पाल्पा। पाल्पामा लगाइएको कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । यी रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यो वर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएको र यसका बोट सुकेर जान थालेको जानकारी दिए ।

जिल्लामा गत वर्ष झण्डै १५ टन कफी उत्पादन भएको थियो । गत आवमा अत्यधिक चिसोका कारण कफी उत्पादन कमी भएको कफी उनले बताए ।

तानसेन छापका किसान भीमबहादुर मिधुनले सुकेको कफीको बोट काटेर हेर्दा हाँगाका किरा भेटिएको बताए । कफी खेती छाहरीमा गरिने छाहरी अभावका चिसोले समस्या देखिएको बताइएको छ ।

कफी खेतीबाट आम्दानी लिन तीन–चार वर्ष कुर्नुपर्ने बाध्यता रहेको र लगानीअनुसार प्रतिफल नभएपछि किसान विस्थापित हुन थालेका छन् । कफी खेती गर्ने युवा वैदेशिक रोजगार, तराईमा बसोबास झर्दा ज्याला मजदुरी गर्नेको अभाव भएको छ ।

व्यावसायिक रूपमा कफी खेती गर्दा २० रुपैयाँमा एक किलो बिक्री गर्नुपर्ने बाध्यता थियो तर अहिले प्रतिकिलो ९० मा गाउँबाटै बिक्री हुन्छ । राम्रो आम्दानी हुने भएपछि गाउँले व्यावसायिक रूपमै यसतर्फ आकर्षित भएको स्थानीय यमबहादुर थापाले बताए ।

पाल्पाका आठ स्थानीय तहमा व्यावसायिक कफी उत्पादन, संकलन, बजारीकरणको पहुँच विस्तार गरिएको छ ।

आठ स्थानीय तहमा १६३ हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा कफी खेती हुने गरेको छ । कफीका बोटलाई रोगले आक्रमण गरेपछि यसको उत्पादन वृद्धिमा समस्या देखिएको छ । रासस