कीर्तिपुर नगरपालिका: कीर्तिपुर नगरपालिकासँगको समन्वय र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित शहरी पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना कार्यक्रम अन्र्तगत कीर्तिपुर स्थानीय उत्पादन तथा कृषि बजार समितिलाई बजार सञ्चालनको लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

कीर्तिपुर नगरपालिकाका उप प्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ले कृषि बजार समितिका अध्यक्ष गोपाल मान मर्हजनलाई डिप फ्रिज २ थान, स्टील दराज २ थान, प्लाष्टिक कुर्सी ४० थान, प्लाष्टिक टेवुल १० थान र डिजिटल वेट मेशिन ५ थान गरी कुल रु.२ लाख ४३ हजार ९०० बरावरको सामग्री हालै एक कार्यक्रम विच कीर्तिपुर नगरपालिका वडा नं ९ चिखु आवास क्षेत्रमा रहेको कृषि बजार परिसरमा हस्तान्तरण गर्नु भयो ।

सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्नुहुदै उप प्रमुख शाक्यले भन्नु भयो, ‘कीर्तिपुरमा फुटपाथमा अव्यवस्थित रुपमा बजार सञ्चालन भइरहेको अवस्था छ र बजार व्यवस्थापन गर्न नगरपालिकाको एउटा महत्वपूर्ण जिम्मेवारी रहेकोले स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारीको बजार व्यवस्थापन गर्न कीर्तिपुर नगरपालिका सधै लागि रहेको छ ।’ उहाँले कार्यक्रमलाई सम्वोधन गर्दै अगाडी भन्नुभयो, ‘नगरपालिकाले तोकेको स्थानभन्दा बाहिर कृषकहरुले बिक्री गरेमा जरिवाना नै गरेर बजार व्यवस्थापन गर्नु पर्ने अवस्था समेत आएको छ र कीर्तिपुरका किसानहरुले उत्पादन गरेको तरकारीलाई यहाँ संकलन केन्द्रको रुपमा स्थापना गर्ने र कालिमाटी र बल्खु जस्ता ठूला बजारमा विक्री गर्न सकेमा कृषकहरुको उत्पादन लागत घटाउन सकिने र बस्तुको उचित मूल्य प्राप्त गर्न सकिने छ ।’

उक्त सामग्री हस्तान्तरण कार्यक्रमलाई चिखु आवास क्षेत्रका अध्यक्ष राममान सिंह, असल छिमेकी नेपालका कार्यक्रम निर्देशक हिरालाल ताम्राकारले सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा करिव १०० जना भन्दा बढी स्थानीय कृषकहरुको उपस्थिती थियो । सीताराम विष्टको संयोजकत्वमा १५ सदस्य दुध उत्पादक कृषकको सञ्जाल समेत बनेको छ र उत्पादन भएको दुध संकलन गरी स्थानीय बजारमा नै विक्री गर्ने लक्ष्य समेत सञ्जालले लिएको छ । कार्यक्रममा बजार समितीका कोषाध्यक्ष निकास मर्हजनले सहभागिहरुलाई स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिका कृषि शाखा प्रमुख, पशु शाखा प्रमुख, वल्र्डभिजन इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक आसिश सिंह लगायतका महानुभावहरुको उपस्थिती थियो भने कार्यक्रम सञ्चालन समिती सचिव मचाभाई मर्हजनले गर्नु भएको थियो ।

कार्यक्रममा सामग्री हस्तान्तरण गर्नुहुदै कीर्तिपुर नगरपाकिालका उपमेयर शुभलक्ष्मी शाक्य, असल छिमेकी नेपालका कार्यक्रम निर्देशक हिरालाल ताम्राकार र वल्र्ड भिजन इन्टरनेशनल नेपालका शहरी पोषण कार्यक्रम संयोजक आशिष सिंह र सामग्री लिनु हुदै बजार समिती अध्यक्ष गोपाल मान मर्हजन

कार्यक्रमका सहभागी कृषकहरु