एनाल्पाजमोसिस किर्ना जन्य उत्पतित रोग मानिन्छ । यो सामान्य मध्यम खाले ज्वरो आउने अरुचि हुने , जण्डिस हुने रोगको रुपमा परिचित छ । यस रोगको अर्को नाम गोल सिक्नेस पनि भनिन्छ ।

कारक तत्वहरु :

एनाल्पाजमोसिस सानो खाले रिकेटसिया जन्य सुक्ष्म जिव एनाल्पाजमा मार्जिनेल वा एनाल्पाजमा सेन्ट्रेल का कारण हुने गर्दछ । पशुमा संक्रमण गरिसकेपछि यो सुक्ष्म जिवले शरिरका रातो रक्तकोसिकालाई अतिक्रमण गर्दछ । र अन्ततः ती कोसिका लाई टुक्राईदिन्छ । यो सुक्ष्म जिव कोसिका भन्दा बाहिर बाच्न सक्दैन ।

यो रोगको प्रभाव क्षेत्र :

यो धेरै मुलुकको गाई पालन उद्योगका लागि ठुलो चुनौतिको रुपमा मानिन्छ । धेरै जसो उष्ण तथा समउष्ण क्षेत्रमा प्रायजसो स्थानिय रैथाने गाईहरु यसबाट प्रभावित भएका हुन्छन् । तर रोगको कुनै लक्षण देखाउदैनन् । तर केहि उन्नत नश्लका अन्य क्षेत्र वा देशबाट गाईहरुयस्था क्षेत्रमा प्रस्थापित गरिन्छ तिनमा यो रोग लाक्षणिक रुपमा देखा परि ठुलो क्षति हुन सक्दछ । रैथाने गाईहरु यस रोग प्रति कम ग्रहणशिल हुने गर्दछन् । किनभने यिनमा किर्नाको प्रकोप प्रतिरोध गर्ने क्षमता बढि हुनेगर्दछ ।  एनाल्पाजमा मार्जिनेल उष्ण तथा समउष्ण हावापानी भएका सबै ठाउँमा छरिएर बाडिएको हुन्छ । यो अफ्रिका , एसिया , अस्ट्रेलिया , संयुक्त राज्य अमेरिका तथा युरोपमा देखा पर्ने गर्दछ । यसको संक्रमण किर्ना पाईने सबै ठाउँमा भेटिन्छ । एनाल्पाज्मा एक खाले रक्त परजिवि मानिन्छ । जसको प्रसारणको लागी कुनै संवाहकको आवश्यकता पर्दछ । भेटेनरिमा प्रयोग गरिने औजार तथा उपकरणको माध्यम बाट पनि यो रोग सर्न सक्छ । यस्को प्रसारण भौतिक जन्य मानिन्छ । गाई , भेडा , बाख्रा प्रजातिहरु यो रिकेटसिया परजिवी प्रति ग्रहणशिल हुन्छन् ।

रोगको बिकासको क्रम :

एनाल्पाजमा किर्नाको टोकाइको माध्यमबाट पशुको शरिरमा प्रबेश र रातो रक्तकोसिका मा आफ्नो संख्या गुणात्मक रुपमा वृद्धि गराउदछ । संक्रमित रक्तकोसिका आश्रयदाको प्रतिरक्षात्मक कोसिकाका लागि पराइ जस्तो मानिन्छ । एउटा स्वप्रतिरोधात्मक प्रतिक्रिया देखिन्छ । तथा संक्रमित रातो रक्तकोसिका क्षय भएर जस्ले जन्डिसको लागी जिम्मेवार रंगको बिकास हुने गर्दछ । साथै फियोको आकार बड्नुका साथै सुन्निएर जान्छ ।

लाक्षणिक अबस्थाहरु :

एनाल्पाजमोसिस को घातकतामा धेर बिबिधता हुने गर्दछ । जसै पशुको उमेर घट्दै जान्छ घातकताको स्तर बढ्दै जान्छ । प्रभावित पशुहरुमा बिस्तारै नियमित शरिरको तापक्रम बढ्ने , रक्तअल्पता ,कमजोरि तथा गह्रुंगो काम गर्दा ,भारी बोक्दा ,लामो बाटो हिड्दा ,दौडाउदा सास फेर्न गाह्रो हुने गर्दछ । जसै रोग बिकसित हुदै जान्छ जनावर लोसे हुने तथा खाने रुचि कम हुदै जान्छ । जन्डिस तथा अप्रत्यासित रुपमा बिरामीको जिउ गलेर तथा सुकेर जाने गर्दछ । पिसाब खैरो हुने गर्दछ । धेरै घातक रुपमा प्रभावित पशुको मृत्यु हुने गर्दछ । शुक्ष्म रुपमा अवलोकन गर्न आखा, नाक ,मुख छाला पहेलो भएको देखिन सक्दछ । सास फेर्न गाह्रो , जलअल्पता गोबर गोटा पर्नु सामान्य मानिन्छ । दुधालु पशुमाद’ उत्पादन नाटकिय रुपमा अप्रत्यासित रुपमा घटेर जान्छ । दुई वर्ष भन्दा कम उमेरका पशुमा रोगको लक्षण बिरलै देखिन्छ । यद्धपि यस उमेरका पशु यस रोगबाट प्रभाबित त हुन्छन् तर यिनले अरु ग्रहण शिल पशुमा रोग प्रसारणको लागी भण्डारणको काम गर्दछन् ।

शव परिक्षण बाट रोगका संकेत थाहा पाइने कुराहरु :

ठोस परिवर्तित तन्तुमा देखिने संकेत एनिमिया तथा अक्सीजनअल्पता जन्य पाइन्छ । कलेजो बढेको खैरो पहेलो रंगको तथा कुहिएको देखिन्छ । पानी जस्तो रगत , फियोको आकारमा वृद्धि खैरो रातो रंग भएका केस्रा देखिन्छ ।

रोगको निदान :

रोगको पुर्व इतिहास , लाक्षणिक तथ्य तथा शव परिक्षण बाट गरिने गरिन्छ । बिरामिको रगत जाच गरि यो सुक्ष्म जीव भए नभको यकिन गर्न सकिन्छ ।

अन्य रोगसंगको छुट्याउने निदान :

लेप्टो एस्पाइरा, थाइलीरिएसीस, बवेशीयोसिस जस्ता रोग संग लक्षण दाजेर तथा प्रयोगशाला जनित परिक्षण बाट रोग छुट्याउन सकिन्छ ।

रोगको उपचार :

टेट्रासाइक्लीन प्रयोग गरि प्रभावकारी उपचार गर्न सकिन्छ । साथै पुर्नजलिय तथा अन्य भिटामिन जन्य औषधि दिनु रोग उपचारका लागी सहयोगी हुन्छ ।

रोगको नियन्त्रण :

रोगको नियन्त्रण गर्न गाह्रो हुन्छ । किनभने किर्ना निर्मुल पार्न कठिन प्रयास हुदा रोग नियमित देखिने ठाउमा किर्ना बिरुद्धऔषधि पशुको जिउ गोठ तथा चरणमा प्रयोग गरि नियन्त्रणको प्रयास गर्ने गरिन्छ । यस प्रयोजन का लागी प्रसोधित पैरेथ्राइड, अमिट्राज तथा केहि अरग्यानो फोस्फेट किटनासक प्रयोग गर्ने गरिन्छ ।