ललितपुर। सरकारले आर्थिक वर्ष २०७९/०८० मा रासायनीक मल खरिद गर्न १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई कुल विनियोजित ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जसमध्ये सरकारले १५ अर्ब रुपैयाँ मल गरिखको लागि विनियोजन गरेको हो ।

त्यस्तै धान लगायत खाद्यान्न भण्डारको लागि देशरी १०० सामुदायीक खाद्य गोदाम घर सञ्चालन गर्ने तयारी सरकारको छ । ‘कृषि जैविक विविधता’को रुपमा मनाउने तयारीसमेत गरेको छ । सरकारले उखु किसानको लागि ८१ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको पुनर्संरचना गरिने उल्लेखछ । जोनहरुलाई प्रदेशमा हस्तान्तरण गरिने अर्थमन्त्री जनादर्न शर्माले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको समेत उनले बताए ।