धान प्रमुख खाद्यान्न बाली हो । धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो । एशियाली मुलुकहरूलाई त धानको बास्केट नै मानिन्छ । किनभने ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत पनि एशियाली मुलुकमा नै हुने गरेको छ । विश्वमा जति धान उत्पादन हुन्छ त्यसको ६/७ प्रतिशत मात्र बिक्री वितरणका लागि बजारमा जान्छ। धान उत्पादनको विभिन्न चरण : बिऊको छनोट, जमिनको तयारी, रोपाईं गर्ने प्रविधि, मलखाद, सिँचाइ तथा निकासको व्यवस्थापन , झारपात नियन्त्रण, बालि कात्ने चुत्ने कार्य जस्तै अन्नको गुनस्तर कायम राखिरहनको लागि भण्डारण पनि एक महत्वपुर्ण चरण हो । वर्षभरी उपलब्धता बनाइरहनका लागि यसको उचित भण्डारण आवस्यक हुन्छ। सहि भण्डारण भएमा कटानि पछी हुने अनाजको नोक्सानीलाई कम गर्ण सकिन्छ। भण्डारण गर्नु भण्दा पहिले चिस्यानको मात्रा सुरक्षित गर्नु पर्दछ।  लामो समय सम्म भण्डारण गर्नका लागि चिस्यानको मात्रा १२ प्रतिशत र कम समयका लागि १४ प्रतिशत हुनु पर्दछ। भण्डारण गर्नका लागि विभिन्न आकार एवम किसिमका सामग्रीहरु प्रयोग गरिन्छ । यो माटो ,काठ ,बाँस, जुटको बोरा , इता आदि स्थानीय वस्तुको प्रयोग गरि निर्माण गरिन्छ । यद्यपि यसरी निर्माण गरियका सामाग्रीमा वायुरोधक क्षमता नहुने भएकाले , लामो समय सम्म भणडारण सम्भब हुदैन। लामो समय सम्म भणडारणका लागि टिनबाट निर्मित बाकस , साइलो आदि प्रयोग गर्न सकिन्छ । भणडारण अबधिमा समय-समयको अन्तरालमा निरन्तर हावाको आवागमन बनाइरहनु पर्दछ । सामान्यतया, धान्को भुसले किरा लाग्नबाट बचाउने तथा गुणस्तर कायम राखनमा मद्दत पुर्याउने भएकाले यसको भण्डारण चामल बनाएर भन्दा पनि अन्नकै (नकुटाइएको) रुपमा गर्न सल्लाह दिइन्छ।

भण्डारण गर्दा ध्यान दिनुपर्ने कुराहरू :

  • अनाजलाई ३÷४ घाम राम्ररी सुकाउनुका साथै भण्डारण गर्ने अन्नमा चिस्यान १२ प्रतिशत भन्दा कम हुनुपर्दछ । 
  • नयाँ अन्नलाई पुरानो अन्नसङ्ग मिसाएर राख्न हुदैन।
  • समय समयमा भण्डारणको निरीक्षण गर्नुपर्दछ ।
  • अन्न राखिएको थइलोले जमिन छुन हुदैन।
  • भकारी अथवा बोरा आदिलाई जमिन मुनिको चिस्यान नआउने गरी काठ विच्छ्याई राख्नु पर्दछ । 
  • सुधारिएको वा उन्नत भकारीहरूको प्रयोग गर्नुपर्छ ।
  • मुसा नियन्त्रणका लागि भण्डारको सरसफाईमा ध्यान दिनुको साथै क्षतिको किसिम हेरी विषादीको पनि प्रयोग गर्न सकिन्छ । 

भणडारण गर्ने स्थानको छनोत:

  • धानको भणडारण गर्ने स्थान सिधा घामको किरण नपर्ने सुख्खा हुनु पर्दछ।
  • अन्ध्यारो कोठामा भण्डारण गर्न हुदैन। 
  • कम आद्रता भएको सुख्खा स्थानमा धानको भणडारण गर्नु उचित मनिन्छ।
  • ७o०F तापक्रममा धानको भणडारण गर्न उचित मानिन्छ।

भण्डारणमा प्रमुख हानिकारक कीराहरू :

