काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको वताउनुभएको छ । काठमाडौको बल्खु स्थीत कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले लिएका लक्ष्यहरु पुरा हुन नसक्ने बताउनुभयो। आफुले मन्त्रालयको जिम्मेवारी लिए देखि किसानलाई मलको सहज व्यवस्था , दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादन सँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस भन्ने आफनो चाहना रहेको वताउनुभयो ।

तरकारीमा विषादीको अत्याधिक प्रयोग बढदै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्युनीकरण गर्न जरुरी रहेको वताउनुभयो । विषादी न्युनीकरणका लागि किसान दाजुभाईलाई मन्त्री अधिकारीले आग्रह पनि गर्नूभयो । किसान र सम्वन्धीत निकाय वीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफु लागेको मन्त्री अधिकारीले वताउनुभयो ।

किसानको उत्पादन सहर सम्म ल्याई विक्रिको व्यवस्था गर्नका लागि वल्खुको जस्तो धेरै कृषि वजारहरुको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिनुभयो ।