काँक्रो एक महत्वपूर्ण लहरे वाली हो । काँक्रोलाई काँचै सलादको रुपमा र अचार बनाएर खाइन्छ । गर्मी मौषममा यसको बिक्री अत्यधिक हुन्छ । जात अनुसार काँक्रोमा लगभग ९०—९५ प्रतिशतसम्म पानीको मात्रा हुन्छ जसले शरीरमा पानीको मात्रा पूर्ति गर्न सहयोग गर्दछ । यसको १०० ग्राम फलवाट १० क्यालोरी शक्ति पाइन्छ। यो भिटामिन के र मोलिब्लेडनमको राम्रो स्रोत हो । यसमा तामा, पोटासियम, म्यान्गानिज, भिटामिन सि, फस्फोरस, म्याग्नेसियम र बायोटिन पाईन्छ । काँक्रोमा रेशाको मात्रा बढी तथा क्यालोरीको मात्रा कम हुनाले पाचन प्रणाली सुधार तथा तौल घटाउन सहयोग गर्दछ । भिटामिन ‘सि’ र बिटा क्यारोटिन यसमा पाइने एन्टिअक्सिडेन्ट हुन । यसमा पाइने पोटासियम तत्वले ब्लड प्रेसर कम गर्न सहयोग गर्दछ । यसमा पाइने भिटामिन ‘के’ ले हड्डी बलियो बनाउन सहयोग गर्दछ ।

हावापानी

काँक्रो न्यानो मौषममा खेती गरिने वाली हो । यसको लागि २०—३० डिग्री सेन्टीग्रेडसम्मको तापक्रममा उपयुक्त हुन्छ ।काँक्रोको वोटले तुषारो सहन नसक्ने तथा बढी आद्र्रतामा ढूसी लाग्ने हुँदा बिरुवा राम्ररी फस्टाउन सक्दैन । सरदर दिनको तापक्रम १८–२४ डिग्री सेल्सियस र रातको तापक्रम १५–१८ डिग्री से. भएको अवस्थामा काँक्राको उत्पादन राम्रो भएको पाइएको छ । यदि लामो समयसम्म ३५ डिग्री से. भन्दा बढी तापक्रम र बढी सुख्खा भएमा काँक्रोमा कुकुरविटासिन भन्ने रासायनिक तत्वको मात्रा बढी काँक्रो तितो हुन्छ । वायुको सापेक्षिक आर्द्रता ७०–७५% यसको खेतीका लागि अनुकूल हुन्छ । जाडो महिनामा दिन छोटो र तापक्रम कम हुने हुँदा काँक्रोमा पोथी फुलको संख्या बढी हुन्छ भने गर्मी महिनामा भाले फूलको संख्या बढी हुन्छ ।

माटो

प्रशस्त उर्वराशक्ति भएको माटोमा राम्रोसंग पाकेको गोठेमल/कम्पोष्ट मल हाली काँक्रो खेती गर्नु पर्दछ । माटोको पि. एच. मान ५.५ देखि ६.८ सम्म हुन पर्दछ ।

नर्सरी व्यवस्थापन तथा वेर्ना उत्पादन;

वेमौषमी काँक्रोको बिरुवा प्लाष्टिकको थैलामा उत्पादन गर्नु पर्दछ । हावा खेल्न र पानी निकासको लागि प्लाष्टिकको थैलामा ४—६ प्वाल हुनु पर्दछ । प्लाष्टिक थैलामा स्वस्थ बिरुवा उत्पादन गर्न उर्वराशक्ति भएको माटो २ भाग, राम्ररी कुहिएको गोवरमल १ भाग र खरानी वा वालुवाको एक भागको मिश्रण बनाई प्लाष्टिक थैलामा भर्नु पर्दछ । मिश्रण भएको प्लाष्टिक थैलालाई २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाएर भिजाउनु पर्दछ र ढूसीबाट जोगाउन ४८—७२ घण्टा प्लाष्टिकले छोपेर राख्नु पर्दछ । प्लाष्टिक थैलामा ४—५ से. मी. गहिराइमा २—३ दाना वीउ रोप्नु पर्दछ र तुरुन्तै पानी हाल्नु पर्दछ । हिउँद मौषममा चिसोबाट बचाउनको लागि सेतो प्लाष्टिकले छोपी गुमोज बनाउनु पर्दछ । गुमोज भित्र व्याडको तापक्रम बढ्दछ जसले गर्दा विरुवाको बृद्धि चाँडो भई उत्पादन पनि चाँडै लिन सकिन्छ ।