बालीनाली स्याहार्नुपूर्व र पश्चात् नानाथरीका रोगकीराले क्षति पु-याउँछन् । बाली स्याहारिसकेपछि (भण्डारणको क्रममा) चिस्यान तथा सापेक्षिक आद्र्रताका कारण बढी मात्रामा ढुसीजन्य रोगहरू लाग्नुका साथै खपटे, पुतली तथा सुलसुलेजन्य कीराहरूले सरदर २५ देखि ३० प्रतिशतसम्म क्षति गरेको पाईन्छ ।
1.किराको नाम- घुन
पहिचान – धानमा लाग्ने वयस्क घुन रंग रातो खैरो र टाउकोको अघिल्लो भाग लामो सुडमा परिणत भएको हुन्छ यिनको लार्भा नरम र खुट्टाविहिन हुन्छन् । यसले धान लगाएत गहु, मकै, जौँ , फापर, जुनेलो आदिमा पनि नोक्सान पुर्याउने गर्दछ।
क्षतिको लक्षण- वयस्क घुन अनाज बाहिरै देखिन्छन् । घुन लागेको अनाजका दानामा प्वाल देखिन्छन् र त्यस्ता दाना ख्रोक्रा हुन्छन् ।
2.किराको नाम – अनाजको पुतलीहरू
पहिचान- वयस्क पुतलीहरू पहेलो, खैरो रंगका हुन्छन् । पखेटाका किनारमा लामा मसिना रौँ हुन्छन् । लार्भाहरू दानाभित्र नै बसेर खान्छन् । 
क्षतिको लक्षण – पुतलीहरू अनाजको माथिल्लो सतहमा देखिन्छन् । लार्भाहरू दानाभित्र 
पसेर खाने भएकोले प्रभावित दानाहरू खोक्रो हुन्छन् । 
यस्ता रोग किराको प्रकोपबाट बचाउन अपनाउन सकिने सावधानीहरु :
निकै परिश्रम गरी गरिएको खेतीबाली ,विभिन्न पशुचौपाया तथा चराचुरिङ्गीहरूबाट जोगाएर भित्रयाइएको धान उचित तरिकाले भन्डारण गर्न सकिएन भने लगानी अनुसारको आम्दानी लिन सकिदैन । त्यसैले धान भणडारण गर्दा पनि ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरू छन् ।
1.निबारक विधि :

  • अन्न राम्रोसँग पाकेपछि मात्र बाली थन्क्याउने (८५˗९० प्रतिशत दाना पाकिसके पछि वाली काट्नुपर्छ) ।
  • अन्न भण्डार गर्नु अगावै घाममा सुकाएर दानाको चिस्यान १२ प्रतिशत भन्दा कम गराउने ।
  • नयाँ अन्नलाई पुरानो अन्नसँग नमिसाइ भण्डारण गर्ने ।
  • अन्न थन्क्याउनु अगावै अन्न भण्डार कोठालाई राम्रोसँग सफा गर्ने । 
  • राम्ररी घाममा सुकाएर १२ प्रतिशत भन्दा कम चिस्यान  बनाएर   रोगकिरा  लागेको दाना हटाउने ।

2.नियन्त्रण विधि:
a.वनस्पतिय विषादिको प्रयोग गरेर

  • आधा माना बोझो, एक माना  तितेपाती र एक माना टिमुर मिसाइ सुकाएर बनाइएको धूलो  अन्न भण्डारमा प्रयोग गरी बचाउन सकिन्छ।
  • नीमको दानाको  धूलो १० ग्राम  एक केजी धानमा मिसाउने ।
  • बोझोको जराको धुलो २०-२५ ग्राम एक‌ केजी धानका दरले मिलाउने।
  • टिमुरको पाकेको फलको धूलो ३ ग्राम एक केजी धानका  दरले मिसाउने।
  • असुरोको पातको धूलो १० ग्राम  एक केजी धानमा  मिसाएर  राख्ने  ।
  • सुपर ग्रैन ब्याग वा पि आइ एस /हर्मिटेज ब्यागमा राख्ने। 
  • नीमको पात ५–६ सेमी सम्म अनाजमा फिजाएर राख्नाले कीराको नियन्त्रण हुन्छ । 
  • बोझोको गाना र खरानी एक ग्राम प्रति किलोग्रामको दरले राख्नाले किरुाको नियन्त्रण हुन्छ । 
  • तीतेपाती, बकाइनो, मरिच, असुरो आदि पनि प्रयोग गर्न सकिन्छ । 

b.रासायनिक विषादी प्रयोग गरेर

  • एलयुमिनियम फोस्फाइड (सेल्फस, क्विकफस) विषादी २–३ चक्की प्रति मेट्रिक टन अनाजमा राखी हावा नछिर्ने गरी बन्द गर्ने।

नेपाली किसानको लागि धानको उत्पादन आर्थिक मुहानको रुप मनिन्छ। तर उत्पादनमा बाधा तथा उचित व्यवस्थापनको अभावले गर्दा ठुलो उपज अन्तर हुने गर्दछ। भण्डारण पछिको हानी घताउन सकियो भने उपज अन्तर घताउन मद्दत गर्दछ। भणडारण पछीको हानी  मात्र घताउन सकियो भने यसले खाद्य सुरक्षामा निकै  ठुलो मद्दत पुराउदछ। त्यसकारण , उचित भणडारण व्यवस्था मिलाउनु पर्दछ।