धान खेती नेपालको प्रमुख बाली हो भने धान खेती गर्न को लागी उलेख्य लगानी, श्रम को खर्च लाग्ने गरेको हुन्छ। धान खेतीमा आधुनिक प्रबिधि अर्थात् यान्त्रिकरण प्रविधिको अबलम्बन गरी लागत न्यूनीकरण तथा श्रम भार कम गर्नु अहिलेको आवस्यकता हो । यसै सन्दर्भमा नेपाल कृषि अनुसन्धान परिषद्, रास्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटार द्वारा पाँचखाल नगरपालिका वार्ड न.२ मा धान खेतीमा यन्त्रीकरण प्रविधिको सहभागितामूलक मुल्यांकन तथा प्रबिधि प्रदर्शनी कार्यक्रम संचालन गरेको छ ।

किसानको सहभागिता मा प्रबिधि को प्रमाणीकरण गर्दा किसानले प्रविधिको सहि मुल्यांकन गर्न सक्ने र प्रविधिको अबलम्बन छिटो हुनसक्ने कुरा लाई ध्यानमा राख्दै रास्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटार द्वारा असार२३ गते पाँचखाल नगरपालिका वार्ड न.२ मा धान खेतीमा यन्त्रीकरण  गर्ने उधेस्ये ले ४ लाइन र ६ लाइन धान रोप्ने मेशिनको परिक्षण  तथा प्रदर्शनी गरिएको।

पाँचखाल नगरपालिका मेयर महेश खरेल तथा उप मेयर सुर्य माया दनुवार ले मेशिन चलाएर धान रोप्दै कार्यक्रम को शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रम मा बोल्दै मेयर खरेल ले नार्क द्वारा यस प्रकारको आधुनिक प्रविधिको  सहभागितामूलक मुल्यांकन तथा प्रबिधि प्रदर्शनी कार्यक्रम संचालन हाम्रो नगरपालिकामा गरिदिएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा नार्क संग सहकार्य गरि पाँचखाल को कृषि मा सुधारका कार्यक्रम गर्न तयार रहेको कुरा ब्यक्त गर्नु भयो।

सोहि कार्यक्रममा बोल्दै रास्ट्रिय बाह्य अनुसन्धान केन्द्र खुमलटार का  प्रमुख डा. ध्रुब राज भट्टराई ले नेपाल कृषि अनुसन्धान परिषद स्थानीय निकाय संग सहकार्य गरि अनुसन्धान कार्य अघि बढाऊन र स्थानीय निकायलाई आवस्यक प्राबिधिक सहयोग पुराउन हरदम तयार रहेको जानकारी गराउनु भयो ।

रास्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान का निर्देशक तथा रास्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटार का प्रमुख डा. श्रीमत श्रेष्ठ ले धान खेतीमा यन्त्रीकरण प्रविधिको सहभागितामूलक मुल्यांकन तथा प्रबिधि प्रदर्शनी कार्यक्रमको उध्येस्य बारे प्रकाश पर्नु भएको थियो ।

त्यसै कार्यक्रममा नार्क द्वारा बिकशित विभिन्न प्रबिधि संग सम्बन्धित प्रकाशनहरु पाँचखाल नगरपालिका लाइ हस्तान्तरण गरिएको थियो ।

Modified seedbed for mechanized transplantation at Panchkhal.

धान रोप्ने मेशिन मा परम्परागत तरिकाले राख्ने ब्याड प्रयोग नहुने हुदा फ्रेम मा तयार गरिने म्याट नर्सरी ब्याड किसानको खेतमा तयार गरिएको थियो । असार ९ गते राखिएको १४ दिने ब्याड प्रयोग गरि मेशिनबाट धान रोपिएको थियो, प्लास्टिक ट्रे को बिकल्पमा प्लास्टिक र फलामे फ्रेम, माटो चाल्ने मेशिन, बिउ छर्ने मेशिन प्रयोग गरि छोटो समय मै नर्सरी राख्ने प्रबिधि पनि किसान को सहभागितामा गरिएको थियोl २०० वटा म्याट नर्सरी ब्याड किसान यादव सापकोटा को  खेतमा तयार गरिएको थियो भने सो बिउ लाइ प्रयोग गरि यादव सापकोटा र काइला श्रेष्ठ को करिब १३ रोपनी जग्गामा मेशिनबाट धान रोपिएको थियो । ६ लाइन रोप्ने मेश्निका दक्षता प्रति घण्टा ६-८ रोपनी भयता पनि सानो प्लट भएको कारण प्रतिघन्टा ५ रोपनीको दरले मेशिनले धान रोपिएको थियो l

मान्छेले जस्तै तर धेरै छिटो धान रोपेको देख्दा त्यहाँ आउनुभएका किसानहरु अचम्मित तथा खुशी भएको कुरा व्यक्त गर्नु भएको थियो । त्यस परिक्षण स्थल मा ब्याड राख्ने, जमिन को तयारी एवम धान रोप्ने कार्य मेशिन बाट गरिएको र यसको झार ब्यबस्थापन, कटानी पनि मेशिन को प्रयोग बाट गरिने र यसको तुलना परम्परागत तरिका बाट गरिएको धान खेती संग गरि नतिजा किसानलाइ देखाउने उधेस्य रहेको रास्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटारले जनाएको छ ।