पिसाबमा भएका बिभिन्न खनिज तत्वका मणीभहरु (Crysatals) मृगौला मुत्रबाहिनि नलि, मुत्र थैलि र मुत्र नलिका बिभिन्न भागमा जम्मा हुनुलाइ पथ्थरी (Urolothiasis) भनिन्छ। मुत्र प्रणालिका बिभिन्न भागका नलिहरुको भित्रि सतह तथा पुरै नलिमा पथ्थरी देखिन्छ। पशुको जात अनुसार पथ्थरी जम्मा हुने स्थान फरक फरक हुन्छ । त्यस्तै गरी पशुको जात अनुसार पथ्थरी बनाउने धातुका मणीभहरु पनि फरक फरक हुन्छन् । यो समस्या भाले पशुहरुमा बढी देखिने भए तापनि पोथि पशुहरुमा पनि पाइएको छ।

पशुको शारीरीक प्रकृया, ब्यबस्थापन र पोषण आदिको परिबर्तनका कारण पथ्थरी हुन्छ।दानामा प्रोटिनको मात्रा बढी हुनु, चाडो खसि पार्नु, आमा बाट छुट्टाउने समयमा उचित ब्यबस्थापन नहुनु, भिटामिन ए को कमि, जाडो समयमा कम पानि खुवाउनु ,गर्मिमा पसिनाबाट पानि बगेर जानु ,फस्फोरस र म्याग्नेसियम बढीहुने दाना जस्तै चोकर ,अम्रिसो घास आदिको प्रयोग गर्नु ,पानिमा नुनको प्रयोग नगर्नु , पिसाब रोकिनु, मुत्र प्रणालिमा संक्रमण हुनु आदि कारणबाट पथ्थरी हुनसक्दछ। उच्च गर्मि तथा उच्च जाडोमा यो समस्या बढेर जान्छ। उग्राउने पशुहरु जस्तै गाइभैसि ,भेडाबाख्राको भाले पशुको मुत्र नलि लामो र अग्रेजि एस आकार “S” मा घुमेको हुन्छ  जसले गर्दा लामो तथा घमेको मुत्र नलिमा पथ्थरी कारक खनिजका लबणहरु बिस्तारै बिस्तारै जम्मा हुदै गएर पथ्थरीको रुप लिन्छ। बाच्छाहरुमा एस आकारको भागबाट तल्लो स्थान तिर बढी मात्रामा पथ्थरी देखिन्छ तर मुत्रथैलि ,मुत्र थैलिको मुखमा, एस आकारको बिचमा पनि पथ्थरी देखिन्छ।पाडाहरुमा मुत्रनलिको टुप्पोमा बढी पथ्थरी देखिन्छ तर एस आकारको बरीपरी, मुत्र नलिको मुखमा पनि देखिन्छ। बाख्रामा मुत्र थैलिमा, एस आकारमा, मुत्र नलिको सबै भागमा पथ्थरी हुने सम्भावना हुन्छ। कहिलेकाहि धेरै स्थानमा पथ्थरी देखिन्छ जसको उपचार कठीन हुन्छ।

पथ्थरीका कारणहरु :

पिसाबको पि एच मान फरक हुनु: दानापानि तथा आहारको परिबर्तनले पि एच मान सामान्य भन्दा घटीबढी हुदा मणीभ जम्माहुने सम्भावना बढ्छ।

शरिरमा पानिको मात्रा परीबर्तन तथा पिसाबको मात्रा परीबर्तन ।

पानिको अभाबहुदा पिसाब बाक्लो हुन्छ र पथ्थरीको सम्भावना बढेर जान्छ।

पिसाब नलिको संक्रमण भएमा पिसाबबाट फोहोर जाने क्रममा पिसाब नलिको भित्रि सतहमा फोहोर संगै पथ्थरी जम्मा हुदै जान्छ।

कडा पानिको प्रयोग ।

आबश्यकता भन्दा धेरै मात्रामा परीपुरक औषधि जस्तै क्याल्सियम आदिको प्रयोग ।

भिटामिन ए को कमि ।

औषधिमा सल्फोनामाइड ग्रुप (Sulphonamides Groups) को बढी प्रयोग ।

इस्ट्रोजन हर्मोन (Estrogen hormone) को मात्रा बढी भएमा ।

लक्षणहरु :

सामान्यतया पिसाब रोकिएको १२ देखि २४ घण्टामा लक्षण देखिन्छ। यदि पुर्ण रुपमा पिसाब बग्न ठप्प भएमा ७२ घण्टामा मुत्र थैलि फुट्ने सम्भाबना हुन्छ। मुत्र थैलि फुटेमा एक हप्तामा मृत्यु समेत हुन सक्दछ।

पिसाब फेर्दा ग्राहो तथा दुखेको महसुस गर्ने

पिसाब फेर्दा बल गर्ने, कन्ने तथा ढाड तन्काउने तथा भाच्ने

पिसाबमा रगत देखिने

पिसाबको मात्रा कम हुने तर बारम्वार पिसाब लागेको जस्तो गर्ने

पिसाब भरिएर पेट ढाडिने

पछाडीको खुट्टा फट्टाएर उभिने तथा कराउने

पेट तर्फ हेर्ने तथा पेटमा लात्तीले हान्ने

कहिलेकाहि मुत्र थैलि फुट्ने

कुकुर बिरालोमा बान्ताहुने

रोग निदान :

