाट ४५° कोणमा राखिन्छ,र धक्का सोही कोणमा दिइन्छ। दायाँ हातले काम गर्ने व्यक्तिले बायाँ हातले कृत्रिम योनी समात्छ; र जब गोरु गाईमाथि चढ्छ,अपरेटरले गोरुको लिङ्गको खोल समातेर ग्लान्ड लिङ्गलाई कृत्रिम योनिमा निर्देशन गर्छ, र त्यसपछि गोरुले बर्य स्खलनको लागि धक्का दिन्छ।
अपरेटरले सावधानीपूर्वक काम गर्नुपर्छ ताकि लिङ्गको बाहिरिएको भागलाई नछोडियोस्। सावधानीपूर्वक काम गर्नुपर्छ ताकि लिङ्गको बाहिरिएको भागलाई नछोडियोस्। गोरु तल ओर्लिएपछि, कृत्रिम योनी लिङ्गबाट हटाइन्छ र ज्याकेटबाट हावा निकाल्नको लागि हावा भेन्ट खोलिन्छ ताकि दबावलाई मुक्त गर्न सकियोस्।
ज्याकेटबाट पानी पनि नोजल खोलेर निकालिन्छ। यसले स्खलनलाई शङ्खाबाट विर्य संकलन ट्युबमा बग्न दिन्छ। वीर्य सङ्कलन ट्युबलाई शङ्खाबाट अलग गरेर कपासको धुलोले ढाकिन्छ र परीक्षणको लागि प्रयोगशालामा लिइन्छ। रबर शङ्खा र वीर्य सङ्कलन ट्युबलाई बाहिरी प्रदूषण वा तापक्रमबाट जोगाउन जीप भएको इन्सुलेसन ब्यागले ढाक्न सकिन्छ।
गर्भाधान विधिहरू (Insemination Methods)
१.रेक्टो-भेजाईनल विधि (Recto Vaginal Method)
गाईहरूमा गर्भधानको सुरक्षित र उत्कृष्ट विधि रेक्टो भेजाइनल विधि हो। Heat मा रहेकी गाईलाई राम्रोसँग नियन्त्रण गरी ट्राभिसमा राखिन्छ। गर्भाधान गर्ने व्यक्ति (इनसेमिनेटर) प्लास्टिकको एप्रोन, गम्बुट र पञ्जा लगाएर तयार हुनुपर्छ। वीर्य स्ट्रलाई पगालेपछि (फ्रिज भएको वीर्यलाई तरल बनाउन र शुक्रकिटलाई चलायमान बनाउन एक मिनेटसम्म तातोपानीमा राखिन्छ) निष्फल गरिएको ए.आई.गनमा लोड गरिन्छ र प्लास्टिकको खोलले ढाकिन्छ। इनसेमिनेटरले पन्जामा सफा साबुन वा अन्य स्नेहक(ल्युब्रिकेन्ट) लगाएर बायाँ हातलाई रेक्टम(मलाशय) भित्र प्रवेश गराउँछ र जनावरलाई पिठ्युँतिर धकेल्छ। हातलाई अझ गहिरो राखेर रेक्टल पर्खालबाट पाठेघर(सर्भिक्स) समातिन्छ। वीर्य स्ट्र लोड गरिएको ए.आइ.गनलाई सर्भिक्सतर्फ अगाडि बढाइन्छ।
२.स्पेक्ट्रम विधि(Spectrum Method)
यस विधिमा स्पेक्ट्रम गाईको योनिमा राखिन्छ, जसले गर्भाधानको ठाउँसम्म बाहिरबाट मार्ग दिन्छ। त्यसपछि स्पेकुलमबाट इनसेमिनेसन ट्युब पास गरिन्छ र वीर्य पाठेघरमा राखिन्छ।
३.भेजाइनल विधि(Vaginal Method)
हातलाई योनिबाट भित्र लगिन्छ र इनसेमिनेसन ट्युबलाई हातले समातेर गर्भाधानको स्थानसम्म पुर्याइन्छ र विर्य राखिन्छ। यस विधिमा प्रजनन अङ्गहरुमा सङ्क्रमण र चोटपटकको जोखिम हुन्छ।