थुनेलो रोग पाल्तु दुधालु पशुहरु (गाइ, भैंसी, भेडी, बाख्री आदि) को दुग्ध ग्रन्थीको सुन्निने रोग अनेक किसिमका जीवाणूको संक्रमणद्वारा हुने गर्दछ । यस रोगका कारण दुध उत्पादनमा कमी हुनुका साथै दुधमा चिल्लोको मात्रा कम हुने गर्दछ । यी कारणले हुने आर्थिक हानीको कारणले डेरी व्यवसायको लागि यो रोग महत्वपूर्ण मानिन्छ । जनस्वास्थ्यको दृष्टिले पनि यो रोगको अत्यधिक महतव छ किनभने प्रदूषित दुधको उपयोग गर्नाले पेट तथा आन्द्राशोधका साथै क्षय रोग जस्तो भयानक जानलेवा रोगव्याधि पनि मानिसमा हुनसक्छ ।
कारण :
संक्रामक थुनेलो रोग अनेकौं जीवाणुहरुको कारणले हुने गर्दछ जस्तो कि स्टेप्टोकोकस, स्टेफाइलोकोकस, एरोवेकटर, एरोजिनस क्लेब शिमला प्रजाति, कारिने व्याकटेयरियम पोयोजिनस, बेसिलस, ट्यूवरक्लोसिस, आदि । खोरेत तथा गाइको विफरमा पनि यो रोग देखिन्छ । यो रोगमा व्याक्टेरिया थुनको नलीबाट वा प्रत्यक्ष रगतबाट दुध ग्रन्थीमा प्रवेश गर्दछ । अनेक कारक आफैं त रोग लगाउँदैनन तर जीवाणुलाई आमन्त्रित गर्ने तथा रोगलाई बढ्न, फौलाउनमा मद्दत गर्दछन् । यसप्रकारका कारक निम्नानुसारका हुने गर्दछन् । पशुको धेरै दुध उत्पादन क्षमता, दुध ग्रन्थीको बनोट ठूलो तथा खुकुलो हुनु, थुन वादुध ग्रन्थीमा कुनै घाउ चोटपटक लाग्नु, गोठ फोहर एवम् अव्यवस्थित हुनु, अनियमित दुध दुहुने वा पूरा दुध नदुहुनु, फोहोर दुध दुहुने भाँडो, फोहोरी तथा अनुभवहिन दुध दुहुने कामदार, चिसो गिलो गोठको भुँइतला तथा बथानमा रोग बाहक पशुको उपस्थिति हुनु । यो रोग पशु व्याएको तुरुन्तै अथवा पशुले दुध दिइ रहेको बेला जहिले पनि लाग्न सक्दछ । दुध नदिएको व्याएको बेलामा पनि यस रोगको संक्रमण हुन सक्दछ । यो स्थिति बढी घातक हुने गर्दछ किनभने यस्ता पशुको थुन फाँचो बारे कृषकलाई कमै चासो   हुन्छ ।
रोगको लक्षण :
लक्षण अनुसार रोगका तीन आवस्थाहरु हुन्छन् ।
१. तीब्र थुनेलो रोग : यस अवस्थामा पशुले अत्यधिक बेचैनी महशूस गर्दछ । दुध ग्रन्थी एक्कासी सुन्निएर कडा तातो तथा रातो हुने गर्दछ । यस्तो अवस्थामा फाँचोलाई थिच्यो भने पशुलाई अत्यन्त दुखेको अनुभूति हुने गर्दछ । दुधको रंग सामान्य सेतोको ठाउँमा पहिले पहेंलो मैलो खैरो हुने गर्दछ पछि रगतका कारण गुलावी वा गाढा रोतो रंगको हुन पुग्दछ । यसका साथसाथै पशुलाई कहिले काहीँ ज्वरो पनि आउने गर्दछ । कम दाना आहारा खाने तथा दुध उत्पादन घटेर जान्छ । कहिलेकाहीँ फाँचो चिसो भएर जान्छ । नीलो रंगको हुन जान्छ तथा फाँचो कुहिने प्रक्रिया शुरु हुने गर्दछ तथा दुध धारण ग्रन्थी पूर्णरुपमा नष्ट भएर जान्छ । २. केही कम तीब्र थुनैलो : यस अवस्थाका लक्षण पन ितीब्र रोग जस्तै हुन्छन् तर तिनीहरु सुस्त गतिमा विकशित हुने गर्दछन् । शुरुमा दुधमा छोक्रा पर्ने  गर्दछ, विस्तारै निख्खर पिप आउने गर्दछ तथा चोकटा परेको जस्तै हुन्छ जसले गदाृ फाँचोको दुधको नली आंशिक वा पूर्ण रुपमा बन्द हुन्छ। यस्तो स्थितिमा दुध थुनबाट राम्रोसित आउँदैन ।
३. दीर्घकालिन थुनेलो : यस अवस्थामा रोग प्रभावित पशुमा दुध विस्तारै आउने गदृछ, दुध पातलो पहेंलो हुने गर्दछ साथै कहिलेकाहीँ पानी जस्तै हुन्छ । फाँचोको दुध क्षरण मांशपेशी पूर्णरुपमा नपट हुने गर्दछन् । आकार अन्तमा दुध विलुकल आउँदैन र कल्चौडोको दुध निर्माण सँधैको लागि खत्तम भएर जान्छ ।
रोगको निदान :
रोग निदानका प्रमुख परीक्षण निम्न अनुरा गरिन्छ :
१. फाँचो कल्चौडो थुनको भौतिक परीक्षण तथा दुधको दर्शनीय गुण हेरेर रोगको सजिलै निदान गर्न सकिन्छ ।
