१) परिचय

Common name: Solanum fruit fly

Scientific name: Bactrocera latifrons

ब्याक्ट्रोसेरा ल्याटिफ्रोन्स(Bactrocera latifrons) एक प्रकारको फलफूल झिँगा हो। हाल नेपालमा अकबरे खर्सानी कुहाउने एक विशिष्ट प्रकारको झिँगाको समस्या गम्भीर रुपमा फैलिएको छ। यस झिँगाको आक्रमणले अकबरे खुर्सानीमा व्यापक क्षति पुर्याउँदै त्यसको उत्पादन र गुणस्तरमा प्रतिकूल असर पारेको छ।Bactrocera latifrons पहिला एशिया र प्रशान्त क्षेत्रमा पाइन्थ्यो, तर अहिले यसको फैलावट हवाई, ओकिवाना(जापान), तान्जनिया र केन्यामा पनि देखिएको छ। Bactrocera latifronधेरै प्रकारका बिरुवाहरुमा बस्न सक्छ। यो मुख्य रुपमा Solanaceae र Cucurbitaceae परिवारका बिरुवामा पाइन्छ,जसमा ज्ञद्ध परिवारका छढ प्रजातिहरु समावेश छन्। B.latifrons को संक्रमण दर Cucurbitaceae भन्दा Solanaceae परिवारका बिरुवाहरुमा बढी देखिन्छ।यश कीराले नेपालमा अकबरे खुर्सानीसंगै काँक्रो, फर्सी, लौका, घिरौंरा, गोलभेडा, भण्टा,कागति लगायतका विभिन्न बालिमा क्षति पुर्याउन सक्ने सम्भावना छ।नेपालमा हालसालै मात्र देखा परेको यस झिँगाको मुख्य पोषित आहार अकबरे खुर्सानी हो ,जसले गर्दा यसले बिशेषगरी अकबरे खुर्सानी खेतीमा ठूलो जोखिम उत्पन्न गरेको छ।यदि यसको नियन्त्रण गर्न सकिएन भने, भविष्यमा यश झिँगाको आक्रमणले अन्य तरकारी तथा फलफूल बालीहरुमा समेत गम्भीर क्षति पुर्याउने खतर रहन्छ।जैविक तथा रासायनिक नियन्त्रणका प्रयास भइरहे पनि यो समस्या समाधान गर्न अझ प्रभावकारि उपायहरुको आवश्यकता देखिएको छ।

२) पहिचान

वयस्क झिँगाको शरीरको रंग प्राय कालो र पहेँलो हुन्छ।अनुहारमा दुईवटा ठुला कालो धब्बाहरु हुन्छन्।पखेटाहरुमा हल्का फुस्रो रंगको पट्टीहरु देखिन्छ।वयस्कको लम्बाई लगभग ७-७.५ मिलिमिटर हुन्छ भने पखेटाहरुको लम्बाई लगभग ४-५ मिलिमिटर हुन्छ। पखेटाहरुमा हल्का फुस्रो रंगको पट्टीहरु हुन्छन् र बाहिरी कुनामा साना धब्बाहरु देखिन्छन्। पोथीको अन्तिम पेट खण्डमा सुइरोजस्तै आकारमा तीनवटा उचालिएको पालिहरु सहितको जटिल फुल पार्ने अङ्ग अवस्थित हुन्छ।

३) जीवन-चक्र

यसको जीवनचक्र चार प्रमुख चरणहरुमा विभाजित हुन्छन्स् अण्डा, लार्भा, प्युपा र वस्यक।
अण्डा: वस्यकले फलफूलको सतहमा अण्डा पार्छ, जुन सेता र साना हुन्छन्। अण्डाहरु २-३ दिनमा फुट्छन्।
लार्भा: अण्डाबाट निस्केका लार्भाहरु फलफूलको भित्रको भागमा पसेर खाने गर्छन्।यिनीहरु लगभग ७-१० दिनसम्म रहन्छन्।
प्युपा: लार्भाहरु फलफूल छोडेर माटोमा पसेर प्युपा बन्छन्।प्युपा चरण लगभग १०-१२ दिनसम्म रहन्छ।
वस्यक: प्युपाबाट वस्यक निकन्छ।यसको आयु लगभग १-२ महिना हुन्छ।
 

