चितवन। चितवनको भरतपुर एक्स्पो सेन्टरमा नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको सलोम ५ औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी सनिबार सम्पन्न भएको छ । चार दिनसम्म चलेको उक्त प्रर्दशनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकारणमा टेवा पु¥याउन कृषि, पशुपालन र नयाँ कृषि यन्त्र तथा उपकरण सम्बन्धी प्रविधिको प्रदर्शनी गरिएको थियो ।

प्रर्दशनी ७५ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेको नेपाल कृषि मेसिनरी व्यवसायी संघका उपाध्यक्ष एवं मेला संयोजक उमेश नारायन मान्नधरले जानकारी दिए । यस वर्ष आयोजना भएको प्रर्दशनीको मुख्य प्रायोजकको रुपमा सलोम एग्रिकल्चर रहेको थियो भने प्रायोजकको रुपमा मुक्तिनाथ कृषि कम्पनी रहेको थियो । चार दिनसम्म संचालन भएको उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धि आधुनिक यन्त्र, उपकरण तथा प्रवाधिका सामाग्री, बीउ विजन, आधुनिक सिँचाई लगायतको बारेमा जानकारी लिन विद्यार्थी, युवा र कृषिमा आबद्ध किसानहरूको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीको सहभागिता रहेको प्रर्दशनीमा १५० भन्दा बढी प्रदर्शनकर्ता एवं २० भन्दा बढी मुलुकमा उत्पादित २ हजार भन्दा बढी उपकरणहरु राखिएको थियो । प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन र कृषि कर्जा मेला विशेष आकर्षणको रुपमा रहेको थियो।

प्रदर्शनीको मूल उद्देश्य नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत पु¥याउनुका साथै तिनको प्रयोगद्वारा कृषि उत्पादनमा वृद्धि भई कृषिउपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउनु रहेको आयोजकले बताए । संघको अगुवाईमा प्रत्येक २ वर्षमा प्रर्दशनी आयोजना हुँदैं आएको छ ।