नमस्कार मेरो नाम प्रदिप भट्ट हो । मेरो घर नुवाकोट जिल्ला लिखु गाँउपालिका वडा नं -६ मा पर्दछ।प्राविधिक शिक्षामा अलि बढि रुचि राख्ने म ४ बर्ष अगाडि प्लस टु पढदै गर्दा गाँउकै एक विध्यालयमा १८ महिने बालि विज्ञान बिषयमा पनि अध्ययन गर्ने अवसर मिलेको थियो । त्यसै अवसरलाई पुरा गर्दै मैले व्यवस्थापन विषयमा माध्यामिक शिक्षा र १८ महिने बालि विज्ञान बिषयमा उतिर्ण हुन सफल भए । पारिवारि अवस्था र आफ्नो जिल्लामा कृषि विषयको त्यो भन्दा माथिल्लो तह अध्ययन गर्ने अवसर भने पाईन र म बिजनेस बिषयमा स्नातक गर्नको लागि गाँउकै एक विधालयमा भर्ना भए । स्नातक प्रथम बर्षको अध्यायन गर्दै गर्दाको समयमा गाँउमा एक गैर सरकारि संस्था बाट युयसआइडि को आर्थिक सहयोगमा सन्चालन भएको किसान -२ भन्ने परियोजना मा काम गर्ने अवसर मिल्यो ।
पहिलो पटक ८०० किसान सगँकाम गर्दाको अनुभव
नेपालको कृषि प्रविधी परम्परागत प्रविधिमा अधारित छ तपाई हामि सबै लाई अवगत नै छ । सोहि प्रविधिलाई परिवर्तन गरि आधुनिक प्रविधिमा ल्याउने हेतुले मैले एक सहकारिको माध्यमबाट नुवाकोटको लिखु,पन्चकन्या,ककनि र सुर्यगढि गाँउपालिकाका विभिन्न वडाहरुमा कृषि प्रविधि र व्यवसायिक साक्षरता कार्यक्रमा प्राविधिकको भुमिकामा किसान सगँ काम गरे । मैले यहाँबाट कृषिमा किसानको सहभागिता , किसानको आवश्यकता, किसानको वाध्यता र किसानले अपनाउदै आएको प्रविधिको बारेमा वुझने अवसर र बुझाउने अवसर पनि मिल्यो। हाम्रो कार्यक्रममा सहभागि भएका किसानहरु कोहि अनुदानका कार्यक्रमले खारिएका थिए भने कोहि कृषि अनुदान के को भन्ने थाहा नभएका सम्म का थिए , कोहि यो संस्था किसानलाई लुटन आएको हो भन्थे भने कोहि यस्तो कृषि प्रविधि हामिलाई सधै उपलब्ध गराउन अनुरोध पनि गर्थे। म उहाँहरुलाई तरकारि उत्पादनमा नर्सरिमा विरुवा उत्पादन देखि पोष्ट हार्भेट सम्मको प्रविधिलाई सामुहिक तालिम मार्फत सिकाउथे र त्यसलाई प्रर्दशनि को रुपमा किसानको खेत बारिमै गएर सिकाउथे । सिकाउने क्रममा पनि किसानको सोच्ने मानसिकता धेरै अन्तर थियो , जुन हामिले नर्सरि राख्दा लाईन कोरि ५-५ से.मि को दुरिमा विऊ खसाल्नु पर्छ , विरुबा मलखाद सिफारिस मात्रमा हाल्नु पर्छ, विरुवा सिफारिस दुरिमा रोप्नु पर्छ , विषादि छर्कदा सुरक्षित तवरले छर्कनु पर्छ, बिषादि विष हो औषधि हैन भन्ने बिषयलाई सिकाउदैको क्षणमा किसानहरु ग्रहण त गर्थे तर व्यावहारिक जिवनमा उतार्न धेरै कठिन मान्थे । जब हामिले प्रर्दशनिबाट निस्किएको नतिजा देखायौ किसानको मानसिकतामा परिवर्तन देखिन थाल्यो , उँहाहरुले मल्चिङ र बिना मल्चिङको उत्पादन मा परिवर्तन , सिफारिस दुरिमा धान लगाउदा धानको गाँजमा र उत्पादनमा