ललितपुर। ललितपुरको लगनखेलमा ‘सक्कल एग्रो एण्ड सीड ट्रेडर्स’ले नयाँ शाखा विस्तार गरेको छ । वरिष्ठ कृषि वैज्ञानिक डा. केदार बुढाथोकीले मंगलबार उक्त शाखाको उद्घाटन गरेका हुन्। सबै कृषि सामाग्री एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले शाखा विस्तार गरिएको संचालक सक्कल थापाले बताए ।

नख्खुबाट किसानलाई परामर्श र कृषि सामग्री उपलब्ध गराउँदैं आएको सक्कल एग्रो एण्ड सीड ट्रेडर्सले किसानले बीउ बिजन, विषादीका साथै विभिन्न किसिमका कृषि औजार तथा उपकरण एकै ठाउँमा किन्न सहज होस भन्ने उदेश्यले शाखा विस्तार गरेको जनाएको छ । उपत्यका बाहिर विभिन्न जिल्लाका शाखा विस्तार गरिरहेको ‘सक्कल एग्रो एण्ड सीड ट्रेडर्स’ ले सबै जिल्लाका शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।