मत्स्य पालनालाई पशुपालन र बाली खेतीसँग मिलाएर गरिने खेती प्रणालीलाई एकीकृत खेती भनिन्छ। यस विधिमा,माछा पालनलाई तरकारी खेती, कृषि उत्पादन वा गाई, भेडा र बाख्रा जस्ता पशुपालनसँग गर्न सकिन्छ। बाख्राको घरको भुँइ र निकास रेखा यसरी बनाइन्छ कि सानो मात्रामा गोठको फोहोर सिधै पोखरीमा पठाइन्छ र ठूलो मात्रामा संकलन गरेर सानो ट्यांकीमा जम्मा गरिन्छ। यो प्रविधि विशेषगरी विकासोन्मुख देशहरूका लागि व्यापक रूपमा मान्यता प्राप्त र कम लागतमा गरिने खेती प्रणाली हो। यी संयोजनहरु मध्ये माछापालन र बाख्रापालनको एकीकरण मानव खानाका लागि सबैभन्दा आशाजनक छ, किनकि यो सस्तो, अत्याधिक प्रोटिनयुक्त र सजिलै पचाउन मिल्ने हुन्छ। यसले रोजगारीका अवसरहरू सिर्जना गर्नुको साथै ग्रामीण जनताको सामाजिक(आर्थिक स्तरमा सुधार ल्याउँछ। यस खेती प्रविधिको अर्को फाइदा भनेको जमिन र पानी स्रोतको पूर्ण उपयोग गर्नु हो।
बाख्राहरू मानिसका लागि सबै हिसाबले अत्यन्तै उपयोगी छन्। तिनीहरूले मासु, दुध, गोबार जस्ता विभिन्न खाद्य र अन्य सामग्रीहरु प्रदान गर्छन्, तर तिनीहरुलाई धेरै हेर्चाको आवश्यकता पर्दैन। त्यसैले यसलाई गरिबको गाई पनि भनिन्छ। साथै,बाख्राबाट उत्पादन भएको मललाई माछाको दाना र पोखरीको मलको रुपमा प्रयोग गर्न सकिन्छ। जैविक मलको पुनः प्रयोग गर्दै फोहोर फाल्ने समस्याहरू मात्र समाधान गर्दैन, वातावरणीय प्रदूषण र स्वास्थ्यमा पर्ने असरहरुलाई पनि टाढा राख्छ।

पोखरीको व्यवस्थापनको अभ्यास :

पोखरीहरू स्थायी हुनुपर्छ, र उच्च जैविक उत्पादन कायम गर्न पानीको गहिराई १.५-२.० मिटर हुनु आवश्यक छ। माछा पालन सुरु गर्नुअघि, भएका पोखरीहरूको बाँध बलियो बनाउने र चुवावट नियन्त्रण हटाउने जस्ता सुधारहरु गर्नुपर्छ। रासायनिक, जैविक वा हातैले गर्न मिल्ने विधिहरू प्रयोग गरी नचाहिने झारपातलाई पानीबाट हटाउनुपर्छ। धेरैजसो अवस्थामा, जाल प्रयोग गरी अवांछित र सिकार गर्ने माछाहरूलाई शारीरिक रुपमा हटाइन्छ। यदि त्यो सम्भव नभएमा,२५० पिपीएम (मिलिग्राम/लिटर) महुवा तेलको खललाई पोखरीमा प्रयोग गरिन्छ। आवश्यक मात्रालाई पानीमा भिजाएपछि पोखरीको पानीमा समान रूपमा छर्किनुपर्छ। यसले अवांछित माछालाई मार्नुको साथै पोखरीको मलको रूपमा पनि काम गर्छ। माटो र पानीको pH समायोजन गर्न हरेक हेक्टरमा २५०-३०० किलोग्रामको दरले चुन हालिन्छ।

स्टकिंग :

प्रत्येक पोखरीमा प्रति हेक्टर करिब ८०००-८५०० वटासम्म विदेशी र भारतीय प्रमुख माछाका गोटा (फिङ्गर लिङ्क) राखिन्छन्। राम्रो नतिजा तब प्राप्त हुन्छ जब फिङ्गर लिङ्कहरू ४०% सतहमा बस्ने (कतला र सिल्भर कार्प), २०% स्तम्भभा बस्ने (रोहु), ३०% तल्लो भागमा बस्ने (मृगल र कमन कार्प), र १०% किनारामा बस्ने (ग्रास कार्प) माछाहरुसंग राखिन्छ। यी ६ प्रकारका माछाहरू एकअर्कासँग राम्रोसँग मिलेर जलाशयमा भएका आहाराहरूको उपयोग गर्छन्। ग्रास कार्प लाई न्यापियर, बन्दाकोबीका पातहरू र तरकारीका फोहोरहरु खुवाइन्छ। माछा बजारमा बेच्न लायक आकारमा पुगेपछि आंशिक रुपमा निकालिन्छ, र एक वर्षको पालनपछि पूर्णरुपमा माछा निकालिन्छ।

