परिचय

नेपालीमा सुनाखरी अथवा सुनगाभा र अंग्रेजीमा अर्किड नामले चिनीने सुनाखरी अर्किडेसी (Orchidaceae) परिवार (Family) मा पर्नेे अनौठो प्रकृति र उच्च मुल्य बर्गमा पर्ने फूल हो ।  नेपालको तराई देखि हिमालय हावापानीमा पाईने यो फूलका थुप्रै प्रजातीहरु तराईमा रुखको हाँगाहरुको सहारा लिइ हावावाट मलजल लिएर हुर्कीरहेको (Epiphytes) देख्न सकिन्छ भने कोही प्रजातीहरु पहाडको चट्टानहरुमा (Lithophytes) हुर्कने प्रकृतीका हुन्छन् । यो फूलका अन्य प्रजातीहरु सडेका अवशेसहरुमा (Saprophytes) र कोहि जमीनमा (Terrestrial) हुर्कने प्रकृतिका हुन्छन । बनस्पती जगतकै सवैभन्दा ठुलो परिवारमा पर्ने यो फूलका ७६३ जति जेनेरा र २८,००० भन्दा धेरै प्रजातीहरु र झण्डै १,१०,००० जति हाइब्रीडहरु छन् । सुनाखरीको उत्पत्ती एशिया महादेशको तराईका जंगलवाट भएको भन्ने मान्यता छ ।

नेपाल सुनाखरीको जैविक विविधिताको रुपमा धनि रहेको छ । नेपालको तराई देखि हिमाल र पूर्व देखि पश्चिममा करिव ५०० सुनाखरीका प्रजातीहरु भेटिएका छन् । संसारमा पाईने ५,००० दुलर्भ प्रजातीका सुनाखरी मध्य नेपालमा मात्रै १७५ प्रजातीका पाईन्छन् । नेपालको तराईमा वढीजसो रुखको सहारमा  हुर्कने प्रजातीहरु बढी छ भने पहाडमा जमीनमा हुर्कने प्रजातीहरु छन । नेपालमा अन्य देशहरुको दाँजोमा सिम्बीडीयम, डेन्ड्रोबियम, भान्डा, फेलोनेप्सीस आदिको उत्पादन कम मूल्यको लागतमा गुणस्तरीय एंव निर्यात योग्य कट्फलावर उत्पादन गर्न सकिने सम्भावना रहेको छ । नेपालमा सुनाखरी खेतीको प्रचुर सम्भावना भएकै कारणले नेपाल सरकारले सन् २००६ देखि लागु हुने गरि ललितपुर जिल्लालाई “एक गाँउ एक उत्पादन” कार्यक्रमको रुप्मा सुनाखरी खेतीलाई प्रोत्साहन गरिरहेको छ ।

सुनाखरीको महत्व

सुनाखरीलाई विभीन्न हावापानीमा उत्पादन गर्न सकिन सुमधुर र सुन्दर फूलहरु, बास्नायुक्त, बिभिन्न आकार, प्रकार र अनौठो बनौट, औषधी गुणले गर्दा यो फूल अनौंठो फूलको रुपमा परिचित छ । अरु कट्फलावरहरु संग यसलाई तुलना गर्नु न्यायोचित मानिदैन । सुनाखरीलाइ यौन उत्तेजक को रुपमा पनि प्रयोग गरिन्छ । यो फूललाइ पुष्प सजावटका लागि कट्फलावरको रुपमा, गमलामा, बरण्डामा, सौन्दर्य, आयुरर्वेदीक, आलङकारिक, कस्मेटीक र औषधी बनाउन प्रयोग गरिन्छ । भेनील्ला जातको सुनाखरी बाट बास्नादार भेनील्लाको उत्पादन् गरिन्छ । नेपालको कानुन्ले सुनाखरीलाई इजाजत बिना व्यवसायीक रुपमा जंगलमा गएर टिप्न, ओसार पोसार गर्न निषेध गरेको छ ।

सुनाखरीको बर्गीकरण

१) बोट वृदको प्रकृतिको आधारमा (Based on growing habit)

क) लहरा जाने (Monopodial)

फोटो १ः एक खुट्टे सुनाखरी

यो प्रकृतिको सुनाखरीमा एउटा मुख्य डाँठको लगातार वृद्धि भईरहन्छ र बोटको बनावट पिरामीड आकारको बन्छ । यसलाई एक खुट्टे सुनाखरी पनि भनिन्छ । यो प्रजातीका सुनाखरीहरुमा फेलोप्सीस, पोलीराइजा, भान्डा आदि पर्दछन् ।

