१.परिचय

नेपालमा मकै खेति उच्च पहाड, पहाड र तराई सबै ठाउँमा गरिन्छ। मकै नेपालको धानपछिको दोस्रो खाद्यान्नबालि हो। मकै नेपालको एउटा परम्परात खाद्य बालि हो, तर अरु विकसित देशहरुको तुलनामा नेपालमा मकै उत्पादन कम नै देखिन्छ। कम उत्पादनको मुख्य कारण भनेको जमीनको राम्रो तयारी नहुनु, गुणस्तरीय बिउको कम प्रयोग गर्नु, जैविक मलको कमी हुनु, र बीविन्न रोग र किराको प्रकोप हुनु हो। मकैमा धेरै प्रकारका किराले आक्रमण गर्दछन त्यो मध्ये अमेरिकन फौजीकीरा एक हो।

अमेरिकन फौजीकीरा (Spodoptera furgiperda) मकै बालिमा लाग्ने एक घातक कीरा हो जसले मुख्यत: मकै बालीलाई क्षति पुर्‍याउँछ। यो किराको लरवाले मुख्यता बालिको पातमा कोतारेर नॉक्सान पुर्‍याउछ भने अरु वाली जस्तै जुनेलो, धान, कोदो, गहू, घाँसे बालिमा पनि आर्मी कीराले पनि क्षति पुर्‍याउ छ। लार्भा चरणमा, यो कीराले पात, डाँठ, र फलहरूमा व्यापक रूपमा क्षति पुर्‍याउँछ।

सन २०१८ मा एत्रसया महादेशमा भारतको कनााटाका राज्यम देखापरेको यो कीरा नेपालमा पकहलो पटक २०७६ साल बैशाख २६ गते नवलपरासीको गैंडाकोटमा फेला परेको हो।

२. पहिचान

यसको लार्भा हरियोदेखि खैरो रंगको हुन्छ, जसको शरीरमा सेता धर्साहरू हुन्छन्। यस कीराको टाउकोमा “Y” आकारको सेतो चिन्ह पनि देख्न सकिन्छ, जुन यसको प्रमुख पहिचान हो। किराको शरीरमा कालो वा गाढा रङका डामहरू हुन्छन्। पेटको आठौं खण्डको माथितिर वर्गाकार रूपमा मिलेर रहेका ४ वटा काला थोप्ला देखिने र वयस्क भाले पुतलीको अघिल्लो पखेटाहरुक टुपपोतिर ठुलो सेतो धब्बा र बीच तिर अण्डाकार हल्का खैरो धब्बा देखिनछ। पुर्ण विकसित लार्भा ३–४ सेन्टिमिटर लामो हुन्छ । बिशेषगरि यो किरा वेलुका र रातिको समयमा चर्न रुचाऊछ ।

३.क्षतीको लक्षण  

यो किराको लार्वाले मकैको पात, गुभो, जूँगा, तथा घोगामा समेत क्षेती पुराऊदछ। भर्खरै फुलबाट निस्केका साना लार्वाहरुले पातको तल्लो सतहबाट हरियो भाग खाएर झिल्ली मात्र बाकी राखदछ जसले गर्दा पातमा सेता लमंचा झिल्ली भएका पवॉल (papery window) देखा पर्दछ। किरा लागेपछि प्रभावित भागमा सड्ने जस्तो गन्ध आउने सम्भावना रहन्छ। किरा बोटका कोमल भागहरू र कलिला पातहरूमा आक्रमण गर्ने भएकाले बोटको वृद्धि तथा विकासमा अवरोध हुन्छ। किरा बोटको तल्लो भाग वा जरा नजिकैको भागलाई आक्रमण गर्दा बोट कमजोर भएर ढल्ने सम्भावना हुन्छ। किरा मकैको घोगामा प्रवेश गरेर भित्रका दानाहरू खाइदिन्छ, जसले गर्दा दाना खण्डित हुन्छन् वा नष्ट हुन्छन्। किरा पातका नली (whorl) मा बसेर खाने भएकाले त्यहाँ विष्टा जमेको हुन्छ, जसले गर्दा फोहोरको जमावट देखिन्छ।