आएको वृद्दि , विऊ उपचार गरेर रोप्दाको फाईदा र सिफारिस क्षेत्रमा सिफारिस विउ लगाउदाको परिवर्तनले किसानको मानसिकतामा ठुलो परिवर्तन गर्यो । हामिले अपनाउदै आएका परम्परागत प्रविधिलाई आधुनिक प्रविधिमा परिवर्तन गर्नको लागि किसानहरुलाई तालिमले होईन प्रदशनिको माध्यमले किसानको मानसिकतामा परिवर्तन आई उनिहरुको खेति गर्ने प्रविधिमा पनि परिवर्तन आउने गर्दछ । हामि किसानहरुलाई एउटा कक्षा कोठामा दिन भर थुनेर नर्सरि यो हो , यसका रोग ,किरा नियन्त्रण गर्न यो गर्नु पर्छ भनेर भत्ता दिदै सिकाउछौ। त्यसले किसानको सैदान्तिक ज्ञानमा केहि परिवर्तन त ल्याउला तर व्यवहारिक जिवनमा कुनै पनि परिवर्तन आउदैन । नेपाल सरकार र विभिन्न NGO, INGO ले किसानलाई तालिममा सहभागिताको भत्ता दिने प्रविधिले पनि किसानको व्यवहारिक ज्ञानमा परिवर्तन को केहि असर भने पुर्याएको पाईन्छ । किसान कुनै पनि कार्यक्रमा सहभागि हुनु अघि त्याहाँ पाउने आर्थिक सेवा सुविधाको बारेमा जान्न को लागि चासो राख्दछ, त्याँहा कस्तो प्रविधि सिकाईदैछ , त्यो प्रविधि हाम्रो लागि उपयुक्त हो या हैन त्यसमा त्यति चासो दिईएको पाईदैन । त्यसैले यस्ता साना साना कुराहरुले पनि कृषि प्रसारमा असर पुर्याई रहेको छ। हामि साचै कृषि प्रविधिमा आमुल परिवर्तन ल्याउने हो भने आधुनिक कृषि प्रविधि बारे व्याबहारिक ज्ञानमा परिवर्तन ल्याई परम्परागत मानसिकता कमजोर बनाउनु जरुरि छ । यसको मतलब परम्परागत तरिका सबै गलत हो भन्न चै मिल्दैन किनकि कतिपय परम्परागत तरिका पनि आधुनिक कृषि प्रविधि भन्दा राम्रा रहेका हुन्छन त्यसैले कुन क्षेत्रमा कुन प्रविधि गर्दा किसानको जिवनस्थर परिवर्तमा आउछ, उत्पादनमा वृदि हुन्छ त्यसको व्याबहारिक लेखाजोखा गरि किसानहरुलाई प्रविधि सिकाउनु हामि कृषि प्राविधिकको दायित्व हो । मलाई लाग्छ ८०० जना किसान सगँ काम गर्दै गर्दा १०० जना किसानहरुलाई मात्र मेरो प्रविधिलाई व्यवहारिक ज्ञान लिन सफल भए बिचमा ७०० जना किसानहरु कति परम्परागत तरिकामा लिप्त भएर , कति आधुनिक प्रविधि नपचेर र कति पाए गर्ने नपाए नगर्ने कारणले पछि परे । हाल म जापानको परराष्ट मन्त्रालयको आर्थिक सहयोग र पिइस उइन्स जापानर सम्वृदिका लागि यथायोग्य संस्था (ISAP) को साझेदारिमा सिन्धुपाल्चोकमा सन्चालन भैरहेको खानेपानि पहँच तथा कृषी आय सुधार आयोजनामा ४२१ जना किसान परिवर्तनको दौरानमा छु । हामि जस्तो तल्लो तहका कृषि प्राविधिकहरुलाई कृषि प्रसार कार्यकर्ताको रुपमा किसानको व्यबहारिक कृषिमा परिवर्तन गर्न धेरै चुनौति रहेको छ।
किसानलाई मल्चिङ प्लाष्टिकमा विरुवा रोप्न सिकाउदै
नर्सरि व्यवस्थापन बारे व्यवहारिक रुपमा सिकाउदै लिखु र किस्पाङ गा.पा. का किसानहरु