ख) लहरा नजाने ( Sympodial)

फोटो २ः बहु खुट्टे सुनाखरी

यो प्रकृतिको सुनाखरीमा बोटको वृद्धि निश्चित समय पछि रोकीन्छ । सिजनको अन्त्यमा टुप्पाको कोपीला सुकेर मर्दछ । यसलाई बहु खुटे सुनाखरी पनि भनिन्छ । यो प्रजातीका सुनाखरीहरुमा डेन्ड्रोबियम, सिम्बीडीयम, क्याटलिया, भेनील्ला आदि पर्दछन् ।

२) बासस्थानको आधारमा (Based on habitat)

क) रुखको सहारा लिएर हुर्कने (Epiphytes)

फोटो ३ः रुखको सहारामा हुर्कीएको सुनाखरी

या प्रजातीको सुनाखरीमा Epiphytic वा aerial जराको विकास हुन्छ र रुखको हांगा वा डाँठको सहारा लिएर गैर परजिवीको रुपमा हुर्कन्छन् । यसले रुखको बोक्रामा बसेर हावा वाट आफूलाई चाहिने खाद्यतत्व प्राप्त गर्छ तर बोटको रस चुसेर बोटलाई कुनै हानी नोक्सानी गर्दैन । यो प्रजातीका सुनाखरीहरुमा सिम्बीडीयम, भान्डा आदि पर्दछन् ।

ख) सडेका बस्तुमा हुर्कने (Saprophytes)

जंगलमा बोट बिरुवा ढलेर कुहिएर बनेका प्रांङगारिक पदार्थमा यी प्रजातीका सुनाखरीहरु हुर्कन्छन् र त्यसैवाट आफूलाई चाहिने खाद्यतत्व प्राप्त गर्दछन् । यी प्रजातीका सुनाखरीहरुमा इपिपोजियम पर्दछ ।

ग) चट्टानमा हुर्कने (Lithophytes)

पहाडमा चटान वा ठूला ठूला ढुङगामा हुर्कन्छन् । यो प्रजातीका सुनाखरीमा लिपापिस, डिप्लोमेरीस, हिर्सुता आदि पर्दछन् ।

फोटो ४ : चट्टानमा हुर्कीएको सुनाखरी

घ) जमिनमा हुर्कने (Terrestrial)

जमिन वा माटोमा सजिलै हुर्कन सक्ने यो प्रजातीका सुनाखरीको बिषेता हो । यो प्रजातीका सुनाखरीमा क्याटलिया पर्दछ ।

फोटो ५: जमीनमा खेती गरिएको सुनाखरी

३) हुर्कने तापक्रम को आधारमा (Based on climate)

क) गरम मौसममा हुने सुनाखरी

तराई अथवा उष्ण हावापानीमा पाइने यो प्रजातीका सुनाखरीलाई १५ देखि २६ सेन्टीग्रेड तापक्रम र ८० प्रतिशत सापेक्षीक आद्रता उपयुक्त हुन्छ । यो प्रजातीका सुनाखरीहरुमा फेलानोप्सीस, भान्डा, रिन्कोस्टाइलिस आदि पर्दछन् ।

ख) मध्यम खालको मौसममा हुने सुनाखरी

पहाड वा समसितोष्ण हावापानीमा पाईने यो वर्गका सुनाखरीको लागि बोट बृदिको लागि १३ देखि १८ डिग्री सेन्टीग्रेड तापक्रम र ७० प्रतिशत सापेक्षीक आद्रता आवश्यक पर्दछ । उदाहरण क्याटलिया, इपिडेन्डम, ओन्सीडीयम, ल्यालिया आदि ।

ग) चिसो मौसममा हुने सुनाखरी

हिमाल वा शितोष्ण हावापानीमा हुर्कने यो वर्गका सुनाखरीहरुको लागि १० देखि १३ डिग्री सेन्टीग्रेड तापक्रम र ७० प्रतिशत सापेक्षीक आद्रता उपयुक्त हुन्छ । उदाहरण सीम्बीडीयम, प्याफियोपेडीलम आदि ।

