प्राकितिक छटाले भरिपूर्ण हाम्रो देश नेपालकृषि प्रधान देश हो । यहाँको अधिकांश जनसंख्या जीवन निर्वाहको प्रमुख आधार भनेको कृषि नै हो । विगत केही लामो समय देखि कृषकहरूमा व्यवसायिक कृषितर्फ आकर्षण बढ्दै गइरहेको छ।त्यसै अन्तर्गत नेपालको कृषि क्षेत्रमा चुनौती र प्रचुर सम्भावना बोकेको आर्थिक क्षेत्रको रूपमा कृषि परिचित हुँदै छ । कुरिलो लिलिएसी (Liliaceae) अन्तर्गत पर्ने एउटा बहुवर्षीय वाली हो । यसको वानस्पतिक नाम अस्पारागस अफिसिनालिस (Asparagus officinalis)हो । कुरिलो १५०भन्दा बढी थरिका हुन्छन् ।

सम्भावना:

पौष्टिक तत्वले भरिपूर्ण कुरिलो न्यानो र समशितोष्ण हावापानीमा राम्रो हुने भएकाले नेपालको मध्य पहाडी भेगमा यसको राम्रो खेती गर्न सकिन्छ।नेपालमा समुद्री सतहबाट २२०० कि.मि सम्म पाइने कुरिलो व्यवसायिक रूपमा भर्खरै सुरू भएको र विशेषत शहरी क्षेत्रमा यसको माग बढ्दै गएको देखिन्छ । वर्तमान अवस्थालाई हेर्दा अन्तराष्ट्रीय बजारमा पनि यसको माग बढ्दो क्रममा रहेकाले नेपालको मध्य पहाडी क्षेत्रमा ख़ाली रहेका पाखा पखेराहरूमा व्यवसायिक रूपमा कुरिलो उत्पादन तथा उत्पादकत्व बढाई नेपालमा गरिवी न्युनिकरणमा निकै ठुलो टेवा पुग्न सक्ने सम्भावना देखिन्छ । बढ्दो मागसँगै कृषकहरु कुरिलो खेती तर्फ आकर्षित भएको पनि पाइन्छ र नेपालको मध्य पहाड़ी क्षेत्रमा कुरिलो खेती विस्तारको राम्रो सम्भावना देखिन्छ ।

महत्व र उपयोगीता:

कुरिलोबाट प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुन्छ ।कुरिलोमा चिल्लोंपदार्थ बिहिन,कोलेष्ट्रोलरसोडियम तत्वरहित ,शक्तिदायत,भिटामिन ए तथा सि अधिक मात्रामा पाइने भएको हुँदा यसलाई बहुउपयोगी खाध पदार्थको नाम दिन सकिन्छ ।यसैगरि एकपटक लगाइसकेपछि १०-१५ वर्षसम्म उत्पादनशिल रहने र लगाइरहन नपर्ने हुँदा काम गर्न सजिलो हुन्छ। वर्षमा ६/७ महिनासम्म पनि उत्पादन लिन सक्ने भएकाले यस खेतीबाट राम्रो आएआर्जनको गर्न सकिन्छ। ताज़ा कुरिलोको उपयोग सुप तथा तरकारीमा हरियो तथा बफाईएको कुरिलो सलादको रूपमा प्रयोजन गर्न सकिन्छ।

प्रति १०० ग्राम कुरिलोको सेवनबाट प्राप्त हुने विभिन्न पौष्टिक तत्वको विवरण:-

  • शक्ति २.२ किलो क्यालोरी
  • कार्वोहाइड्रेड ३.७ ग्राम
  • प्रोटीन ३.१ ग्राम
  • क्यालसियम २२ मिलिग्राम
  • रेशा खरानी ०.८ मिलिग्राम
  • पोटासियम ३०२ मिलिग्राम
  • म्यागनेसियम १८ मिलिग्राम
  • फ़लाम ०.६ मिलिग्राम

कुरिलो खेती गर्ने तरिका:-

कुरिलो न्यानो र समशितोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ। हिउँदमा चिसो तथा गृष्ममा न्यानो मौसम ठीक हुन्छ । माटोको तापक्रम १०डि.से भन्दा कम हुनुपर्छ र बिरूवा सुशुप्त अवस्थामा हुनुपर्दछ। १५-२५ डि.से तापक्रममा कुरिलोको टुसा राम्रोसँग पलाउँछ। कुरिलो खेतिका लागि माटोको पि.एच ६देखि ७.५ सम्म हुनुपर्दछ र कुरिलोको ज़रा धेरै गहिरोसम्म जानेहुँदा प्रांगारिक पदार्थयुक्त गहिरो खुकुलो निकास भएको बलौटे दुमट माटो, पारिलो घाम र सधैँभरि पानीको सुविधा भएको ज़मीन उपयुक्त हुन्छ। कुरिलोको लागि झारपात कम उम्रने ज़मीन आवश्यक छ ।