२. क्यालिफोर्निया थुनेलो परीक्षण
यस विधिमा प्लाष्टिकको कम भउको विशेष भाँडोमा चारै थुनको थोरै दुधको नमूना लिने त्यसपछि प्रत्येक कममा दुधको मात्रा बरबार थुनेलो जाँच्ने । रिएजेन्ट हालेर पुरै भाँडोलाई विस्तारै हल्लाउने जसलेगर्दा दुधर रिएजेन्ट राम्रोसित मिसियोस् । थुनेलो भएको रहेछ भने दुध तुरुन्तै जेली जस्तो बाक्लो हुन्छ अन्यथा जस्ताको तस्तै सामान्य रहन्छ । यस परीक्षणमा क्यालिफोर्निया मेसटाइटिस रिएजेनटको साटोमा सोडयम लाटेल सल्फेट डिस्टिल वाटरमा ४ प्रतिशत झोल पनि प्रयोग गर्न सकिन्छ । निदानको लागि रिएजेन्ट जाँच विधि अत्यन्त महत्वपूर्ण मानिन्छ किनकी रोगको प्रारम्भिक अवस्थामा प्रत्यक्ष लक्षण नदेखिदा पनि यो विधिबाट रोग थाहा पाउन सकिन्छ ।
उपचार :
रोगको स्थितिमा रोकथाम अन्यन्त आवश्यक हुन्छ यसको लागि पशु चिकित्सकको निगरानीमा उपयुक्त उपचार गराउनु पर्दछ ।
बाहिरी उपचार : अति तीब्र अवस्थमा सुन्निएको काम गर्न कल्चौडोमा वर्फले सेक्ने गर्नुपर्दछ । वर्फ नपाइएको माटोको भाँडोमा राखेको चिसो प्रयोग गर्न सकिन्छ । अन्य स्थितिमा म्याग्नेसियम सल्फेट युक्त तातोपानीले कल्चौडो सेक्नु पर्दछ । सुन्निएको दुखेको कम गर्न दुध दुहिसकेपछि कल्चौडोमा स्पे्र छर्किने गर्न पर्छ । मस्टिलेपको लेप हाल्दा पनि हुन्छ ।
आन्तरिक चिकित्सा :
रोगको उपचारको लागि यो  आवश्यक छ कि रोगलाई प्रारम्भिक अवथामा निदान गरी रोगको कारण अनुसार उपचार गरिनु पर्दछ । यसबाट कम खर्चमा  र कम समयमा पशुलाई रोग मुक्त गर्न सकिन्छ । यस रोगको उपचारका लागि धेरै प्रकारका औषधि बजारमा उपलब्ध छन् जसमा निम्नांकित उल्लेखनीय छन् ः
१. अन्त स्थानीय औषधि : यस विधि प्रयोग गर्नका लागि पेन्डिस्ट्रिन एस. एच., टाइलकस मेमिटेल आदि बजारमा उपलब्ध छन् । रोगग्रस्त थुनबाट दुध निकालेपछि दुध नलीको मार्गबाट औषधि फाँचोभित्र पसाउने गरिन्छ र हलुका मालिस गरी यसलायई भित्र फैलाइन्छ ।
२. अन्य औषधिहरु : तीब्र थुनेलो भएको अवस्थामा पशुलाई कहिलाकाहीँ ज्वरो पनि आउने गर्दछ । यस स्थितिमा कल्चौडोको स्थानीय उपचारका साथै ज्वरो निरोधक औषधिसँगै एन्टिवायोटिक तथा अन्य औषधि साथै दिएमा शीघ्र लाभ हुने गर्दछ ।
रोगको रोकथाम :
रोगबाट बचाउनका लागि स्वच्छता सम्बन्धी उपायहरु सर्वाधिक उपयोगी   हुन्छ । थुनलाई दुध दुहुनु भन्दा पहिले पोटाँस पानीको झोलले धुनु पर्दछ । दुध दुहुन प्रयोग गरिने भाँडा साथै दुध दुहुने मानिस सफा सुग्घर हुनका साथै क्षयरोग जस्ता रोगबाट मुक्त निरोगी हुनुपर्दछ । रोगी पशुलाई स्वस्थ्य पशुबाट अलग राखी उपचरा  गरिनु पर्दछ । रोगी पशु दुहुनु परे सबैभन्दा अन्त्यमा दुहुनु पर्दछ । पशुको थुन फाँचोमा देखिएका समान्य चोटपटक तथा घाउलाई तुरुन्त उपचार गर्नुपर्दछ । पशुलाई दुध दुहुने अवधि सकिने बेलामा एकैपटक दुध दुहुन छाड्नु हुँदैन बरु विस्तारै छाड्नु पर्दछ र अन्तिम पटक दुध दोहिसकेपछि चारै थुनमा एन्टिवायोटिक औषधि भरेर छाडिदिनु पर्दछ ।
यस प्रक्रियाले थुनेलो हुने सम्भावना धेरै कम हुन्छ । दुधको माध्यमबाट फेलिने रोगबाट मानिसलाई बचाउन मानिस एवम् बच्चलार्य काँचो दुध खान दिने गर्दु हुँनदैन बरु दुधलाई राम्रोसँग उमालेर तताएर उपभोग गरिनु पर्दछ । संभव भएसम्म पास्चुकृत दुधको  उपभोग लाभकारी हुन्छ । समान्य अवस्थामा पशुबाट दुध दुहिसकेपछि उपभोगका लागि एक घण्टाभित्र पुगिसक्नु पर्दछ । अन्य परिस्थितिमा दुधलाई चस्याउने वा पास्चुराइजेशन गरी संरक्षण गरी भण्डारण गरिसक्नु पर्दछ ।