गँड्यौले मल एक प्रकारको जैविक मल हो जुन केही विशेष प्रकारका गँड्यौला प्रयोग गरी उत्पादन गर्ने गरिन्छ । उक्त गँड्यौलाहरुलाई खानाको रुपमा गाई भैँसीको गोबर, घरबाट निस्केका सड्ने गल्ने खालका तरकारीका छिल्का, बोक्रा, पातहरु दिई गँड्यौलाद्धारा पचाई प्राप्त हुने मल नै वास्तवमा गँड्यौले मल हो । यो मल दानेदार गाढा खैरो/कालो रङको हुन्छ, जसलाई कालो सुन (Black Gold) पनि भनिन्छ । किनकि यसमा विरुवाहरुलाई चाहिने म्याक्रो माइको पोषक तत्व लगाइत सुक्ष्म तत्वहरु भिटामिन, हार्माेन, एन्टीवायोटिक र माटोमा उपयोगी सुक्ष्म जीवहरु अधिक मात्रामा पाइन्छ अन्य जैविक मलको तुलनामा ।
विशेषः गँड्यौले मल उत्पादनको लागि मुख्यतया तिन प्रकारका गँड्यौला प्रजातीहरु प्रयाोग गर्ने गरिन्छ, इसेनिया फोइटिडा (Eisenia foetida), इयुड्रिलस युगेनिए (Eudrilus eugeniae) र फेरिनेक्स एक्सकाभेटस (Perionyx excavatus) । यि तिन प्रकारका गँड्यौलाहरुलाई मल गँड्यौला पनि भन्ने गरिन्छ । यिनीहरुको आयु छोटो र द्रुत प्रजनन क्षमता हुन्छ र खानाको खोजीमा माथिल्लो सतहबाट सडेगलेका खाना खाँदै सतहमुनि जाने बानीका हुन्छन् ।
यि तिन प्रजातीहरुमा पनि मुख्यतया इसेनिया फोइटिढा (Eisenia foetida)लाई कृषकहरुले गँड्यौले मल उत्पादनको लागि अत्याधिक रुचाएको पाईन्छ । यो रातो रङको, छोटो समयमा प्रजनन गरी भेरै संख्यामा बृद्धि हुन सक्ने र जैविक फोहोरहरुलाई चाँडै नै मलको रुपमा परिणत गर्न सक्ने भएकाले कृषकहरुको रुचाईमा आउने गर्छ । यो गँड्यौला ३–१० से.मि. लामो,०.४–०.६ ग्रा. तौल र ५०–५५ दिनमा पुर्व बिकसित हुन्छ । १५०० को संख्यामा उक्त गँड्यौला प्रयोग गरी २ महिनामा २ कुन्टल जैविक फोहोरलाई मलमा रुपान्तरण गर्न सकिन्छ ।
गँड्यौले मलमा पोषक तत्वको मात्रा
गँड्यौले मलमा पोषक तत्वको मात्रा र प्रकार जैविक फोहोरमा निर्भर हुने गर्छ । यदि फोहोर एकै किसिमका छन् भनो पाोषक तत्वको संख्यामा कमी आउँछ, यदि जैविक फोहोर विभिन्न प्रकारका छन् भने पोषक तत्वमा वृद्धि र धेरै प्रकारका पोषक तत्वहरु पाइन्छ । घरमा बनाइने अन्य सामान्य मलको तुलनामा गँड्यौले मलमा १.२–१.६% बढी नाइट्रोजन, १.८–२% बढी फस्फोरस र ०.५–०.७५% बढी पोटासियम पोषक तत्व पाइन्छ, जुन कुनै पनि बिरुवालाई हुकर्न र बढ्नको लागि चाहिने अति आवश्यक तत्व हुन् ।गँड्यौले मलमा पाइने पोषक तत्व र मात्रा तल दिएको तालिकद्धारा स्पष्ट्याइएको छ ।
गँड्यौले मल उत्पादन विधि
- सर्व प्रथम गँड्यौले मल उत्पादनको लागि उचित ठाउँको व्यवस्था गर्नुपर्छ। हल्का चिसो, छायाँदार र चिस्यान हुने ठाउँलाई गँड्यौले मल उत्पादनको लागि अति उपयुक्त ठाउँ मानिन्छ ।
- ठाउँको छनोट भइसकेपछि गँड्यौले मल एकाई (Vermicomposting Unit) को निर्माण गर्नु पर्छ, उक्त एकाई ६ फिट लामो, २ फिट चौडाइ र २ फिट उचाईको बनाउनु पर्छ । इँटा बालुवा र सिमेन्ट प्रयोग गरी बनाउँदा उचित र टिकाउ हुन्छ ।
नोट: गँड्यौले मल उत्पादन एकाईको संख्यामा मलको आवश्यकता र कच्चा पर्दाथको आपुर्ति अनुसार घडबड गर्न सकिन्छ ।
- एकाई भित्र घाँसपात वा परालका स–साना छुक्रा प्रयोग गरी १५–२० से.मि. को उचाई भएको सतह बनाउनु पर्छ ।
- अब १५–२० दिन पुरानो गाईभैँसीको गोबर र अन्य जैविक बस्तुहरुलाई ३ः१ को अनुपातमा मिसाई गँड्यौले मल उत्पादन एकाई भित्र राख्नुपर्छ ।
नोट: जैविक बस्तु अन्तर्गत घरबाट निस्केका तरकारीका छिल्का बोक्रा, पातहरु वा परालको प्रयोग पनि गर्न सकिन्छ तर उक्त बस्तुहरुलाई २–३ से.मि. साना टुक्रामा काटि प्रयोगमा ल्याउनु पर्छ ।
