१) परिचय
सिट्रस एक उच्च मूल्यको बागवानी बाली हो जुन सुक्खा देखि अर्ध-सुक्खा सम्मका विभिन्न कृषि क्षेत्रहरूमा उब्जनी गरिन्छ। नेपालमा व्यावसायिक सिट्रस खेती सन् १९७० पछि मात्र सुरु भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार अघिल्लो वर्षको उत्पादनको तुलनामा आर्थिक वर्ष २०२२/२३ मा २२.९५ प्रतिशत कुल फल उत्पादन भएको थियो भने सुन्तलाजातको खेती नेपालका विभिन्न ६२ क्षेत्रमा गरिन्छ, जसले ४६,३०६ हेक्टर क्षेत्रफल ओगटेको छ । उत्पादनशील क्षेत्र ३२,३१७ हेक्टर छ, भने सिट्रस उत्पादन ३ लाख ६ हजार १४९ मेट्रिक टन छ, जसबाट उत्पादन ९.४७ मेट्रिक टन प्रति हेक्टर रहेको छ। सिट्रसका विभिन्न प्रजातिहरू हुन्छन् जस्तै मन्डारिन, मीठो सुन्तला, एसिड लाइम, र हिल लेमन नेपालको विभिन्न क्षत्रमा उत्पादन गरिदै आएको छ। अघिल्लो आर्थिक वर्षमा कागती, मन्डारिन, मीठो सुन्तला र एसिड लाइम क्रमशः २ हजार ६३६ हेक्टर, २ हजार ७९८ हेक्टर, ६ हजार ५९५ हेक्टर र ९७० हेक्टरमा उत्पादन गरिएको थियो। सुन्तलाजातको उत्पादन क्षेत्र क्रमशः १८८४ हेक्टर, १९ हजार ४८१ हेक्टर, ४ हजार ४८७ हेक्टर र ६ हजार ७० हेक्टर रहेको थियो। कागतीको उत्पादन १३,१४७ टन, मन्डारिन १८५,३४६ टन, मीठो सुन्तला ५१,६४४ टन र कागती ४४,४६२ टन भएको थियो।
सिट्रस फलफूलको व्यावसायीकरणले कृषकको आर्थिक उत्थान भएको छ र व्यापारको निर्यात पनि बढाएको छ। सिट्रस खेतीलाई किसानको अर्थतन्त्र र पोषण सुधार गर्न र गरिबी घटाउने माध्यमको रूपमा विकास गर्न सकिन्छ। नेपालमा जैविक र अजैविक तत्वका कारण सिट्रसको उत्पादन निरन्तर घट्दै गएको छ। सिट्रसमा १६ फङ्गल रोगहरू, ४२ भाइरस वा भाइरस जस्तै जीवहरू, ७ ब्याक्टेरियल रोगहरू, र केहि नेमाटोडहरू छन् जसले सिट्रसमा रोगहरू निम्त्याउँछ भने विभिन्न किराको प्रकोपले रोग सार्ने देखि उत्पादन घटाउदै गाएको छ। सिट्रस उत्पादनमा कमी आउनुको मुख्य कारण सिट्रस ग्रीनिङ हो। सुन्तलाजात फलफूल को व्याक्टेरियाजन्य citrus greening रोगलाई ह्वाङ्गलाङ्गविन HLB भनिन्छ। सिट्रस ग्रीनिङ सिट्रसको मुख्य विनाशकारी रोगहरू मध्ये एक हो। यो रोगको संवाहक सिट्रस सिल्ला कीरा प्रायः ११०० मीटर उचाई भन्दा तल, गर्मी क्षेत्रमा बढी मात्रामा पाईन्छ। एक पटक रूखहरू प्रभावित भएपछि, त्यहाँ निको गर्न कठिनाई हुने गर्छ।
२) कारणसम्बन्धी अध्ययन
सिट्रस ग्रिनिङ्ग सिट्रस रूखको फोलियममा बस्ने ग्राम-नेगेटिभ,ब्याक्टेरियाबाट लाग्ने रोग हो। यी ब्याक्टेरियालाई Candidatus Liberibacter asiaticus, Candidatus Liberibacter africanus र Candidatus Liberibacter americanus नाम दिइएको छ। सबैभन्दा सामान्य प्रजाति, Candidatus Liberibacter asiaticus, नेपाल सहित एशियाभर पाइन्छ। Candidatus liberibacter americanus ब्राजिलमा पहिचान गरिएको थियो, जबकि Candidatus liberibacter