परिचय

नेपालमा बंगुर पालनको लामो ईतिहास छ।विशेष गरी पूर्वी र मध्य क्षेत्रका केही जातीय समूहहरुले परम्परागत रुपमा बंगुर पालन गर्दै आएका छन्। पहिलो घरयासी उपभोग र सांस्कृतिक कार्यका लागि गरिने बंगुर पालन १९५७ मा हाइफर इन्टरनेशनलले विदेशी जातका बंगुर ल्याएपछि व्यवसायिक रुपमा विस्तार भएको हो।

आधुनिक समयमा,विदेशी जातका बंगुरहरुको राम्रो मासु उत्पादन क्षमताका कारण व्यवसायिक बंगुर पालन लोकप्रिय भएको छ। यसलु बंगुर पालनलाई लाभदायक व्यवसाय बनाउन ठूलो योगदान दिएको छ।नेपालमा २०२०/२०२१ को तथ्याङ्क अनुसार बंगुरको संख्या १,५८८,८३८ रहेको र मासु उत्पादन ३१,४५० मेट्रिक टन भएको पाइएको छ।

बंगुर पालनका फाइदाहरु बहुआयामिक छन्, जसले गर्दा आर्थिक, सांस्कृतिक र रोजगारीका पक्षहरुमा सकारात्मक प्रभाव पार्छ:

आर्थिक सम्भावना:

बंगुरको मासु उत्पादन उच्च क्षमताको कारण यो व्यवसायिक रुपमा अत्यन्त लाभदायक छ। बंगुरहरुले तुलनात्मक रुपमा कम समयमा उल्लेखनीय मात्रामा मासु उत्पादन गर्छन्, जसले गर्दा कम समयमै राम्रो आम्दानी गर्न सकिन्छ। विशेष गरि, बंगुरहरु एकपटकमा ५ देखि १४ वटासम्म बच्चा जन्माउन सक्ने हुँदा यसले उत्पादन क्षमतामा बृद्वि गर्दै आर्थिक दृष्टिकोणले प्रभावकारी बनाउँछ। यसले ग्रामीण क्षेत्रमा समेत लगानी गर्न इच्छुक किसान र उद्यमीहरुलाई आकर्षित गरेको छ।

सांस्कृतिक महत्व:

नेपालका धेरै जातीय समुदायहरुमा बंगुर पालन केवल आम्दानीको स्रोत मात्र नभई सांस्कृतिक र परम्परागत अभ्याससँग पनि गाँसिएको छ। बिशेषगरी पूर्वी र मध्य क्षेत्रका समुदायहरुमा बंगुरको मासु परम्परागत चाडपर्व,विवाह र अन्य सामाजिक तथा धार्मिक अनुष्ठानहरुमा प्रमुख भूमिका खेल्छ। यश प्रकार, बंगुर पालन यी समुदायहरुको पहिचान र सांस्कृतिक धरोहरसँग घनिष्ठ सम्बन्ध छ।

रोजगारीका अवसरहरु:

ग्रामीण क्षेत्रमा बंगुर पालनले रोजगारी सिर्जना गर्न महत्वपुर्ण योगदान दिन्छ।यसले गाउँस्तरीय अर्थतन्त्रलाई मजबुत पार्दै स्थानीय स्तरमा रोजगारीका अवसरहरु उपलब्ध गराउँछ।गरिबी घटाउन र जीवनस्तर सुधार्न बंगुर पालनले महत्वपुर्ण भूमिका खेल्छ, जसले ग्रामीण क्षेत्रका मानिसहरुलाई आत्मनिर्भर बनाउँछ।

बंगुर पालन सुरुवात गर्नका लागि केही प्रमुख आवश्यकताहरु छन्:

आवास: बंगुरहरुलाई चरम मौसम र शिकारीहरुबाट जोगाउन उपयुक्त गोठ आवश्यक हुन्छ। यसका लागि स्थानिय सामग्रीहरु प्रयोग गरेर सस्तो र सरल संरचना निर्माण गर्न सकिन्छ।