कृषि उत्पादन बढाउने हो भने किसानलाई व्यबसायिक शिक्षा जरुरि छ
नेपालको कृषि पछि पर्नुको एउटा कारण वास्तविक किसानहरुलाई कृषि व्यवसाय बारेमा व्यवसायिक शिक्षा को कमि हुनु हो । हाम्रा किसानहरु कृषि उपज उत्पादन गर्दा कुन कृषि उत्पादन गर्न लागेको हो त्यसको सम्भाव्यता को अध्यायन र विष्लेषण नगरि व्यबसाय सुरुवात गर्दछन र छिटै नै कृषि व्यवसाय काम छैन भन्ने अवस्थामा पुग्दछन् । यदि तपाई कुनै पनि कृषि व्यवसाय गर्ने योजनामा हुनुहुन्छ भने पहिले कृषि स्रोतको पहिचान गर्न जरुरि हुन्छ। तपाईका वरिपरि कृषिका स्रोतहरु के के छन् जस्तै एग्रोभेट, दाना पसल ,मलखादको लागि सहकारि , कुन कुन कृषि व्यबसाय चै सन्चालनमा आईरहेका छन् र सडकको अवस्था कस्तो छ त्यसको बारेमा पहिले अध्यायन गर्नुहोस। सोहि कृषि स्रोतको आधारमा तपाईको क्षेत्रमा कुन कृषि व्यवसाय गर्दा नाफामुलक हुन्छ त्यसको सम्भाव्याता र विष्लेषण गर्नुहोस । सम्भाव्यता र विष्लेषण गर्दा तपाईहरुले ४ विषयमा राम्रो सगँ अध्ययन गरेर मात्र व्यवसाय शुरुवात गर्नुहोला । पहिलो बजार तपाईले गर्न लाग्नु भएको व्यवसायको बजार कहाँ हो , बजारका प्रतिस्प्रधी को को हुन , बजारको मुल्य को अवस्था बारेमा सबै को अध्यायन गर्नुहोस । दोस्रोमा तपाई छनोट गर्नुभएको व्यवसायमा तपाईको सिप ज्ञान र अनुभव बारेमा पनि सोच्नु होस । यदि तपाईले बेमौषमि तरकारि उत्पादन सम्बन्धि व्यवसाय गर्दै हुनुन्छ भने त्यसको बारेमा उत्पादन प्राविधिक ज्ञान, विऊ विजन, मलखाद, वस्तुको मुल्य निर्धारण, नाफा नोक्सान निकाल्न सक्ने, ग्राहकको मनोविज्ञान अनुसारको उत्पादन, सम्वन्ध विस्तार आदि इत्यादि बारेमा ज्ञान हुन जरुरि हुन्छ । व्यवसायिक अध्यायन गर्दा अर्को पुँजि र स्रोत साधन जुटाउने क्षमता छ कि छैन त्यसलाई पनि ख्याल गर्नु पर्दछ । जस्तै तरकारि व्यवसाय गर्दै गर्दा विउ विजन ,मलखाद ,विषादि, औजारहरु कहाँ बाट जुटाउने कति लगानि लाग्दछ भन्ने विषयमा पनि पहिलेनै पुर्वानुमान तथाअ विश्लेषण गर्नु पर्दछ । व्यवसाय शुरु भएपछि आम्दानि नभए पनि नियमित प्रशासनिक खर्च हुनेछन। त्यसलाई तपाई व्यवस्थापन गर्न सक्नु हुन्छ वा सक्नुहुन्न त्यसको पनि अध्यायन गर्नुहोला। र अन्तिममा तपाईले छनोट गर्नु भएको व्यवसायमा तपाईको प्रतिबद्दता र पारिवारिक अवस्था कस्तो छ त्यसको बारेमा पनि बुझेर व्यवसाय सुरुवात गर्न जरुरि हुन्छ । महिले माथि भनिएका विषय एउटा सामान्य किसानले पनि व्यवसाय सन्चालन पुर्व सोच्नु पर्ने विषय छ । हामि कृषि व्यवसायमा किन छिटै असफल हुन्छौ भने हामि बिना अध्यायन नै हतारमा लगानि गर्छौ र त्यसलाई नाफामुलक बनाउन नसक्दा छिटै बाहिरिन बाध्य