africanus र यसको उप-प्रजाति “capensis” अफ्रिकी राष्ट्रहरूबाट रिपोर्ट गरिएको थियो। अमेरिकामा भर्खरै देखा परेको थियो भने एसिया र अफ्रिकामा सबैभन्दा पुरानो रोगहरू मध्ये एक थियो। फाइटोट्रोनको परीक्षण गर्दा प्रयोगकर्ताले दुई प्रकारका ग्रिनिङ्ग पत्ता लगाएयको थिए जून मध्ये: अफ्रिकी प्रकार जुन गर्मी-संवेदनशील हुन्छ, र एसियाली प्रकार जुन गर्मी-सहनशील हुन्छ भन्ने पत्ता लगाएका थिए। तातो-संवेदनशील अफ्रिकी प्रकार Trioza erytreae (अफ्रिकी सिट्रस साइलिड) २२-२५ डिग्री सेल्सियसमा फैलिन्छ, र गर्मी-सहनशील एशियाई प्रकार Diaphorina citri (एशियन सिट्रस साइलिड) ३० डिग्रीको तापक्रममा विकसित हुन्छ र फैलिन्छ।
३) इतिहास
यो मानिन्छ कि सिट्रस ग्रिनिङ्ग रोग, जसलाई Huanglongbing पनि भनिन्छ, १९८० को दशकमा एक पहेंलो शूट रोगको रूपमा चीनमा उत्पन्न भएको थियो। यसलाई पछि दक्षिण अफ्रिकामा १९२९ मा “पहेँलो रोग” को रूपमा रिपोर्ट गरिएको थियो र फसलको समयमा फलहरूको हरियो रङको कारण यसलाई ” ग्रिनिङ्ग ” भनिएको थियो। यो ब्राजिलमा स:न् २००४ मा र फ्लोरिडामा स:न् २००५ मा पत्ता लगाइएको थियो। एसिया, अमेरिका र अफ्रिका बाहेक, यो रोग फिलिपिन्समा १९५० को दशकको अन्तमा एक गम्भीर समस्या बनेको थियो। भारतको सहारनपुरबाट ल्याइएका बिरुवा रोप्ने सामाग्रीबाट नेपालमा भित्रीएको आशंका गरिएको थियो भने नेपालमा पहिलो पटक यो रोग पोखरा उपत्यकामा दिखिएको थियो। पीसीआर परीक्षणमा यो रोग नेपालका कास्की, स्याङ्जा, तनहुँ, लमजुङ र धादिङ जिल्लामा फैलिएको थियो।
४) लक्षणहरू
सिट्रस ग्रीनइंगका लक्षणहरू सिट्रसको प्रजाति र वातावरणीय अवस्थाहरूमा निर्भर गर्दछ:
- संक्रमित बिरुवाको पातमा नसा लगत्तै पहेँलो हुने लक्षण देखिने र नशाबाट संक्रमित पातमा फैलिँदा धमिला दागहरू विकसित हुने। पातहरू विकृत, साना, सीधा हुनुको साथै पातमा पोषक तत्वहरुको कमी वा अन्य समस्याहरू जस्तै क्लोरोसिसका(पातको पहेँलोपन)लक्षणहरू देखिन्छन्।
- एक अध्ययनको बिबरण अनुसार पातको दुबै पट्टी ठूलो संख्यामा युबा अवस्थाका किराहारु पाइन्छ जस मध्य पातको तल्लो भागमा लगभग ६४.५० प्रतिशत किराहरु पाईन्छ भन्ने पातको माथिल्लो भागमा ३५.५० प्रतिशत पाहिने देखिएको छ। माथिल्लो भागको तुलनामा पातको तल्लो छेउमा धेरै किराको युबा आबस्था भेटिने गर्छ।
- सिट्रस ग्रिनिङग रोगबाट संक्रमित फलहरू आकारमा सानो हुन्छन्, एकतर्फी पहेलों हुने र स्वाद तितो हुने जुन उच्च एसिड प्रतिशत र गुलियोपनमा कमी आउने गर्छ।
- साथै यसको बोट टुप्पोवाट मर्न थाल्छ।
- बेमौसममा फूल फूल्ने र फल लाग्ने गर्छ। फलको आकार सानो र हेर्दा आकर्षक नहनेुने, फल बीचबाट काटेर हेर्दा दुबै काटेको भागमा गदुी बरावर रहेको हुदैन र बीयाँ समेत नभएको फोस्रो हुन्छ तथा उत्पादन कम हुदै जाने र अन्तमा बोट सकु्ने हन्छ।
