ललितपुर। वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिने भएको छ ।

तिहारमा सयपत्री फूल बिक्री नभइ खेर गएको खबर सार्वजनिक भएपछि विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि फेरि प्रयोग गर्न सकिनेबारे तालिम दिन लागेको हो ।

विभागका अनुसार सयपत्रीका फूलबाट सौन्दर्य सामग्री बनाउन प्रयोग गरिने ल्युटिन निकाल्न सकिन्छ । जसबाट सौन्दर्य सामग्री, क्रिम बनाउन सकिन्छ । यस्तै, सयपत्री फूलबाट सुगन्धित तेल र सुगन्धित अगरबत्ती पनि बनाउन सकिने विभागले जनाएको छ ।

विभागले तालिम लिन चाहने इच्छुक सङ्घसंस्था, कम्पनी तथा व्यावसायिक समूहलाई सम्पर्कमा आउन आह्वान गरेको छ । १० जनाजति इच्छुक भएमा तत्काल तालिम शुरु हुने र निःशुल्क तालिम प्रयोगशालामा नै दिइने विभागले जनाएको छ ।

थप जानकारीका लागि :
देवी प्रसाद भण्डारी ९८५११२६९५५