भेडा र बाख्राको बन्ध्याकरण किन गरिन्छ?

भेडा र बाख्रा किसानहरूका लागि आफ्नो प्रजनन कार्यक्रम नियन्त्रण गर्न र जात सुधार गर्न बन्ध्याकरण एक महत्वपूर्ण व्यवस्थापन प्रक्रिया हो। बन्ध्याकरण भनेको भेडा वा बोकाको अण्डकोष,Epididymis र प्रत्येक शुक्रणु नलिका(स्पर्माटिक डक्ट) को एक भागलाई हटाउने वा नष्ट गर्ने प्रक्रिया हो।

भेडा र बाख्राको बन्ध्याकरण गर्नुका कारणहरू:

  • नातेदार जनावरहरूको प्रजनन रोक्न(इन ब्रीडिङ्ग) जसले अनुवंशिक दोष, कमजोर वृद्धि दर र अन्य समस्याहरू निम्त्याउन सक्छ।
  • आवञ्चित गर्भधारण रोक्न र साना उमेर र आकारका पोथी जनावरहरूको समयभन्दा अगाडि गर्भधारण र बच्चा जन्माउनबाट जोगाउँछ।
  • फार्ममा जनावरहरू, उत्पादकहरू र कामदारहरूको सुरक्षाका लागि; बन्ध्याकरण गरिएका जनावरहरू सामान्यतया क्रम आक्रमक र सजिलो व्यवस्था गर्न सकिन्छ।
  • बाख्राको मासुको गन्ध घटाउनु: बन्ध्याकरण गरिएका भेडा/बोकाको मासु कम गन्हाउने वा बोकाको गन्ध कम हुन्छ।

बन्ध्याकरणको मुख्य प्रभाव:

  • बन्ध्याकरण गरिएका भेडा/बाख्राको मासुमा बढी बोसो हुन्छ।
  • ६ महिनाभन्दा बढी बन्ध्याकरण गर्दा वृद्धि दरमा कम आउन सक्छ र दुब्लो मासुको मात्रा कम हुन सक्छ।

भेडा र बाख्राको बन्ध्याकरणको उमेर:

बन्ध्याकरण सकेसम्म कम उमेरमा गरिनुपर्छ किनभने बुढा जनावरहरूमा बन्ध्याकरणको तनावले वृद्धि(ग्रोथ) मा नकारात्मक असर पर्न सक्छ। पाठा वा बोकालाई बन्ध्याकरण अण्डकोष अण्डथैलीमा झर्दा (यो केही दिनदेखि तीन हप्तासम्मको उमेरमा हुनसक्छ) गर्न सकिन्छ र यस उमेरमा गर्दा कुनै बेहोस गर्ने औषधि वा पीडा निवारकको आवश्यकता हुँदैन। उमेरसँगै बन्ध्याकरण कठिन र पीडादायक हुन्छ र समस्याको सम्भावना पनि बढ्छ। साथै साना जनावरहरूमा बन्ध्याकरण सजिलै गरिन्छ र चोट पनि छिटो निको हुन्छ। बन्ध्याकरण आदर्श रुपमा ३ हप्ता भन्दा कम उमेरमा गर्नुपर्छ।

जनावरलाई बन्ध्याकरणका लागि समात्ने र नियन्त्रण गर्ने तरिका:

बन्ध्याकरणका लागि राम्रो नियन्त्रण आवश्यक भएकाले दुईजना आवश्यक पर्छ। एकजनाले जनावरलाई समात्नुपर्छ भने अर्कोले बन्ध्याकरण गर्नुपर्छ। साना भेडा वा बाख्रालाई बोरा ओछ्याइएको टेबलमा वा परालको थुप्रोमा राख्न राम्रो हुन्छ। जनावरलाई समात्ने व्यक्तिले जनावरलाई आफ्नो काखमा सिधा बस्ने गरी पुच्छरमा राख्नुपर्छ, वा जनावरको पछाडि उभिएर वा घुँडा टेकेर बस्नुपर्छ।जनावरको पिठ्युँ सहायकको तर्फ फर्किनुपर्ने हुन्छ।

             

बन्ध्याकरणका विधिहरू:

भेडा/बाख्राका लागि तीन सामान्य वनध्याकरणका विधिहरु हुन्छन्: बुर्डिजो विधि, ब्यान्डिङ वा इलास्ट्रेटर विधि र चक्कु(शल्यक्रिया) विधि। फरक-फरक विधिहरु जनावरका आकार र उमेर अनुसार उपयुक्त हुन्छन्,जस्तै: इलास्ट्रेटर विधि धेरै साना जनावरहरूका लागि बढी उपयुक्त हुन्छ। जनावरको आकार र उमेर अनुसार बन्ध्याकरणको विधि छनोट गर्नु राम्रो हुन्छ।

