
ललितपुर। दूधको भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
दुग्ध उत्पादक कृषकहरू दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि बाँकी दूधको भुक्तानी नपाएको भन्दै बुधबार दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका हुन् ।
दुग्ध सहकारी संघ लिमिटेड नेपालका केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरको नेतृत्वमा महासचिव राम आचार्यलगायत झण्डै पाँच दर्जन किसानको विरोध कार्यक्रमलाई प्रहरीले अवरोध पुर्याएको आन्दोलनकारीको आरोप छ । विरोध जारी रहेकै बखत प्रहरीले झण्डै दुई दर्जनलाई पक्राउ गरेको हो।
विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटकपटक गरेको सम्झौता/सहमतिसमेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।