
ललितपुर। भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ। यस योजनामा सहभागी हुने ग्राहकले ३ महिनाको इन्टरनेट र एमआईको डुअल ब्यान्ड राउटर सित्तैमा पाउन सक्नेछन्।
यो योजनाअन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्। ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा-फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्।
ग्राहक रिफरल इनामका लागि योग्य हुन सो व्यक्तिले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ।
भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्। ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग-इन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन्।
भायानेटले नेपालका प्रायः मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा-फाई लाइन अपअन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ।
विशेष गरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेटसँगै दुईवटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र १२ सय ५० रुपैयाँ प्रतिमहिना रहेको छ।