बुर्डिजो विधि:

बुर्डिजो एक उपकरण हो जसले शुक्राणु नलीका र अण्डकोषमा जाने रक्तनलीहरूलाई किचेर रक्तआपूर्ति बन्द गर्छ, जसको कारण अण्डकोषको रक्त आपूर्ति नष्ट हुन्छ। रक्ता आपूर्ति नभएपछि अण्डकोष सुक्छ र काम गर्न बन्द गर्छ। यो विधिलाई “रक्तरहित” विधि भनेर चिनिन्छ किनभने यसमा कुनै काटिने काम हुँदैन र ठीकसँग गर्दा छाला समेत नभाचिने गर्दछ। कुनै पनि बन्ध्याकरण विधिपूर्ण रूपमा पीडा रहित हुँदैन, तर बुर्डिजो विधि सबैभन्दा कम पीडादायी मानिन्छ। यो विधिबाट बन्ध्याकरण जुनसुकै उमेरमा गर्न सकिन्छ; तर, ढिलो उमेरमा गर्दा यसले अस्थायी रुपमा वृद्धि (ग्रोथ)मा धक्का दिन सक्छ।

निम्न चरणबद्ध प्रक्रिया भेडाबाख्राहरूको बन्ध्याकरण बुर्डिजो प्रयोग गरी कसरी गर्ने भनेर देखाउँछन्।

चरण १:

सहायकले जनावरलाई राम्ररी समात्नुपर्छ। अपरेटरले एक हातले अण्ड थैली(स्क्रोटम) समातेर अण्डकोषलाई अण्ड थैलीतिर तल तान्छ। त्यसपछि उसले औलाहरुबीच दुईवटा शुक्राणु नलीका(स्पर्माटिक कर्ड) पत्ता लगाउछ र एक कर्डलाई अण्डथैलीको एक छेउमा तान्छ। यो पहिलो कर्ड हो जुन किचिनेछ।

चरण २:

बुर्डिजोको जबडालाई अण्डथैलीको माथिल्लो भागमा राख्नुहोस्, किचिने स्थानमाथि साना चिसिला(टिट्स) नआउने गरी। अण्डकोष बीचको पर्खाल वा तन्तु (सेप्टम) नखिच्नुस्। बरु, अण्डथैलीको एउटा भागलाई एकपटकमा मात्र गर्नुहोस्।

चरण ३:

बुर्डिजोको जबडा अण्डथैलीको पहिलो छेउमा शुक्राणु नलीका भएको भागमा राख्नुहोस्। कर्ड किच्दा सामान्यतया क्लिक आवाज आउँछ। उपकरणलाई २० देखि २५ सेकेन्ड वा १ देखि २५ सम्म गन्ने समयसम्म बन्द राख्नुहोस्। कर्डलाई किच्न खोज्दा यो सजिलै सर्न सक्छ, त्यसैले बुर्डिजोको जबडा बन्द गर्नुअघि र पछि तपाईले यसलाई बुर्डिजोको बीचमा महसुस गर्नुपर्छ। कर्ड किचिएको छ कि छैन जाँच्न तान्न सक्नुहुन्छ।

चरण ४:

बुर्डिजो खोल्नुहोस्, र यसलाई अण्डकोषको नजिक झन्डै १ सेन्टिमिटर तलको नयाँ स्थानमा राख्नुहोस् र पून: बन्द गर्नुहोस् ताकि कर्ड किचिएकोमा दोहोरो सुनिश्चितता होस्। दोस्रोपटक किच्दा हुने तीव्र पीडा कम गर्न पहिलो किच्ने स्थानभन्दा तलको क्षेत्र चयन गरिन्छ।

चरण ५:

अण्डथैलीको अर्को छेउको कर्ड पत्ता लगाउनुहोस् र बुर्डिजोलाई त्यसमा राख्नुहोस्। बुर्डिजो बन्द गर्नुहोस् र पहिलो कर्डमा जस्तै प्रक्रिया दोहोर्याउनुहोस्।

चरण ६:

