ललितपुर।  शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आंशिकदेखि सामान्य बदली रहने भएको हो ।

अहिले देशको वागमती र गण्डकी प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी केही भूभागमा चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शुक्रवार प्रदेश नम्बर १, मधेस, बागमति, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । शुक्रवार राती भने प्रदेश १, बागमति र गण्डकी प्रदेशका पहाडी जिल्लामा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी आइतवारसम्म देशभर मौसममा आंशिकदेखि समान्य बदली हुने भएकोले केही स्थानमा वर्षाको सम्भावना रहने छ ।