४) लक्षणहरु

ब्याक्ट्रोसेरा ल्याटिफ्रोन्स (Bactrocera latifrons) एक प्रकारको फलफूल मक्खी हो, जसले मुख्यतया सोलानेसी (Bactrocera latifrons) परिवारका बोटबिरुवाहरुलाइ असर गर्छ। यसका लक्षणहरु निम्न अनुसारका छन् ।
फलफूलमा डाम: यसले अण्डा राख्ने क्रममा फलफूलको छालामा साना डामहरु देखिन्छन्।
लार्भा संक्रमण:अण्डाबाट निस्केका लार्भाहरुले फलफूलको भित्रको भागमा पसेर खाने गर्छन्, जसले गर्दा फलफूल बिग्रन्छ।
फलफूलको कुहिने प्रक्रिया: लार्भाहरुले खाने क्रममा फलफूल कुहिन थाल्छ र नराम्रो गन्ध आउन थाल्छ।
फलफूलको झर्ने समस्या: संक्रमित फलफूलहरु समयभन्दा पहिले नै बोटबाट झर्छन्।

५) झिँगाको नियन्त्रण

नियमित अनुगमन(Monitoring):पेस्टको अवस्थालाई बुझि फेरेमोन ट्रयाप र प्रोटिन बेट ट्रयाप जस्ता उपकरणहरु प्रयोग गर्न सकिन्छ ।
जैविक नियन्त्रण (Biological control): प्राकृतिक शत्रुहरु जस्तै परजीवी बर्राहरुको प्रयोग गरेर कीराको जनसंख्या नियन्त्रण गर्न सकिन्छ।
सांस्कृतिक अभ्यास (Cultural Practices): बगैंचाको सफाई, संक्रमित फलफूलको नष्टिकरण र उचित खेती प्रणाली अपनाउनुपर्छ।
शारीरिक नियन्त्रण (Physical Control): ट्रयाप, जालो वा कभर प्रयोग गरेर फलफूललाई झिँगाबाट जोगाईन्छ।
रासायनिक नियन्त्रण (Chemical Control): अत्यन्त आवश्यक अवस्थामा मात्र कीटनाशकको प्रयोग गर्नुपर्छ, जसमा खासगरी जैविक तथा न्यून विषाक्त कीटनाशकहरुलाई प्राथमिकता दिनुपर्छ।
फलफूलको व्यवस्थापन (Fruit Management): सङ्क्रमित फलफूललाई समयमै हटाउने र गहिरो खाल्डो खनेर पुर्नुपर्छ।

६) मोहनि पासो बनाउने तरीका

  • एउटा पारदर्शी प्लास्टिकको बोतल लिने।
  • बोतललाई करिब तीन भागमा बाँड्ने(बिर्कोपट्टि एक भाग र तल दुई भाग हुने गरि चिन्ह लगाउने।
  • चिन्ह लगाएको ठाउँमा बोतलको चारैतिर करिब आधा इन्च साइजको प्वाल पार्ने।
  • यी प्वालमा आधा इन्च साइजको पाइपको टुक्रा यस्तो फिट गर्ने कि त्यो आधा भित्र र आधा बाहिर हुने गरि होस्।
  • बोतलको बिर्कोमा सानो प्वाल पारेर मसिनो तार छिराउने, र तारको टुप्पोमा सानो कपासको टुक्रा बाँध्ने।
  • बिर्को लगाउँदा, कपासको टुक्रा पाइपको प्वाल नजिकै हुनु पर्नेछ।
  • कपासमा ५ देखि १० थोपा क्युलुर वा मिथाइल युजिनोल हाल्ने।
  • बोतलमा पानी भरेर अलिकति साबुनको टुक्रा राख्ने र बिर्को बन्द गर्ने।
  • पासो तयार भएपछि,यसलाई रुखको छाँयामा,जहाँ घाम नपरोस्, त्यहाँ झुन्ड्याउने।
  • क्युलुरको असर करिब ६ महिनासम्म रहन्छ भने मिथाइल युजिनोलको असर करिब एक महिनासम्म रहन्छ, त्यसपछि यो क्रमशस् कम हुँदै जान्छ। आवश्यकताअनुसार यी पदार्थ फेरि थप्न सकिन्छ।