सीम्बीडीयम (Cymbidium) खेती प्रविधी

नेपालमा कट्फलावर तथा फूल सहितको गमला बिक्री गर्नको लािग सीम्बीडीयमको व्यवसायीक रुप्मा खेती गरिन्छ । नेपालमा ललितपुर जिल्लाको गोदावरी क्षेत्रमा यो फूलको व्यवसायीक खेती भईराखेको छ भने मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा पनि यो फूलको खेती गरिन्छ । नेपाली बाजरमा यो फूलको माग औषत प्रति दिन ३००० स्टिीक रहेको छ । खास गरि सजावट कार्यको लागि फूल फूलीरहेको गमला (घर, होटल, कार्यलय सजावट गर्र्न) को माग नेपाली बाजरमा धेरै छ । बिरुवाको उमेर, फूल फूल्ने डाँठको सँख्या अनुसार बिरुवा सहितको गमलाको मुल्य रु. १५०० देखि रु. ५००० सम्म र कट्फलावरको प्रति स्टिीक मुल्य डाँठको लम्बाई र फूलको सख्या अनुसार नेपाली बजारमा रु. १५० सम्म पर्दछ । उपभोक्ताहरुले आफ्नो सोख तथा आगन्तुक पाहुनाहरुलाई आफनो परिवारको आर्थिक अवस्था झल्काउन पनि यो फूलको प्रयोग गर्ने गर्दछन ।

चिसो हावापानीमा हुर्कने यो फूलको व्यवसायीक खेती गर्न रातको तापक्रम ७–१४ डिग्री सेन्टीग्रेड र दिनको तापक्रम २०–२२ डिग्री सेन्टीग्रेड भएको ठांउ उपयूक्त हुन्छ । सीम्बीडीयमको व्यवसायीक उत्पादनको लागि दिंउसोको सापेक्षीक आद्रता ७० प्रतिशत वा त्यो भन्दा बढी राम्रो हुन्छ । ५० प्रतिशत सेड्नेट प्रयोग गरेर प्रकाशको तिब्रता घटाउदा बिरुवाको बृदि र फूलको गुणस्तर राम्रो हुन्छ ।

सीम्बीडीयमका जातहरु

क) Standard type : यो समुहमा पर्ने सीम्बीडीयमका जातहरुमा फूलको डांठ लामो (६० से.मी. भन्दा लामो), फूलको गुच्छा ठूलो र फूलको सँख्या पनि धेरै हुने (१२ भन्दा धेरै) यो वर्गका सुनाखरीको बिशेषता हो । कट्फलावर व्यवसायमा यी जातहरुलाइ प्रयोग गरिन्छ । उदाहरणमा मोनालिसा, क्रिस्टल ह्रवाइट, गोल्डेन गर्ल, लब्ली बोन्नी अरबियन नाइट आदि ।

ख) Medium type: यी जातहरुको फूलको डांठको लम्वाइ मध्यम (३० देखि ६० से.मी.), फूलको गुच्छा र सँख्या पनि क्तबलमबचम Standard variety को भन्दा कम् हुन्छ । बिशेष गरि पुष्प सजावट र कट्फलावर उत्पादन गर्न यी जातहरुलाइ प्रयोग गरिन्छ । उदाहरणको रुपमा एज फिप्टीन, बर्था, पिङ्क लेडी, एमेसबरी आदि ।

ग) Miniature type:   गमला सजाउनका लागि प्रयोग हुने यी जातहरुको फूलको डांठको लम्वाइ निकै छोटो हुन्छ (३० सोमी भन्दा कम्), फूलको गुच्छा र सँख्या पनि निकै कम हुन्छ । लिनेन हल, मिनिसरी, केनवाइन आदि यो वर्गका जातहरु हुन् ।

पटीङ मिडीया

सिम्बीडीयम रुखको सहारा लिएर हुर्कने (Epiphytes) प्रकृतिको सुनाखरी भएको कारणले यस्मा प्रयोग गरिने पटिङ मिडीया खुकुलो, जरा बिस्तारको लागि प्रशस्त मात्रामा क्षेत्र हुनु पर्ने हुनाले असमुण्डा फाइबर, स्फागनम् मस, पिट मस, अँगार, नरीवलको बोक्रा (को–को पिट), ईटाका टुक्रा, सल्लाको बोक्रा, ढुङगाको टुक्रा, गोठेमल र पतकरको मिश्रण आदि मिडीयाको रुपमा प्रयोग गर्न सकिन्छ । सल्लाको बोक्राको स– साना टुक्रा नेपाली पुष्प खती गर्ने कृषकहरु माझ लोकप्रिय छ ।