काम सकेपछि, अण्डथैलीको दुवै छेउमा चिन्ह देख्न सक्नुहुन्छ। जनावर एक दिन जति दुखाई महसुस गर्न सक्छ र बिस्तारै सुक्छछ। जनावरलाई चल्न प्रेरित गर्नुहोस्। सुरुमा अण्डथैली अलिकति सुनिन सक्छ तर केही हप्तामा कोष बिस्तारै सुक्दै सानो अण्डथैलीको पोका जस्तो मात्र रहनेछ।

यो विधिलाई रगत नआउने विधि मानिए पनि, बुर्डिजोको कुनामा छाला फुट्न सक्छ। बन्ध्याकरणपछि प्रत्येक किचिएको भागलाई ध्यानपूर्वक जाँच्नुहोस्। यदि छाला फुटेको छ भने, अल्कोहल जस्ता एन्टिसेप्टिक लगाउनुहोस्। साथै, उपलब्ध भएमा टिटानस एन्टिटोक्सिनको सुई लगाउनुहोस्।

ब्यान्डिङ्ग वा इलास्ट्रेटर विधि:

इलास्ट्रेटर विधि प्रयोग गरी पाठाबाख्राको बन्द्याकरण गर्न यी प्रक्रियाहरू पालना गर्नुहोस्:

  • १२ महिनाभन्दा पुराना रबरका रिङहरू प्रयोग नगर्नुहोस् ताकि ती नटुटून र कडाईले फिट हुन सकुन्। रिङहरू धमनी र नशामा रक्त प्रवाह रोक्न पर्याप्त कडा हुनुपर्छ। यदि छैन भने अण्डथैली सुनिन्छ।
  • माथि उल्लेख गरिएझैं जनावरलाई नियन्त्रणमा राख्नुहोस्।
  • इलास्ट्रेटरको छेउमा रबरको रिङ राख्नुहोस्। इलास्ट्रेटरलाई छेउहरू माथि फर्काएर समात्नुहोस्। । ब्यान्ड खोल्नका लागि हेन्डलहरू बन्द गर्नुहोस्। त्यसपछि अण्डथैली र अण्डकोषलाई फैलिएको रबरको प्वालबाट पास गर्नुहोस्। जनावरको शरीरको नजिकै सकेसम्म राख्नुहोस्, ध्यान दिनुहोस् कि रिङ्गलाई साना चिचिलाहरु (टिट्स) वा लिङ्ग माथि नराखियोस्।
  • इलास्ट्रेटर खोल्नुहोस् जसले गर्दा रिङ छेउहरूबाट सर्छ र ठिक ठाउँमा बस्छ। ब्यान्ड आफ्नो प्रारम्भिक आकारमा फर्कन्छ,जसले अण्डकोषको रक्त प्रवाह र अन्तत:ब्याण्डको तलको सबै तन्तु मर्ने र झर्ने गर्छ।
  • दुवै अण्डकोष अझै पनि अण्डथैलीको छेउमा नै छन् र रिंग ठीकसंग राखिएको छ कि छैन जाँच गर्नुहोस्। यदि छैन भने, कैँचिले रिंग काटेर प्रक्रिया दोहोर्याउनुहोस्।
  • टिटानस एन्टिटोक्सिनको सुई लगाउनुहोस्। यो रक्तरहित प्रक्रिया भए तापनि रबरको रिङ वरपरको घाउबाट टिटानस ब्याक्टेरिया छिर्न सक्छ।
  • दैनिक रूपमा जाँच गर्नुहोस् कि रबरको ब्यान्ड अझै पनि अण्डथैलीको टुप्पोमा छ कि छैन र सङ्क्रमणको लक्षणहरू छन् कि छैनन्।

             

चक्कु(शल्यक्रिया) विधि:

चक्कु प्रयोग गरी वन्ध्याकरण गर्नका लागि सहायकले जनावरलाई नियन्त्रणमा राखेपछि यो प्रक्रियाहरू पालना गर्नुहोस्:

