निपाह भाइरस पहिलोपटक इ.सं. १९९९ मा मलेशियाका सुँगुर पालक कृषकहरुमा यसको प्रकोपको पहिचान भएको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपाह भाइरस जनावरहरुबाट मानिसहरुमा फैलिन्छ यसलाई एउटा जुनोटिक भाइरसका रुपमा जानिन्छ । यो दूषित भोजनको माध्यमबाट वा सिधा मानिसहरुका बीच सम्पर्कबाट फैलिन सक्दछ । संक्रमित जनसमुदायमा यो लक्षण विहिनदेखि तेज सास सम्बन्धी विरामी तथा घातक इन्सेफलाइटिससम्मको अवस्था देखिन सक्दछ । भाइरस सुंगुर बंगुर जस्ता जनावरहरुमा गम्भीर रोगको कारण बन्न सक्दछ जसको परिणामस्वरुप कृषकहरुको आर्थिक क्षति हुन सक्दछ ।
निपाह भायरसको प्रकोप एसियाका केही भागहरुमा देखिएको छ । यसले जनावरहरुलार्य संक्रमित गराउँछ तथा मानिसहरुमा पनि गम्भीरखाले स्वास्थ्इ समस्याका साथै मृत्युसम्म हुने गर्दछ । यसैले यो सार्वजनिक स्वास्थ्यका लागि चिन्ताको विषय भएको छ ।
इतिहासमा निपाह : निपाह भाइरसलाई सर्वप्रथम इ.सं. १९९९ मा मलेसियाका सुंगुर बंगुर पाल्ने कृषहरुमा यसको प्रकोप पहिचान गरिएको तथ्य भेटिन्छ । यद्यपी १९९९ पछि मलेसियामा यसको कुनै नयाँ विरामी देखापरेनन् । रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार १९९९ ताका मलेशिया एवम् सिङ्गापुरमा यसको प्रकोपका कारण लगभग ३०० मानिस विरामी भए जसमध्ये १०८ भन्दा बढीको मृत्यु भयो । प्रकोप नियन्त्रणका लगि १० लाख भन्दा बढी सुंगुर प्रजाति मार्नुपर्दा धेरै आर्थिक क्षति व्यहोर्नु प¥यो । इ.सं. २००१ मा बङगलादेशमा पनि निपाह भाइरसको पहिचान गरियो त्यसबेलादेखि  त्यहाँ लगभग प्रतिवर्ष यसको प्रकोप देखिदैछ । पूर्वी भारतमा पनि बेला बेलामा यो भाइरस रोगको पहिचान गरिएको अवस्था छ । हामीलाई निन्तित हुनपर्ने कारण यतिले गर्दा हो ।
कसरी फैलिन्छ निजपाह भाइरस ? 
मलेशियामा सबैभन्दा पहलिे यसको प्रकोपको बेला जसले सिङ्गापुरलाई पनि प्रभावित ग¥यो प्रयाजसो मानवीय संक्रमण सुंगुर बंगुरहरु वा तिनको दूषित तन्तुहरुको प्रत्यक्ष सम्पर्कमा आउनाले भएको थियो मानिन्छ कि सुंगुर प्रजातिबाट निस्कने असुरक्षित सम्पर्क वा विरामी पशुको तन्तुहरुसँग असुरक्षित सम्पर्कका माध्यमबाट यो फैलिन्छ । बङ्गलादेश एवम् भारतमा भने खजुरको रस, चमेरोको मुत्र एवम् ¥यालबाट दुषित भई त्यस्ता दुषित रस सेवन गर्नाले रोग फैलिएको अभिलेख छ । संक्रमित रोगीहरुका परिवार एवम् हेरचाह गर्ने स्वास्थ्यकर्मीहरु बीच पनि फैलिन सक्ने तथ्य भारत एवम् बङ्गलादेशमा इ.सं. २००१ – २००८ सम्म रोगको संक्रमणको बेला पाइएको छ ।
निपाह भाइरसको संकेत एवम् लक्षण :
विरामीहरुमा विना लक्षणको संक्रमण देखि तीब्र श्वासन संक्रमण हल्का गम्भीर देखि घातक इन्सेफ्लाइटिस हुन सक्दछ । संक्रमित विरामीहरुमा शुरुमा ज्वरो आउने टाउको दुख्ने मांशपेशीहरु दुख्ने, वान्त हुने, घाँटीमा चिलाउने जस्ता लक्षण विकशित हुन सक्दछ । त्यसपछि रिङ्गटा लाग्ने, निद्रा नलाग्ने, अवचेतन हुने एवम् तन्त्रिका सम्बनधी तीब्र इन्सेफ्लाइटिस हुन सक्दछ । केही मानिसमा असामानय निमोनिया एवम् गम्भीर श्वासन समस्या देखिन सक्दछ । गम्भीर अवस्थामा इन्सेफ्लाइटिस एवम् मुर्छा पर्नुका साथै २४–४८ घण्टाभित्र अचेत हुने आशङ्का रहन्छ । संक्रमणको लक्षणको शुरुवातको समय ४ देखि १४ दिनसम्म मानिए पनि यसको अवधि ४५ दिनसम्म हुने गर्दछ । निपाह रोगीको मृत्यु दर ४०–७५ प्रतिशतसम्म हुन सक्दछ । महामारी विज्ञान निगरानी तथा नैदानिक व्यवस्थापनको स्थानीय क्षमताका आधारमा यो प्रकोप दर फरक फरक हुन सक्दछ ।
निपाह भाइरसको नैदानिक परीक्षण :