बिरुवा सार्ने तरीका

गर्मीयाममा १.५ मिटर चौडा र वर्षायाममा २ मिटर चौडा ड्याङ्ग बनाउनु पर्दछ । बिरुवा सार्न बनाइएको ड्याङ्गमा २० से.मी. चौडाई र २० से.मी. गहिराईको खाडल खन्नु पर्दछ । कम्पोष्ट, रासायनिक मल र माटोको मिश्रण बनाई खाडल पुर्नु पर्दछ र बिरुवा सार्नु पर्दछ ।प्रत्येक खाडलमा २—४ बिरुवा सार्नु पर्दछ र ४—५ पातको भएपछि स्वस्थ २ बिरुवा मात्र राख्नु पर्दछ । जरा नखल्बलाइकन प्लाष्टिकको थैला हटाई वेलुकी पख वेर्ना सार्नु पर्दछ र तुरुन्त पानी दिनु पर्दछ । वर्षे मौषममा विरुवालाई थाँक्रा दिनु पर्दछ।

बिरुवा लगाउने दूरी;

        वर्षा मौसम         हारदेखि हार १२० से.मी.       बिरुवादेखि बिरुवा ५० से.मी

 

      वसन्ते मौसम          हारदेखि हार १२० से.मी.        बिरुवादेखि बिरुवा ६० से.मी.

वीउ रोप्ने तथा टिप्ने समय;

         क्षेत्र    बिउ रोपने समय      फल टिपने समय     
     मध्य पहाड              माघचैत्र

     श्रावण भाद्र           

       जेष्ठआषाढ

     कार्तिकमंसिर

          तराई         पौषमाघ

     भाद्रकार्तिक

       माघचैत्र

    कार्तिकमंसिर

वीउदर

         किसिम        प्रति रोपनी           प्रति कट्ठा
       उन्नत जात       ५०—७५ ग्राम          ३५—४० ग्राम

उन्नत जातहरु;मलिनी, कुस्ले, भक्तपुर लोकल ।

छापो दिने

हिउँद मौषममा यदि थाँक्रा दिन नसकिने छ भने छापो दिएर पनि काँक्रो खेती गर्न सकिन्छ । छापो दिनाले झारको नियन्त्रण गर्दछ, माटो खुकुलो राख्दछ र चिस्यान कायम राख्नुको साथै अन्य फाइदा पनि हुन्छ । छापो दिनाले काँक्रोको बिरुवा हुर्कन सहायता पु¥याउँदछ र फललाई माटोको संसर्गबाट बचाउँछ ।

मलखादको प्रयोग

गोठेमल/कम्पोष्ट र रासायनिक मललाई मिश्रण गरी बिरुवा रोप्ने खाडलमा हाल्नु पर्दछ बिरुवाको बृद्धि विकासको अबस्था हेरी बिरुवा सरेको २०–२५ दिनपछि विरुवाको फेदबाट ५ से.मी. दुरीमा औठी आकारको खाडल बनाई यदि आवश्यक देखिएमा युरिया ५ ग्राम प्रतिवोट दिनु पर्दछ । साथै १ लिटर गाइको गहूतमा ५ लिटर पानी मिसाइ १० दिनको फरकमा बिरुवा भिज्ने गरेर छरेमा उत्पादन राम्रो हुनुका साथै सेते ढूसीको प्रकोप कम गर्न सहयोग पुग्दछ । यदि काँक्रोमा कम फल लागेको छ भने हार्मोनहरु जस्तै मिराक्युलान २ मि.लि. प्रति लिटर पानीमा मिसाई फुलका कोपिला देखापर्न थालेपछि १०–१५ दिनको फरकमा ३–४ चोटी छरेमा काँक्रामा पोथी फूलको संख्या बढी उत्पादनमा वृद्धि हुन्छ । बिरुवामा फूल फुलेपछि मल्टिप्लेक्स वा सो जस्तै अन्य शूक्ष्म तत्व १०–१५ दिनको फरकमा छर्नु लाभदायक हुन्छ ।

 

मलखाद र रासायनिक मल    के.जी. प्रति कट्ठा                प्रयोग गर्ने समय
गोठेमल/कम्पोष्ट      ७००— ८००      जमिन वा खाडल तयारीको समयमा
डी.ए.पी.       ५. ०     जमिन वा खाडल तयारीको समयमा
पोटास      ३.०      जमिन वा खाडल तयारीको समयमा
युरिया      २.०     बिरुवा सारेको २० र ४० दिनमा दुई पटक विरुवाको वरीपरी