४.किराको जीबनचक्र  

  • आन्डा चरण: माउ कीरा (female moth) ले पातको मुनिको भागमा १०० देखि २०० अण्डा दिन्छ। एक माउ किराले आफ्नो जीवनकालमा हजारौं अण्डा दिन सक्छ। यी अण्डाहरू करिब ३ देखि ५ दिनसम्ममा फूट्छन्।
  • लार्भा चरण: अण्डाबाट निस्केपछि लार्भाहरू १४ देखि २२ दिनसम्म मकैको पात, डाँठ, र कहिलेकाहीं मकैको घोगामा पनि आक्रमण गर्छन्। यो चरणमा लार्भाहरूले धेरै क्षति पुर्याउँछन्। लार्भा ६ वटा उप-चरण (instars) मा विकास गर्छ।
  • प्युपा(कोष) चरण: अन्तिम उप-चरणमा पुगेपछि, लार्भाले माटोमा छेद बनाएर आफूलाई कोषमा परिणत गर्छ। यो कोषावस्थामा करिब ७ देखि १४ दिनसम्म बस्छ। कोषावस्थामा कीरा स्थिर हुन्छ र माउ किराको रूपमा रूपान्तरणको प्रक्रिया हुन्छ।
  • व्यसक(प्रौढ) चरण: प्रौढ (Adult Moth Stage)  कोषबाट निस्केपछि, प्रौढ माउ किरा बन्छ। प्रौढ माउ किरा सामान्यतया रातमा सक्रिय हुन्छ र नयाँ स्थानहरूमा उडेर प्रजनन गर्न सुरु गर्छ। यसले आफ्नो जीवनको अन्तिम ७ देखि १० दिनसम्म प्रजनन गरेर फेरि जीवनचक्रलाई निरन्तरता दिन्छ।

यो जीवन चक्र तापक्रम र खानाको उपलब्धतामा निर्भर गर्दै २८ देखि ४८ दिनसम्म पूरा हुन्छ। यो चक्र एक महिनाभन्दा कम समयमा पूरा हुन सक्छ, जसले गर्दा यसले निकै छिटो जनसंख्या वृद्धि गर्न सक्छ।

५.व्यवस्थापन

  • भौतिक व्यवस्थापन:

– विवरण: खेतमा नियमित रुपमा गोडमेल गरी माटो उल्टपल्ट गर्ने र रोगी बिरुवालाई हटाउने।

– बाली परिवर्तन: मकैको ठाउँमा अन्य बाली लगाउने, जसले कि कीरा सर्ने सम्भावना कम गर्छ।

  • जैविक व्यवस्थापन:

– बायोपेस्टिसाइड प्रयोग: निमको तेल, बायो पेस्टीसाइडहरू, बायो एजेन्टहरू (जस्तै: ट्राइकोग्रामा) प्रयोग गर्ने।

– प्राकृतिक शत्रुहरूको संरक्षण: चराहरू, कीराहरू, र परजीवीहरूलाई संरक्षण गरेर भुट्टा अङ्ग्रेजी किराको संख्या घटाउन सकिन्छ।

– पर्यावरणीय व्यवस्थापन: खेतको वरपर जैविक बार निर्माण गरी किरा फैलनबाट रोक्ने।

  • रासायनिक व्यवस्थापन:

– किटनाशकको प्रयोग: क्लोरपाइरीफोस, थायोडिकार्ब, तथा अन्य सिफारिस गरिएका कीटनाशकहरू प्रयोग गर्ने।

– समयमै छर्ने: कीरा देख्नासाथ सही मात्रा र समयमा कीटनाशक छराइ गर्ने।

– संयमित प्रयोग: कीटनाशकको अत्यधिक प्रयोग नगर्नुहोस्; यसले वातावरणीय र मानव स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।