खाद्य व्यवस्थापन: बंगुरको राम्रो बिकास र उच्च मासु उत्पादनका लागि सन्तुलित आहार आवश्यक छ।यसमा अन्न, तरकारी र व्यावसायिक बंगुर आहार समावेश गर्नुपर्छ।

स्वास्थ्थ व्यवस्थापन: बंगुरहरुको स्वास्थ्यको लागि नियमित पशु चिकित्सकको जाँच र आवश्यक खोपहरु अनिवार्य हुन्छन्।

प्रशिक्षण र स्रोतहरु: नेपालमा विभिन्न संगठनहरु र कृषि संस्थानहरुले बंगुर पालनका लागि प्रशिक्षण र स्रोतहरु प्रदान गर्छन्। यी कार्यक्रमहरुले प्रजन्न,आहार,स्वास्थ्य र बजार व्यवस्थापनका ज्ञान दिन्छन्।

विलासी जात(Exotic breed)

रैथाने जात(Indigenous breed)

बंगुरको आवास (Housing)

खुला आवास प्रणाली (Open Housing System):

बंगुरलाइ खुल्ला ठाउँमा राखिन्छ जहाँ उनीहरुले प्राकृतिक स्रोतहरु(जस्तै घाँस,झाडी) खान पाउँछन्।

बन्द आवास प्रणाली(Closed Housing System):

बंगुरलाई पूर्ण रुपमा बन्द संरचनामा राखिन्छ, जहाँ तापमान र वातावरण नियन्त्रण गर्न सकिन्छ।

अर्ध-खुला आवास प्रणाली(Semi- Open Housing System):

बंगुरलाई आंशिक रुपमा खुला र आंशिक रुपमा बन्द संरचनामा राखिन्छ,जहाँ उनीहरुले केही प्राकृतिक स्रोतहरुको पहुँच पाउँछन् र सुरक्षित पनि रहन्छन्।

गर्भावस्था क्रेट्स(Gestation Crates):

गर्भवती बंगुरलाई आराम र सुरक्षा दिन बनाईएको संरचना हो।

फ्यारोइङ क्रेट्स(Farrowing Crates):

यो संरचना बच्चा जन्माउने समयमा आमालाई र बच्चालाई सुरक्षित राख्न प्रयोग गरिन्छ।

बंगुरको आहार

बंगुरको आयु दानाको मात्रा
१ देखि २ महिनासम्म ०.५ किलो ग्राम प्रति दिन
२ देखि ३ महिनासम्म १.० किलो ग्राम प्रति दिन
३ देखि ४ महिनासम्म १.२५ किलो ग्राम प्रति दिन
४ देखि ५ महिनासम्म १.५ किलो ग्राम प्रति दिन
५ देखि ६ महिनासम्म २.० किलो ग्राम प्रति दिन
वर बंगुर अनि गर्भवती बंगुर २.५ किलो ग्राम प्रति दिन

प्रजन्न चक्र

चक्रको अवधि: बंगुरको प्रजन्न चक्र १८ देखि २१ दिनको हुन्छ।

मुख्य चरणहरु:

४.१ फोलिकुलर चरण: यसमा दुई उपचरण हन्छन्:

          प्रोएस्ट्रस: यस अवधिमा एस्ट्रोजन र फोलिकुल उत्तेजक हर्मोन(FSH) को मात्र बढ्छ, जसले         बंगुरलाई अण्डोत्सर्जनको लागि तयार बनाउँछ।

एस्ट्रस: यस समयमा अण्डाणु परिपक्क भएर अण्डोत्सर्जन हुन्छ, जुन प्रजन्नको लागि उपयुक्त समय हो।

४.२ लुटियल चरण:अण्डोत्सर्जन पछि सुरु हुन्छ। यसमा कर्पस लुटियमको विकास हुन्छ, जसले प्रोजेस्टेरोन उत्पादन गरि गर्भावस्थाको सम्भावना लागि गर्भाशयलाई तयार गर्छ।

