
झापा। झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । सोमवार नगरपालिका कार्यालयमा आयोजित ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक साक्षात्कार कार्यक्रममा नगरले अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए । ‘यो वर्ष पूर्वाधार विकासमा कम बजेट छुट्याएका छौं,’ उनले भने, ‘कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने योजना छ ।’ नगरपालिकाले आगामी आवका लागि रू. दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
कृषि पकेट क्षेत्र, कृषि औजार, मलबीउ व्यवस्थापन, चक्लाबन्दी खेती, अर्गानिक खेती, पशुपक्षी, सामूहिक खेतीलगायत कार्यक्रममा उक्त रकम खर्च हुने बताइएको छ ।