ललितपुर। कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र नेपाल र कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा कृषि मेशिनरी औजारहरुको मर्मत तथा संचालन सम्बन्धी १४ दिने आवासीय तालिम संचालन हुने भएको छ । केन्द्रले चैत ५ गते सूचना प्रकाशन गर्दै आवासीय तालिमको लागि सहभागी हुन चाहनेको लागि आवेदन पेश गर्न सूचना प्रकाशित गरेको हो ।

१४ दिन संचालन हुने आवासीय तालिमको लागि आवेदकले नागरिकता प्रमाणपत्रको प्रतिलिपी, स्थानीय तहबाट तालिमको लागि सिफारिस, कक्षा ८ पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र, विदेशमा काम गरेर फर्केको भए सोको प्रमाण एवं मेशिनरी मर्मत क्षेत्रमा कार्य गरेको अनुभव भए अनुभव सम्वन्धि कागजात सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र namea2015@gmail.com मा निवेदन पेश गर्न सक्नुहुन्छ ।

पहिलो चरणको तालिममा २० देखि २५ जना सहभागीलाई समावेश गरी आवासीय तालिम संचालन गर्ने योजना कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको रहेको छ ।