हुन्छौ। हामि बालि मा रोग लागे पछि प्राविधिक खोज्छौ, उत्पादन गरे पछि बजार खोज्छौ , त्यसैले हामि असफल छौ। हाम्रो नेपालको कृषीको मुल समस्या भनेको बजारिकरण हो । यो समस्याको दोषि हामि किसान पनि छौ । किनकि हामि बजारमुखि उत्पादन गर्न अझै पनि सकेका छैनौ , कुन समयमा के मागेको छ बजारले , के गर्ने? कहिले उत्पादन गर्ने ? कहाँ उत्पादन गर्ने ? कसरि? कति? भन्ने विषयलाई हेर्दै नहेरि उत्पादन गर्छौ र पछि बजार पाईएन भनेर गुनासो गर्छौ । तर हामि उत्पादन योजना बनाएर बजारमुखि उत्पादन गर्ने हो भने कहिल्यौ असफल हुदैनौ । यो बजारिकरण र उत्पादनको प्रत्यक्ष सम्बन्ध हुने भएकाले हामि जस्ता कृषि प्राविधिकले किसानलाई उत्पादन गर्न सिकाउदा बजारको अवस्थालाई अध्यायन गरेर सिकाउनु जरुरि छ ।
किसान परिवर्तन गर्न पहिले प्राविधिक परिवर्तन हुनु जरुरि छ
नेपाल संघियतामा गए सगै गाउँ-गाउँ मा विभिन्न सेवा सुविधा पुगेको छ। तिन तहको सरकार बनेको र हामि सगँ प्रत्यक्ष जोडिने स्थानिय सरकार बनेको छ। स्थानिय सरकार आउनु अघि नै नेपाल सरकारले एक गाऊँ एक प्राविधिक र स्थानिय सरकार पछि एक वडा एक प्राविधिक र एक स्थानिय तहमा एक कृषि स्नातक भन्ने प्रवाधान पनि नेपाल सरकारले ल्याएको छ । तर हामि २०७१ साल देखि किसान सगँ काम गरिरहेका प्राविधिक हरुले सोचे अनुरुपको परिवर्तन गर्न सकिएको जस्तो लाग्दैन । खै परिवर्तन भएको भए कति उत्पादन बढाउन सफल भयौ त हामि कृषि प्रधान देश भनेका छौ आयात बढेको बढै छ । किसान सगँ प्रत्यक्ष जोडिने त हामि हौ नि परिवर्तन गर्ने भनेको हामि जस्तै जे टि , जेटिए ले हो तर विगतका यतिका बर्ष सम्म मा कुनै परिवर्तन गर्न सकेका छनौ । जब सम्म हामि प्राविधिक कार्यलयको कुर्सि छोडेर किसानको खेतमा जादैनौ तब सम्म कुनै परिवर्तन आउनेवाला छैन । हाम्रो कार्यलय नै किसान को खेत हो । टिक टक , फेसबुक चलाए पनि किसानकै खेतमा गएर चलायौ तर किसानको खेत सम्म पुग्ने कोशिस गरौ । यो परिवर्तन नहुनुमा किसानको मात्रै दोष छैन । मुख्य दोषि त हाम्रो स्थानिय तह छ किनकि न कृषिका लागि राम्रा-राम्रा कार्यक्रम नै ल्याउछन न त हामि जस्तो प्राविधिकलाई स्थानिय तहमा हुने कृषि कार्यक्रम को बारेमा पुर्ण जानकारि नै दिन्छन् । म त कुनै स्थानिय तहमा काम गरेको छनै तर मेरा साथि हरुलाई भन्छु खै त तिमिहरु २०७१ साल देखि काम गर्दै छौ केहि परिवर्तन देखिदैन ? उनिहरुको पिडा पनि बेग्लै रहेछ, “गाऊँ सभामा कृषिलाई २० लाख छुट्याइएको छ भन्ने सुनिन्छ आर्थिक वर्ष सकिने बेला सम्म त्यो बजेट कहाँ कहाँ पुगेको थाहा पाउन मुस्किल छ करार को जागिर छ केहि बोलौ भोलि नै निकाल्देला भन्ने डर” । यस्तै यस्तै समस्याले हाम्रो कृषिमा परिवर्तन र कृषिको बजेट सदुपयोग हुन सकेको छैन । यस्ता समस्यालाई हामि जस्ता कृषि प्राविधिकहरुले बाहिर ल्याउनु पर्दछ । हाम्रो दायित्व जिम्मेवारि के हो बुझनु पर्दछ ।