खादको प्रयोग :

एक बाख्राको वार्षिक खाद उत्पादन १.५ देखि २.० टनको बीचमा हुन्छ। यसमा २.७% नाइट्रोजन, २.७८% फोस्फोरस र २.८८% पोटासियम हुन्छ। एक हेक्टर पोखरीको क्षेत्रमा औसतमा ६०-८० बाख्रापालन गर्नु आवश्यक छ। माछा उत्पादनमा बाख्राको खादको प्रयोगले सामान्यतयास् ४०-६०% खाना खर्च घटाउन सक्छ।

खानपान :

बाख्राहरू धेरै खाने वाले हुन्छन् : केही चिजहरू मात्र तिनीहरूको खानाबाट बच्न सक्छ। अन्य रुमिनेन्टहरूभन्दा बाख्राहरुलाई चरणको भन्दा झारपात खाना धेरै मनपर्छ। यी साना रुमिनेन्टहरू प्रायस् हरियो घाँस९जस्तै बर्सीम, फुलको पात, बन्दाकोबीका पात, न्यापियर, अल्फा अल्फा आदि० खान मन पराउँछन्। उनीहरु मलबेरी, अमला, पिपल र अन्य वनस्पतिको पात पनि खाने गर्दछन्।
जब बाख्राहरूलाई खोरमा राखिन्छ, तब तिनीहरूलाई राम्रो सन्तुलित र उच्च ऊर्जा भएको आहार दिनुपर्छ। चरणमा रहेको पोषक तत्वहरूको कमीलाई पूरा गर्नका लागि कन्सन्ट्रेट फेडहरू प्रयोग गर्न सकिन्छ। बच्चाहरूलाई ३५% भुइतेलको केक, २०% चनाको दाना, २२% खनिजको संयोजन र ०.५% साधारण नुनको मिश्रण दिनुपर्छ।वस्यक बाख्राहरूलाई एक भागको गहुँको भुस, दुई भागको मकैको दाना र एक भागको लिनसिड केक दिनुपर्छ। आहारमा क्याल्सियम र फस्फोरसको उचित मात्रा हुनु महत्त्वपूर्ण छ। हरियो घाँस खुवाउँदा हाइपोम्याग्नेसिमिया रोक्नका लागि आहारमा म्याग्नेसियम थप्नुपर्छ।
बाख्रा बेच्नु अघि दुई महिना, ०.५ किलोग्राम कन्सन्ट्रेट मिश्रण दिनुपर्छ, जसमा २०% लिनसिड मील वा भुइँ तेलाको केक र २०-२५%% मकै, गहुँ वा चनाको दाना समावेश गर्नुपर्छ। यसले छिटो तौल बढ्नमा मद्दत पुर्याउँछ, मांसपेशी र बोसो दुवैमा।

निस्कर्ष :

एकीकृत खेती विकासोन्मुख देशहरूको लागि विशेष रूपमा महत्त्वपूर्ण छ, जहाँ जनसङ्ख्याको वृद्धि हुदा प्रोटिनको बढ्दो आवश्यकता पूरा गर्नु ठूलो समस्या हो। यसले ग्रामीण समुदायको सामाजिक र आर्थिक स्तरलाई ठूलो हदसम्म सुधार्न सक्छ। तर, किसानहरूले पानीको स्रोत, तालिम र प्रदर्शन सुविधा र आर्थिक समर्थन पनि प्राप्त गर्न आवश्यक छ। फोहोरको पुनस् प्रयोग गर्नसक्ने यो एकीकृत कृषि प्रणालीले उचित मूल्यमा पशुपंक्षी प्रोटिन उत्पादन बढाउन सक्छ, ग्रामीण क्षेत्रको स्थानीय अर्थतन्त्रलाई प्रवर्धन गर्न सक्छ र रोजगार सिर्जना गर्न सक्छ।