पृष्ठभूमि :
यो भारतीय उपमहाद्वीपका गाई प्रजातीमा हुने एउटा महत्वपूर्ण रक्त परजीवी जनित रोग मानिन्छ । यो रोग लाग्दा ज्वरो आउने लिम्फनोड सुन्निने तथा आँखामा रक्तश्राव हुने गर्दछ । यस रोगलाई इस्टकोस्ट फिभर, कोरिडोर फिभर, जनवरी रोग पनि भनिन्छ ।
रोगको कारक तत्व :
थाइलेरियाका शुक्ष्म जीवाणु रक्तपरजीवी मानिन्छ । यिनीहरु लिम्फोसाइट तथा हिस्टोसाइटसमा पनि अवस्थित हुन्छन् । यिनीहरुलार्य इकोजोडिडठ प्रजातिको किर्नाले प्रसारण गराउँछ । भारतमा यो रोग इ.सं. १९०५ को शुरुतिर गाइ प्रजातिमा लिनगार्डले पहिलोपटक पत्ता लगाएको अभिलेख भेटिन्ट । थाइरलेरिया एनुलाटा, थाइलेरिया पारमा र थाइलेरिया मुटान्सले गाई प्रजातिमा संक्रमण गराउँछन् ।
रोगको प्रभाव विस्तार :
यो स्थान विशेषमा गाइ, भैंसी, बाख्रामा, एरिया, अफ्रिकाका धेरैजसो देशमा नियमित देखापर्ने गर्दछ । रोगथ दोखपर्नुमा किर्नाको वितरण अवस्थितिसँग संलग्न हुने गर्दछ जुन वर्षयाममा बढी देखिन्छ । उन्नत विदेशी गाइहरु यो रोग प्रति बढी ग्रहणशील हुने गर्दछन् । वंश सुधार कार्यमा रोगबाट हुने अत्यधिक मृत्युदर तथा आर्थिक क्षतिले व्यवधान सिर्जना गर्दछगर्दछ । यी शुक्ष्म परजीवी किर्नामा हुने  गर्दछन् । किर्नाले पशुलाई रगत चुस्न टोक्दा प्रत्यक्षरुपमा ग्रहणहील पशुमा स्थानान्तरित हुन पुग्दछ ।
रोगको विकास प्रक्रिया :
थाइलेरिया पारभाका (स्पोरोज्वाइटस) हरु ग्रहणशील अतिथ्य पशुमा रोगको संवाहक किर्नाले प्रवेश गराउँछ । रगत चुस्ने बेलामा यी स्पोरोज्वाइटस लिम्पाmेसाइटमा प्रवशे ग रेपछि साइजोन्टसमा परिण हुन्छन् लिम्फानोडमा । संक्रमित लिम्फोसाइटसहरु लिम्फोब्लास्टमा परिवर्तित हुन्छन् जुन अझै टुक्रिदै गरेको अवस्थामा हुन्छन् । संक्रमित लिम्फोब्लास्टहरु लिम्फावाइड प्रणालीभरि छरिएर जाने गर्दछन् । केही साइजोन्टहरु मेरो ज्वाइटका रुपमा फरक पहिचान बनाउँछन् र लिम्फोब्लास्टबाट बाहिर निस्कन्छन् र रातो रक्तकोशिकालाई अतिक्रमण गर्दछन् । रातो रक्तकोशिकामा यो परजीवी पाइरोप्लाज्म हुन परिवर्तित हुन्छन् जुन किर्नालाई रगत चुस्नेबेला संक्रमित गराउन योग्य हुन्छन् । यसरी किर्नामा पुगेका परजीवीहरु विविधखाले विकाशखाले खुट्किला तय गर्दै किर्नाको ¥यालमा स्पोरोज्वाइट बन्दछन् । ग्रहणशील पशुमा मुख्यतया  साइजोन्ट अवस्थाले क्षति पु¥याउने गर्दछ ।
लक्षणात्मक तथ्यहरु :
थाइलेरिया पार्भा प्रजातिले संक्रमण गरेमा रोगको ओथारो बस्ने समयावधि एक देखि तीन हप्ता हुने गर्दछ । बाह्य लिम्फोनोड सुन्निने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, फियोको आकार बढेर जाने, आँखाको भित्रीभाग वरिपरि रक्तश्राव हुने, कहिलेकाहिँ स्नायु तथा मष्टिष्क जन्य लक्षण देखिने ।
शब परीक्षण गर्दा देखिने तथ्य :
लाश खिएको जस्तो देखिने, शरीरका तन्तु तथा अंगहरुमा रक्तश्राव , आन्द्र एवम् ओमेजममा थोप्ले अल्सर, बाहिरी लिम्फनोड कलेजोको आकार बढेर जाने, पित्त थैली भरिएको हुने ।
रोग निदान :
रोगको अभिलेख, लक्षणिक संकेत, किर्नाको उपस्थिति, लिम्फनोडको श्राव तथा प्रयोगशाला परीक्षणमा यस सुक्ष्म जीवनको तथा विकासक्रमका अवस्था देखिनुले रोगथको पुष्टि गर्दछ ।
उपचार :
ट्रेटा साइकबलिन अकसी ट्रेटासाइक्लिन, क्लोर ट्रेटासाइक्लिन जस्ता एन्टिवायोटिक तथा बुपारभा कुभोन हालोफुजिनोन लाकटेट डाइएमिनाजीन एसेटुरेट जस्ता औषधि उत्पादकले सिफारिस गरे अनुसार दिएर उपचार गर्न सकिन्छ ।
रोगको रोगथाम नियन्त्रण :
किर्ना नियन्त्रण अति आवश्यक हुन्छ । यस बाहेक बढी रोग प्रभावित हुने मौसममा रोगको लक्षण देखिनु अगावै माथि उल्लेखित एन्टीवायोटिक दिँदा रोकथाम हुने गर्दछ । उपलब्ध भएमा रक्षम्याक टि खोप दिँदा बथानमा रोग सहन सक्ने क्षमता विकास हुने गर्दछ ।