ललितपुर। सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ ।

कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायू अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्बद्धन गर्नेगरीको कृषि नीति सरकारले बनाउने भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्‍न नयाँ राष्ट्रिय कृषि नीति आवश्यक भएकोमा जोड  दिईन ।

हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्‍चालित जिविकोपार्जन कार्यक्रमलाई मानव विकास सुचाङ्‍क कम भएका जिल्लामा विस्तार गर्ने नीति  सरकारले लिने उल्लेख गरिएको छ ।

पर्यटन, उद्योग, वन वातावारणसँगै भू–उपयोग नीति तयार गर्दा कृषि तथा वन क्षेत्रबाट हुने उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी सामञ्‍जस्यता कायम गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै, अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।