कुरिलो मुख्यत तीन किसिमले लाउन सकिन्छ:-

क) एक वर्षे गानो (Rhizome) रोप्ने :-

कुरिलो पुरानो कुरिलोको बोटबाट गानो निकाली अथवा बीउबाट नर्सरीमा उमारिएको एक वर्षे गानो पनि सार्न सकिन्छ । फागुन या चैत्र महिनामा बीउ तयारी जमिनमा ६० से.मि को फरकमा ब्याड बनाइ ५-७ से.मी गहिराईमा बीउ खसाली एक वर्षपछि गानो निकालिन्छ । त्यसपछि १२० से.मि को फरकमा ५० से.मि चौड़ा र ५० से.मि गहिरो कुलेसो बनाउने र उक्त कुलेसोमा ३० से.मि गोवर मल भर्ने र त्यस माथि २० से.मि माटो र गोवर मल भरिन्छ । प्रति रोपनिमा ५ केजी यरिया , ४ केजीडि.ए.पी, पोटास ३.५ केजीको दरले उक्त कुलेसोमा हाल्नुपर्दछ । कुलेसोमा पुर्ने गरि २५-६० से.मी को फरकमा तयार पारिएको बिरूवालाई टुसा नछोप्ने गरि ५ से.मी गहिराईमा रोप्नुपर्दछ।टुसा बढ्दै गएपछि माटोले विस्तारै छोप्दै जानुपर्छ ।

ख) सिधै बीउ छर्ने:-

तयारी जमिनमा कुरिलोको बीउ छर्न सकिन्छ।तर यसको बीउ १महिना जति लाग्ने र उमार पनि कम हुने भएकाले यो तरिका त्यति ठीक हुँदैन।

ग) २-३ महिने वेर्ना सार्ने:-

यस तरिकामा प्लास्टिक व्याग वा नर्सरीमा बीउ छरेर बेर्ना तयार गरिन्छ:

-फाल्गुन, चैत्र वा भाद्र आश्विनमा २५-३० से. मि अग्लो हुन्छ।

-आषाढ वा माघमा तयारी बेर्ना कुलेसोमा सारिन्छ।

प्रति रोपनिमा २५०० बिरूवा आवश्यक पर्दछ। रोपेको एक वर्षपछि व्यवसायिक रूपमा उत्पादन लिन सकिन्छ । चैत्रको सुरूबाट असोजसम्म कुरिलोको राम्रो उत्पादन हुन्छ । कसिलो मोटो तथा रेसादार भएको टुसा बजारको लागि राम्रो मानिन्छ ।

किराको नियन्त्रण:

कुरिलोमा धेरै प्रकारका किराहरूले आक्रमण गर्छन  । सामान्य कीराहरू देखिँदैमा विषादिको  प्रयाग ठीक हुँदैन तर किराहरूको आक्रमण धेरै भएमी तितेपातीको झोल, सिस्नुपानि या सुर्तिको झोल पर्याग गर्न सकिन्छ । तर यसबाट पनि नियन्त्रण नभएमा मालावियन या सुमिवियन नामक किटनासक विषादी २मि.लि प्रति लिटर पानीमा मिसाई बिरूवाको सम्पूर्ण भाग भिज्ने गरि छर्नु पर्दछ ।

रोग नियन्त्रण:

कुरिलोमा जरा कुहिने अथवा पात तथा डॉठको भागमा सिन्दुरे रोग देखिएमा डाईथेन एम-४५, डेरोसाल, बेभेष्टिन जस्ता विषादि मध्य कुनै एक २ ग्राम प्रति लिटर पानीमा मिसाई प्रयोग गरि रोग नियन्त्रण गर्न सकिन्छ । नेपालजस्तो कृषि मुखि अर्थतन्त्र भएको देशमा कुरिलो खेतीले थप उर्जा दिएको छ।स्वदेशी तथा विदेशी बजारमा पनि यसको मूल्य राम्रो भएकाले कृषकहरूलाई कम लागतमा राम्रो आय आर्जनको स्रोत बनेको छ।तर विडम्बनाको कुरा नेपालमा अझैपनि कुरिलो खेतीको व्यवसायिक रूपमा यहाँ सुहाँउने जातहरूको खोज तथा अनुसन्धान हुन सकेको छैन।तसर्थ सम्बन्धित निकायबाट ध्यानाकर्षण गराई यस खेतीमा राम्रो अनुसन्धान गराई कृषकहरूमा जोड़ दिन सक्दा नेपाल कृषि सम्रिद्धिको यात्रातर्फ अगाडि बढ्न सक्छ ।