- यो रोग एउटा क्षेत्रमा देखिए पछि समयमै नियन्त्रण गर्न नसके सम्पूर्ण बगैंचा नै सखाप हन्छ। हाल सम्म यसको व्यवस्थापनको सहि तरिका पत्ता लागेको छैन।
- यो रोग सुन्तलाजात फलफूलको एक हानिकारक रोग हो । यसको उपचार छैन।
५) ग्रीनइंग रोग कसरी पत्ता लगाउने
धेरै अध्ययनहरूले पत्ता लगाएको छ कि गर्मी महिनामा,यो रोग पहिचान गर्न निकै गाह्रो हुन्छ, किनकि त्यस समयमा, रूखहरू एकदम सक्रिय रूपमा हुन्छन। त्यसकारण, यो रोग पहिचान गर्ने उचित समय नै चिसो मौसम मानिन्छ जातिबेल रुखका पातहरु झरना सुरू गर्छन।
सिट्रस ग्रीनइंग विभिन्न विधिहरू द्वारा पहिचान गर्न सकिन्छ जुन मध्य दुई विधिहरू व्यापक रूपमा प्रयोग गरिन्छ:
१) पेन टेस्ट मेथड
२) स्टार्च टेस्ट मेथड
१) पेन टेस्ट मेथड
यो प्रक्रिया एकदम सजिलो र धेरैले अपनाएको पाईन्छ। यो प्रयोग गर्नको लागि, हामीले पातको पछाडिको भागमा दुईवटा सर्कल चिन्ह लगाईन्छ। यदि घेराहरूले एउटै लक्षण देखाउँछन् भने, ग्रिनिङग संकेत हुँदैन। तर, पोषक तत्वको कमीको लक्षण दुवै घेरामा देखिन्छ। HLB ब्लोची मोटलले भने मेल खाँदैन, जसले ग्रिनिङग लक्षण पुष्टि गर्छ।
२) स्टार्च टेस्ट मेथड
यो विधि सिट्रस ग्रिनिङग पहिचान गर्नको लागी एक सरल प्रविधि हो। यो विधि यस तथ्यमा आधारित छ कि सिट्रस पातहरू रोगजनक Candidatus Liberibacter asiaticus (CLas) बाट संक्रमित भएकाले स्वस्थ पातहरूको तुलनामा स्टार्चमा उल्लेखनीय वृद्धि देखिन्छ। परीक्षण गर्न, सफा र तेज ब्लेडले पातमा लक्षण भएको भाग काटेर जिप-लॉक ब्यागमा राखिन्छ। त्यसमा थोरै पानी राखिन्छ। त्यसपछि काटेको भागलाई १.५ देखि २ मिनेटसम्म आयोडिनको झोलमा डुबाएर राखे पछि सफा पानीले पखालिन्छ। यसले HLB सङ्क्रमण भएको संकेत गर्छ। परिणामस्वरूप, यदि झोलको रङ पहेँलो वा सुन्तला छ भने नकारात्मक हो, र गाढा खैरो वा कालो छ भने सकारात्मक हो।
६) व्यवस्थापन
रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको नियमित क्वारेन्टाइन अन्तर्गत कीरा वा रोग रहेको ठाउँबाट बिरुवा र बिरुवाहरुका लागि चाहिने सामग्रीहरू सार्दा जोगिनु पर्छ।
११०० मिटर उचाई भन्दा कम उचाईको क्षेत्रको बगैंचामा सवाहक कीरा सिट्रस सिल्लाको अनुगमन निरीक्षण गर्ने । जहिले पनि ११०० मिटर भन्दा बढी उचाईमा रहेको नर्सरीबाट बिरुवा लिन पुर्छ ।
सिट्रस ग्रीनइंग रोग सार्ने सिट्रस साइलाको महत्त्वपूर्ण भूमिका रहेकाले यसको नियन्त्रण गर्न डायजिनन (०.०२%) को नियमित स्प्रे गर्नु पर्छ।
बेभिस्टिन र लेडरमाइसिन (५०० पीपीएम) को मिश्रण १० दिनको अन्तरालमा ६ पटक स्प्रे गरेर रोग बिरुवा निको पार्न सकिन्छ।
रोगको एकीकृत व्यवस्थापनका लागि रोगग्रस्त क्षेत्र पहिचान र सर्वेक्षण, रोग पहिचानका लागि स्क्रयाच विधिको प्रयोग, संबाहक कीरा सिल्ला र रोग व्यवस्थापन साथै रोगी बोट नष्ट गर्ने आदि गरि आन्तरिक नियन्त्रण प्रणालीलाई अबलम्बन गर्नु पर्नुर्दछ।