- प्रत्येक गँड्यौले मल उत्पादन एकाएमा १.५–२ कुन्टल कच्चा पदार्थ भर्न सकिन्छ ।
- त्यसपछि १५००–२००० को संख्यामा रातो गँड्यौला (इसेनिया फोइटिडा) उक्त एकाई भित्र रहेका कच्चा पदार्थको माथिल्लो सतहमा छाड्नुपर्छ । र जुतका बोरा वा परालले माथिबाट छोप्नु पर्छ, जसले गँड्यौलाहरुलाई तिनिहरुको सत्रुबाट जाोगाउने गर्छ ।
- माथिबाट छोपिसकेपछि तुरुन्तै जुतको बोरा वा पराल रााम्ररी भिज्ने गरी चारैतिर बाट पानी छर्किनु पर्छ र आवश्यकता अनुसार समय–समयमा पानी दिई ६०% चिस्यान (Moisture) बनाईराख्नु पर्छ ।
- गँड्यौला राखेको २०–३० दिन पछि मल बनिरहेको कच्चा पदार्थलदाई पूर्न रुपमा उल्टाई पल्टाई गर्नपर्छ र केहि दिनका लागि फेरि छोपेर राख्नु पर्छ ।
- यसरी ४०–४५ दिनमा गँड्यौला मल पुर्नरुपमा तैयार हुन्छ । जुन कच्चा पदार्थको तौलको 3/4 भाग हुन्छ ।
गँड्यौले मल उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु
१) सर्व प्रथम उचित ठाउँको छनोट गरी, व्यक्तिगत उपयोग वा व्यवसयको लागि उत्पादन गर्ने भनी सुनिश्चित गर्नुपर्दछ ।
२) मल उत्पादनकर्ताले उत्पादन गर्नु भन्दा पहिले संबन्धित संस्था र बिशेषज्ञहरुबाट परामर्श सल्लाह सुझाव र तालिमको व्यवस्था मिलाउनु पर्छ ।
३) आवश्यकता अनुसार गँड्यौला मल उत्पादन एकाईको सतह सिमेन्ट प्रयोग गरी बलियो बनाउनुपर्छ ताकि गँड्यौला जमिनमुनि नजाओस् ।
४) १५–२० दिन पुरानो गोबर मात्रै प्रयोग गर्नपर्छ, जसको तापक्रम कम होस् ।
५) एकाई भित्र अमिलो पिरो बस्तुहरु माछामासुका टुक्रा, दुध युक्त बस्तुहरु हाल्नु हुदैन । यसले गँड्यौला मर्न सक्ने तथा मल उत्पादन क्षमतामा पनि कमी आउँछ ।
६) जैविक फोहोर प्रयोग गर्दा त्यसमा रहेका प्लास्टिक, रासायनिक, किटनाशक र अन्य काँँचका टुक्राहरु हटाउनु पर्छ ।
७) गँड्यौलाहरुलाई कुखुरा, चरा, छेपारो, भ्यागुतो, कमिला , गोब्रेकिरा (Beetles), बहु खुट्टेकिराहरु (Centipedes) बाट जोगाउनु पर्छ ।
गँड्यौले मलको आवश्यकता
नेपाल कृषि मन्त्रालयको तथ्याङक अनुसार हाम्रो देशले बार्षिक रुपमा १६ अर्ब भन्दा बढी रकमको बार्षिक रुपमा विभिन्न देशहरुबाट रासायनिक मलहरु भित्रयाउने गर्छ । जुन अझ पनि बार्षिक परिपुर्तिको लागी कम पर्ने गर्छ । उक्त अवस्थामा गँड्यौले मल एउटा राम्रो विकल्प हुन सक्छ । गँड्यौले मलले माटोको उर्वरा शाक्ति बढाउनुको साथै माटोको भौतिक र रासायनिक गुणमा पनि सुधार ल्याउछ, त्यसका साथै यसले माटाोको बनावट माटोको पानी रोक्न सक्ने क्षमता, माटोमा हावाको आवत जावत र दिगो कृषि विकास प्रणलीमा अति ठुलो टेवा पु¥र्याउछ । यो मल एक प्रकारको जैविक मल भएको कारणले यसले हावा, पानी, र माटोमा कुनै नकारात्मक असर पार्दैन र सजिलै घरमा अन्य मलको तुलनामा छोटो समयमा बनाउन सकिने भएकाले जैविक फोहोरहरुको उपयोग हुनुको साथै वातावरण पनि सफा हुन्छ । गँड्यौले मल व्यवसायिक रुपमा उत्पादन गर्न एकदम धेरै लगानी नलाग्ने र अन्य व्यक्तिहरुलाई पनि रोजगारको अवसर प्रदान कुनुको साथै राम्रो आय आर्जनको स्रोत भएकाले, आजकाल कृषकहरु र अन्य व्यवसायिक ब्यक्तिहरु बिच यो निकै लोकप्रिय हुदैँ गइरहेको छ । ओर्गानिक कृषि व्यवसायीहरुको लागि त झन् गँड्यौले मल अति आवश्यक मल अन्तर्गत पर्दछ । कृषकहरुको व्यवसायिक ओर्गानिक खेतीतिरको चासो र बजारमा ओर्गानिक तरकारी, फलफूलहरुको मागले “गँड्यौले मल उत्पादन” भविष्यको कृषि व्यवसायमा आफ्नो स्थान सुनिश्चित गर्दछ ।