ललितपुर। रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने मूल नाराका साथ ललितपुरको जाउलाखेल खेल मैदानमा सञ्चालन भएको १४ औं पुष्प प्रर्दशनी ७९ लाख कारोबार गर्दै सकिएको छ ।

पुष्प व्यसायीहरुको संस्था फ्लोरीकल्चर एशोसियसन नेपाल (फ्यान)को आयोजनामा कात्तिक १२ गतेदेखि शुरु भएको मेला ३७ हजारले अवलोकन गरेको फ्यानका अध्यक्ष  मीन बहादुर तामाङले जानकारी दिए ।

४४ वटा व्यवसायीक र ४ वटा सूचनामूलक गरि ४८ वटा स्टल रहने मेला ४ दिनसम्म संचालन भएको थियो ।

प्रदर्शनीमा नेपालमा विगत बर्षदेखि नै व्यवसायीक उत्पादन हुँदैं आएका विविध जातका गोदावरी फूल विरुवाका साथै यस बर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरु विक्रिका लागि राखिएको थियो ।