निपाह भाइरसको संक्रमणको शुरुआती लक्षण विशिष्ट हुँदैन एवम् यसबारेमा प्राय शंका गरिदैन । यसले त्वरीत निदानमा वाधा उत्पनन गर्न सक्दछ तथा प्रकोप पत्रा लगाउन अनि समयमा संक्रमण नियन्त्रण उपायहरु तथा प्रतिकृया गतिविधिहरुमा चुनौति उत्पन्न गराउन सक्दछ । यसबाहेक गुणस्तरमात्रा, प्रकार, नैदानिक नमूना संग्रहको समय तथा प्रयोथगशालामा नमूनाहरु स्थानान्रित गर्नका लागि अवाश्यक समयले प्रयोगशाला परिणामहरुको सटिकतालाई प्रभावित गर्दछ । रोगथको तीब्र एवम् स्वस्थ्य अवस्थाका बेला नैदानिक इतिहास सँगै निपाह भाइरसको संक्रमणकाो परीक्षण गर्न सकिन्छ ।  उपयोग  गरिने मुख्य परीक्षण शारीरिकत तरल पदार्थबाट आ र ठि पि सि आर एवम् एलिजा परीक्षणका माधयमबाट एन्टीबडी पत्ता लगाइन्छ । अन्य प्रयोग गरिएका परीक्षणहरुमा पोलिमरेज चेन रिएक्सन तथा सेल कल्चरद्वारा भाइरसको पहिचान गरिन्छ ।
निपाह भाइरस संक्रमणको उपचार :
वर्तमानमा निपाह भाइरस संक्रमणको उपचारका लागि कुनै विशेष औषधि एवम् खोप उपलब्ध छै्रन । यद्यपि विश्व स्वास्थ्य संगठनले निपाहलाई एउटा प्राथमिकता रोगको रुपमा पहिचान गरेको छ । गम्भीर स्वसन एवम् तन्त्रीका सम्बन्धी जटिलताहरुको उपचारका लागि गहन सहायक उपचार एवम् हेरचहको आवश्यकता पर्दछ ।
निपाह भाइरसको संक्रमणबाट कसरी बच्ने ? 
सुंगुर, बंगुर प्रजातिमा निपाह भाइरस नियत्रण गर्नुपर्ने हुन्छ । वर्तमानमा निपाह भाइरसका विरुद्ध कुनै खोप छैन । सन् १९९९ मा मलेशियामा बंगुर फार्महरुसँग सम्बन्धित निपाहको प्रकोपको बेला प्राप्त अनुभवको आधारमा उपयुक्त डिटरजेन्टद्वारा बंगुरको खोरलाई नियमित एवम् पूर्णरुपमा सफा गर्ने अनि किटाणुशोधन संक्रमणलाई रोक्न प्रभावकारी हुन सक्दछ ।
यदि कुनै पशुमा प्रकोपको शंका भए पशुहरुको खोरबाट तुरुन्तै हटाउनु पर्ने हुन्छ । समुदायमा संचरणको जोखिम कम गर्नका लागि संक्रमित पशुलाई मार्नुपर्ने एवम् लाशलाई गाड्ने वा भष्म गर्नुपर्ने हुन्छ । संक्रमितक्षेत्रहरुबाट पशुहरुको आवतजावत अन्य क्षेत्रहरुमा प्रतिवन्ध गर्नाले रोग फैलिन कमगर्न सकिन्छ । यद्यपि निपाह भाइरसको प्रकोप बंगुर वा चमेरोद्वारा खाएको फलफूल सम्मिलित छ, पशुस्वास्थ्य वन्यजीव निगरानीको स्थापना, एक स्वास्थ्य दृष्टिकोणलाई उपयोग गर्दै निपाहमा विारमी पत्ता लगाउनका लागि पशुचिकित्सा एवम् सार्वजनिक जनस्वास्थ्य अधिकारीहरुलाई प्रारम्भिक चेतावनी दिनु आवश्यक हुन्छ ।
समुदायमा संक्रमण कम गर्न एवम् रोक्न एकमात्र तकिरा जोखिम कारकहरु बारे जनचेतना बढाउनुका साथै ति उपायहरुबारे शिक्षित गर्ने जसले निपाह भाइरसको जोखिम कम गर्न सहयोग गर्न सक्दछ ।
संक्रमण फैलिन रोक्नका लागि खजुरको रस एवम् अन्य ताजा फलफूल एवम् खाद्यय उत्पादन चमेरोको पहुँच भन्दा टाढा राख्ने । ताजा संकलन गरिएको खजुरको रस उमाल्ने तथा उपभोग भन्दा पहिले फलफूलहरु राम्रोसित धुनु पर्दछ । चमेरोले टोकेको कोतरेको चिन्ह भएका फलफूलहरु उपभोग गर्नु हुँदैन ।
विरामी पशुहरु एवम् तिनका तन्तुहरु हेरचाह गर्दा चलाउँदा पञ्जा एवम् अनय सुरक्षात्मक लुगाहरु लगाउनु पर्ने हुन्छ । मानिसहरुलाई सकेसम्म संक्रमित बंगुरको सम्पर्कमा आउन नदिने । बंगुर फार्म स्थापना गर्दा त्यसक्षेत्रमा चमेरोको बासस्थल भए नभएको बिचार गर्नुपर्ने हुन्छ । बंगुरको दाना एवम् खोरलाई चमेरोबाट सुरक्षित राख्नु पर्छ । निपाह भाइरसबाट संक्रमित व्यक्तिहरुसँग सुरक्षित शारीरिक सम्पर्क राख्नु पर्छ । विरामीलाई हेरचाह गर्ने वा भोटघाट गर्ने व्यक्तिले नियमित रुपमा सार्वजनिक जनस्वास्थ्य सुरक्षा पामपदण्ड पालन गर्नुपर्ने हुन्छ ।