यसो गरे कसो होला
म कुनै स्थानिय तहमा त छैन तर पनि म के भन्छु भने अब प्रत्यक स्थानिय तहमा काम गर्दै गर्दा एउटा निश्चित ,आवधिक योजना अनुरुप काम शुरु गरौ । पहिले त आफ्नो स्थानिय तहको मुख्य बालि के के हो ? के के उत्पादन भैरहेको छ ? खाध्यन उत्पादनमा कस्तो अवस्था छ? त्यसको अध्यायन गरौ। र त्यस पश्चात आफ्नो स्थानिय तह कुन कुन कृषि वस्तुमा आत्मनिर्भर छ र कुन कुन बस्तुमा परनिर्भर छौ त्यसको डाटा निकालौ । त्यस पश्चात आफ्नो स्थानिय तहलाई जुन बस्तुको बढि उत्पादन हुन्छ त्यसको आधारमा वर्गिकरण गरौ र सबैको रेकडिङ गरौ। अब कृषिका कार्यक्रमहरु बनाउदा जुन वस्तुहरु आफ्नो स्थानिय तहमा बाहिर बाट भित्रिरहेको छ त्यसको आधारमा कार्यक्रमहरु तयार पार्न पालिकाका कृषि अधिकृत , प्रसाशाकिय अधिकृत समक्ष प्रस्ताव राखी भौगोलिक बनावट, प्रविधि , बजारको अवस्था आदिको आधारमा किसानहरुलाई त्यस्ता कृषि उपज उत्पादनमा पोत्साहान गरौ, उत्पादन गर्नु पहिले त्यो बस्तु त्यो भौगोलिक बनावटमा हुन्छ हुदैन कुन जात सिफारिस गर्ने त्यसको बारेमा अध्यायन गरेर मात्र सिफारिस गरौ । सोहि अनुरुप पहिले आफ्नो पालिका लाई भौगोलिक बनावट उत्पादन हुने सबै उपजहरुमा आत्मनिर्भर बनाऔ । र आफ्नो पालिका के के कृषि उपजमा आत्मनिर्भर हो पालिमा मार्फत घोषणा गरौ । पालिकाले व्यापरि , एग्रोभेट, सहकारि , तथा कृषि सगँ सम्बन्धित भएर काम गर्ने सबै सन्जालहरु सगँ पालिका सगँ मासिक वा त्रमासिक छलफल तथा गोष्टि राखौ त्यसले व्यापारि किसान र कृषिका स्रोत केन्द्रहरु प्रत्यक्ष रुपमा जोडिन्छन् । यसलाइ प्रत्यक वर्ष निरन्तरता दिऊँ । हामि सबैले आफ्नो स्थानिय तहमा किसान कल सेन्टर स्थापना गरौ , त्यहा बाट कृषक समुह दर्ता देखी रोग ,किरा नियन्त्रण , बजार को अवस्था र अनुदानका प्रकिया हरुको सेवा दिने वातावरण बनाऔ । र किसानहरुलाई उहाँहरुको समुहको प्रत्येक मासिक वैठकमा सहभागि भई बजारिकरण, मौषमि रोग किरा व्यवस्थापन , बजारमुखि उत्पादन , व्यवसाय दर्ता, अन्य तहमा अनुदानमा सहभागि हुने प्रकृया बारेमा प्रशिक्षण दिऔ।
अब हामि यहि अनुसार आफु कार्यरत स्थानिय तहमा काम अगाडि बढाउने हो भने हामि देशलाई आत्मनिर्भर तर्फ लैजान सफल हुन्छौ । यदि तपाईहरुले माथि अनुरुपका योजना शुरुवात गर्नु भयो भने मात्रै पनि तपाईलाई १०० वटा भन्दा वढि आइडियाहरु तपाई समक्ष आउछ । केहि फरक गर्ने कोशिस गर्नुस आफुलाई पनि चिनाउनुस र आफ्नो पालिका लाई पनि नमुना बनाउने कोशिस गरौ ||