बिरुवाको प्रसारण

सुनाखरीको प्रसारण टिस्यूकल्चर वा बिभाजनबाट गरिन्छ । बिरुवाको प्रसारण ठूलो संख्यामा टिस्यूकल्चर प्रविधि बाट र कृषकहरुको स्तरमा विभाजन बाट विरुवाको प्रसारण गरिन्छ । विभाजन दुई तरिका बाट गर्न सकिन्छ ।

क) ठूलो  झाँग फुटाउने : सुनाखरीको बिरुवा गमलावाट बाहिर निस्कीने गरि फैलीएको भागलाई विभाजन गरिन्छ । यदि फूल्ने अवस्थामा छ भने फूल फूलेर सुकेपछि र फूल्ने अवस्थामा छैन भने बसन्त ऋतुमा विभाजनको कार्य गर्नु पर्दछ ।

ख) पछिल्लो गांठो फुटाउने (Back bulb) :फूल फूली सकेपछिको छदम गँठोलाई बटारेर वा सफा चक्कुले काटेर झिक्न सकिन्छ र नया गमलामा सार्न सकिन्छ । नेपालमा यो विधि त्यति प्रचलित छैन ।

मलखाद

पानीमा घुल्ने मल नाइट्रोजन, फोस्फोरस र पोटास (१९ः१९ः१९) ०.२ प्रतिशतको घोल १५ दिनको अन्तरालमा छर्नु पर्दछ । त्यसको अलवा तोरीको पिना, माछाको मल हाल्दा फूल उत्पान तथा गुणस्तर राम्रो हुन्छ । चिन जापान जस्ता देशहरुमा स्लो रिलीज फर्टीलाइजर हरुको प्रयोग वर्षको एक पटक वा छ महिनामा एक पटक प्रयोग गर्ने गर्दछन् । यस्ता मलहरु दानेदार र सेलुलोजको लेप गरि बनाइएका हुन्छन जस्ले गर्दा मलमा भएकोे थोरै अंश प्रत्येक पटक सिंचाइ गर्दा बिरुवाले प्राप्त गर्दछ ।

बिरुवाको हेरचाह

सुनाखरीको बिरुवा छुटै गमलामा सार्न लायक नहुन्जेल सम्म साइड सकरहरुको विकास दिनु हुदैन । साइड सकर हटाउदा मुख्य विरुवाले प्रसस्त मात्रामा खाधतत्व पाउने हुनाले फूलको आकार तथा गुणस्तर राम्रो हुन्छ । ढुसी र व्यक्टेरीयजन्य रोगवाट बिरुवालाई बचाउन गमलाको बिचमा हावा खेल्ने गरि दुरी कायम गर्नु पर्दछ । झारपात हटाउने र गोडमेल नियमीत गर्नु पर्दछ । फूलफूल्ने कोपीलाहरको बिकास भएपछि कोपीलहरुको नजिक पर्ने गरि लठी गाडेर कोललाई त्यसमा बाधनु पर्द छ जसले गर्दा फूलको डांठ साझो भएर बढ्दछ । व्यवसायीक रुपमा ग्रीनहाउसमा यस्तो कार्यको लागि डोरीको प्रयोग गरिन्छ ।

फूल काट्ने

प्रायः सुनाखरीको फूल पुरै खुली सकेपछि र फूलहरु परिपक्क भईसकेपछि (फूल पुरै खुलेको २–३ दिन पछि) बिहानको समयमा फूलको हांगालई काट्नु पर्दछ र काटीसकेपछि सफा पानी भएको बाल्टीनमा राख्नु पर्दछ । सीम्बीडीयमका फूलको हांगामा भएका २ वटा फूलहरु खुलीसकेपछि हांगालई काट्दा त्यसको पोष्टहार्बेष्ट लाइफ बढी भएको पाईएको छ । फूलको सौन्दर्यका रुपमा रहेका परागहरु नझरुन् भन्नका लागि फूल काटेपछि फूललाई संयमीत भएर ओसार पोसार गर्नु पर्दछ । सिम्बीडीयम सुनाखरी लाई डंाँठको लम्वाई, फूलको संख्या र आकारको आधारमा बर्गीकरण गरिन्छ । सीम्बीडीयमको भेस सुलुसन्मा पोष्टहार्बेष्ट लाइफ दश हप्ता सम्म रहन्छ । भेस सुलुसन्को रुपपमा Silver thio Sulfate, 8-HQC, AgNO3, Sucroseको बिभिन्न मात्राको घोल बनाई प्रयोग गरेर पोष्टहार्बेष्ट लाइफ बढाउन सकिन्छ ।