
ललितपुर। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनमा विगतमा झै यसवर्ष पनि २३ औँ फ्लोरा एक्स्पो हुने भएको छ। सोमबार आयोजकले पत्रकार सम्मेलन गरी यही चैत्र १० गते देखि १३ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा एक्स्पो सञ्चालन हुने जानकारी दिएको हो । ४ दिनसम्म चल्ने एक्स्पोमा विशेष गरी ४ सय ५० प्रजातिका पुष्प र पुष्पजन्य वस्तुको प्रर्दशन तथा कारोबार गरिने मेला व्यवस्थापक एवं फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव विश्वमणी पोख्रेलले जानकारी दिनुभयो ।
पछिल्ला वर्षहरुझै यस वर्ष पनि उल्लेख्य अवलोकनकर्ता मेलामा उपस्थित हुने आयोजकले जनाएको छ । मेला ४ दिनसम्म मात्र चल्ने भएका कारण यो एक्सपोमा ४५ हजार अवलोकनकर्ता र ७५ लाख रुपैयाँ बराबरको कारोबारको हुने अपेक्षा गरिएको छ।
वागमति प्रदेशको कृषि राज्यमन्त्री इन्द्रमाया गुरुङले एक्सपोको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मेला अवलोकन गर्न आउने साधारणको लागि १ सय र विद्यार्थीको लागि रु. ५० को टिकटको व्यवस्था गरिएको छ । मेला सह–आयोजकको रुपमा पुष्प विकास केन्द्र गोदावरी र सहयोगीको रुपमा कृषि विभाग हरिहरभवन तथा कृषि तथा पशुपन्छीं विकास मन्त्रालय वागमति प्रदेश हेटौंडा रहेको छ ।