  • सुरुमा आफ्नो हात र उपकरण(चक्कु र स्काल्पेल) साबुन र पानीले राम्ररी धुहोस् र त्यसपछि किटाणुनाशक लगाउनुहोस्। त्यसपछि अण्डथैलीलाई राम्ररी धोई किटाणुरहित गर्नुहोस्। बन्ध्याकरण अघि वा तुरुन्तै पछि पाठा/बाख्रालाई उत्तेजित नगर्नुहोस्, यसरी रक्त बग्न बढी गराउँछ।
  • अण्डकोषलाई अण्डथैलीको माथिल्लो भागमा धकेल्नुहोस्। जमिनको समान्तर रूपमा काटेर अण्ड थैलीको तल्लो एक तिहाई भाग हटाउनुहोस्।अब अण्डकोष देखिने हुन्छ। प्रत्येक अण्डकोशलाई अण्ड थैलीको खुलेको भागमार्फत अलग-अलग गरी सार्नुहोस्।कुनै-कुनै समयमा अण्डकोष पेटभित्र गहिराईमा पुगेको भए पेटमा थोरै थिच्न आवश्यक पर्न सक्छ।
  • एक अण्डकोसालाई औंलाको प्रयोगले समात्नुहोस्। अण्डकोष चिल्लो र समात्न गाह्रो हुन्छ, त्यसैले बलियोसँग समात्नुहोस् वा सफा गज प्रयोग गरेर अण्डको समात्नुहोस्। अण्डकोष वा शुक्राणु नलिका(स्पर्माटिक कर्ड) तपाईँको हातबाट छुटेर फेरि अण्डथैलीभित्र जान नदिनुहोस्, न त काटिएको भागमा औला हाल्नुहोस्। यसले संक्रमणको सम्भावना बढाउँछ। अण्डकोषमा निरन्तर तनाव राख्दै, शुक्राणु नलीकालाई तलमाथि चलाएर यसलाई कमजोर पार्न र तोड्नुपर्नेछ। यसले रगत बग्न कम गर्न मद्दत गर्छ।

साना पाठा/बाख्रामा(४ वा ५ हप्ताभन्दा कम उमेरका) शरीरबाट टाढा बलियोसँग   तान्नुहोस् जबसम्म कर्ड टुट्दैन।

ठूला पाठा वा बयस्कमा, कर्ड तान्नको सट्टा, चक्कु वा स्काल्पेल प्रयोग गरी कर्ड काट्नुहोस्। कर्डलाई सफासँग नकाट्नुहोस्; बरु, चक्कुको बोसो छेउ प्रयोग गरी खुम्चिँदै काट्नुहोस् ताकि शरीरबाट अलग होस्। यसले रगत बग्न कम गराउँछ। माथिको प्रक्रिया अर्को अण्डकोशको लागि पनि दोहोर्याउनुहोस्। यदि इमास्कुलेटर उपलब्ध छ भने यसलाई ठूला भेडा वा बाख्रामा प्रयोग गर्नुहोस्।

  • यदि शुक्राणु नलीका कुनै भाग काटिएको अण्डथैलीबाट तल झुन्डिएको छ भने, यसलाई हटाउनुपर्छ। यसले शरीरको खाली भागमा ब्याक्टेरिया आकर्षित गर्छ र संक्रमणको कारण बन्छ। यसलाई फुत्काउनुहोस् वा चक्कुले खरानी गर्नुहोस्। बन्ध्याकरणपछि अण्डथैलीको तल्लो भाग खुल्ला राख्नुपर्छ ताकि रगत राम्ररि बगोस्।
  • बन्ध्याकरणको ठाउँमा एन्टिसेप्टिक लगाउनुहोस्। घाउमा झिँगाको नियन्त्रण गर्न स्प्रे लगाउनुहोस् र टिटानस एन्टिटोक्सिनको सुई लगाउनुहोस्।
  • पाठा बाख्रालाई सफा र हावाहिन खोरमा राख्नुहोस्। जनावरलाई हिलो र पानीबाट टाढा राख्नुहोस्। व्यायामले सुन्निने कम गर्न मद्दत गर्छ, त्यसैले एकदम सानो क्षेत्रमा थुनिनबाट बचाउनुहोस्। २४ घण्टासम्म धेरै रगत बगेको छ कि छैन जाँच गर्नुहोस्।अर्को हप्ता दैनिक रूपमा संक्रमण वा सुन्निने संकेतहरूको जाँच गर्नुहोस्।घाउ स्वभाविक रुपमा निको हुन दिनुपर्छ, जुन सामान्यतया एक वा दुई हप्तामा हुन्छ।

यो विधि बन्ध्याकरणको सबैभन्दा भरपर्दो र सस्तो विधि भएपनि, यो सबैभन्दा पीडादायी विधि हो र संक्रमण र झिंगाको समस्या पर्ने सम्भावना बढी हुन्छ। शल्यक्रिया विधिबाट बन्ध्याकरण गर्दा उचित एसेप्टिक (किटाणुरहित) प्रविधि प्रयोग गर्नु आवश्यक छ। स्वास्थ्यकर्मी नभएका व्यक्तिहरूका लागि यो विधि प्रयोग गर्न सिफारिस गरिएको छैन।