४.३ व्यवहारिक संकेतहरु: बंगुरको एस्ट्रसमा गतिविधि बढ्नु, अन्य बंगुरलाई माउन्ट गर्ने प्रयास जस्ता व्यवहार देखाउँछन्, जसले प्रजन्नको सहि समय निर्धारण गर्न मद्दत गर्छ।

४.४ वर्षभरि प्रजन्न: बंगुरहरु वर्षभरि प्रजन्न गर्न सक्षम हुन्छन् किनकि उनीहरुको प्रजन्न चक्र मौसमसँग सम्बन्धित हुँदैन।

मुख्य रोगहरु:

स्वाइन इरिसिपेलास(Swine Erysipelas)

लक्षणहरु: यस रोगमा बंगुरहरुलाई उच्च ज्वरो हन्छ, छालामा रातो वा गुलाबी दाग देखा पर्न सक्छ। यसका, साथै जोर्नीहरु दुख्ने समस्या पनि देखिन्छ।

उपचार: एन्टिबायोटिक्स(जस्तै, पेनिसिलिन) प्रयोग गरि उपचार गर्न सकिन्छ। रोग देखिनासाथ उपचार थाल्नुपर्दछ।

रोकथाम: खोप लगाउनु नै मुख्य रोकथामको उपाय हो। साथै,बंगुरहरुलाई सफा र सुरक्षित वातावरणमा राख्नुपर्छ।

स्वाइन डिसेन्ट्री(Swine Dysentery)

लक्षणहरु: पखाला,रगत  मिसिएको मल, र कमजोरी।यो प्राय बंगुरको आन्द्रामा हुने ब्याक्टेरियल संक्रमण हो।

उपचार: एन्टिबायोटिक्स प्रयोग गर्नुका साथसाथै बासस्थानको सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

रोकथाम: सरसफाइ र स्वच्छ खानेपानि सुनिश्चित गर्नुपर्छ। संक्रमण देखिएका बंगुरहरुलाई अलग राख्नुपर्छ।

अफ्रिकन स्वाइन फिभर(African Swine Fever)

लक्षणहरु: उच्च ज्वरो, छालामा रातो दाग, आन्तरिक रक्तस्राव र अचानक मृत्यु।

उपचार: हालसम्म कुनै प्रभावकारि उपचार उपलब्ध छैन। यो रोग लाग्नबाट जोगाउन कडा जैव सुरक्षा अपनाउनु महत्वपूर्ण छ।

रोकथाम: संक्रमण भएको क्षेत्रको यात्रा नगर्नु, संक्रमित जनावरहरुलाई अलग राख्नु र जैव सुरक्षा मादण्डहरु कडाइका साथ पालन गर्नु।

स्वाइन इन्फ्लुएन्जा(Swine Influenza)

लक्षणहरु: ज्वरो,खोकी,नाकबाट पानी बग्ने र थकान। यो बंगुरहरुमा फैलिने श्वासप्रश्वास सम्बन्धी भाइरल रोग हो।

उपचार:एन्टिभाइरल औषधी,विश्राम र पौष्टिक आहारको व्यवस्था गरिनुपर्छ।

रोकथाम: खोपको प्रयोग,हावाको उचित प्रवाह हुनुपर्छ।

ट्रिचिनेलोसिस(Trichinellosis)

लक्षणहरु:पेट दुखाइ,मांसपेशी दुखाइ,ज्वरो आदि।

उपचार: एन्टिपारासाइटिक औषधी(जस्तै, एलबेन्डाजोल) प्रयोग गरिन्छ।

रोकथाम:बंगुरको मासु राम्रोसंग पकाएर मात्र प्रयोग गर्नुपर्छ र बंगुरहरुलाइ स्वच्छ आहार दिनुपर्छ।