पिसाब परीक्षण गर्दा पथ्थरीका मणीभहरु देखिन्छन्

प्रयोगशालामा रगतमा पिसाबको मात्रा बढेको देखिन्छ

एक्स रे तथा भिडीयो एक्स रे बाट पथ्थरीको स्थान तथा आकार पत्ता लगाउन सकिन्छ।

 उपचार बिधि :

क. चिकित्सा बिधि

१. पथ्थरीको कारक तत्व हेरि औपधि उपचार गर्नुपर्दछ। पथ्थरी भएको समयमा पिसाब अम्लिय बा छारीय के छ हेर्नु आवश्यक हुन्छ। पिसाबलाइ छारीय बनाउन Disodium hydrogen citrate   प्रयोग गर्न सकिन्छ।

२. दुखाइ कम गर्ने ‍औषधिहरु जस्तै meloxicam (0.5 mg per kg body weight) ,flunixin meglumine (2 mg per kg body weight) जस्ता औषधि प्रयोग गर्ने।

३.  भित्रि दुखाइ कम गर्न Dicyclomine ‍(0.5 mg per kg body weight) , Hyoscine/ butylscopolamine (0.1 mg per kg body weight) औषधि प्रयोग गर्ने।

४.  रगतमा बढेको पिसाब तथा urates हरुलाइ घटाउन Allopurinol (10 mg per kg body weight) भएको औषधि प्रयोग गर्ने।

५. आयूर्वेदिक औषधिहरु जस्तै Cystone tablets / Neeri tablets प्रयोग गर्ने।

६. संक्रमण रोक्न पेनिसिलिन गुर्पका औषधव प्रयोग गर्ने।

ख. शल्यचिकित्सा बिधि

चिकित्सा पद्दतिबाट उपचार गर्दा धेरैहद सम्म निको हुन्छ। तर धेरै स्थानमा पथ्थरी भएको र ठुलो आकारमा पथ्थरी भएको खण्डमा, पिसाब ठप्प भएको अबस्थामा औषधिले मात्र निको नहुन सक्दछ।सो अवस्थामा शल्य चिकिस्सा एक मात्र बिकल्प रहेको हुन्छ।शल्यउपचारको लागी भिडीयो एक्स रे गरेर स्थान पत्ता लगाएर सोहि स्थानमा शल्य उपचार गरी अबरोध घटाउन सकिन्छ। तर भिडीयो एक्स रे सुबिधा सबै स्थानमा उपलब्ध नहुन पनि सक्दछ सो अबस्थामा उल्लेखित शल्यचिकित्सा मध्य उपयुक्त बिधि छनौट गरी उपचार गर्नुपर्दछ।शल्य उपचारका बिधिहरुमा मुत्र नलि काट्ने बिधि (Urethrectomy), मुत्र नलि चिर्ने बिधि (Urethrectomy), अण्डकोष पछाडीबाट मुत्र नलि काट्ने बिधि (Post Scortal urethrectomy),  अण्डकोष आसपासबाट मुत्र नलि काट्ने बिधि (Ischial Utecthrectomy) , पद्दतिहरुमा  मुत्र थैलिको शल्यक्रिया बिधि  (Cystotomy),   मुत्र थैलि सिउने बिधि Cystorraphy), पिसाब नलिको टुप्पो  काट्ने (Urethral process Amputition),  मुत्र थैलिबाट नलिको सहयताले पिसाब निकाल्ने शल्यउपचार Tube Cystotomy आदि रहेका छन्।(लेखकसग २ दर्जन भन्दा बढी  सफल शल्य चिकिल्सा गरेको अनुभव छ )

१. कहिले काहि पिसाब नलिको टुप्पोमा पथ्थरी बसेको हुन सक्दछ सो अबस्थामा पिसाब नलिको टुप्पो काट्ने ( Amputation of Urethral process ) काटेर अबरोध हटाउन सकिन्छ।

२. पिसाब नलि काटेर केहि अंश फालेर (urethrectomy)  बा चिरेर (urethrotomy) अबरोध र पथ्थरी हटाउने

३. मुत्र थैलि नै फुटेको अबस्थामा मुत्र थैलिको सल्यक्रिया (Cystotomy with Cystorraphy) गर्ने

४. पथ्थरीको स्थान पत्ता नलागेको तथा धेरै स्थानमा पथ्थरी भएको अबस्थामा मुत्र थैलिबाट नलिको सहयताले पिसाब निकाल्ने शल्यउपचार (Tubecystotomy) गर्ने। अन्य पद्दतिमा फेरी अर्को पटक पथ्थरी हुने सम्भावना भएकाले यो उपचार पद्दति प्रभाबकारी मानिन्छ।

रोकथामका उपायहरु :

१. ढिलो गरी खसि पार्ने (करीब डेड देखि ३ महिनाको  उमेर  बिचमा)

२. दाना वा पानिमा नुनको मात्रा प्रयोग गरी प्रसस्त मात्रामा पानि खुवाउने

३. दानामा क्याल्सियम र फस्फोरसको मात्रा मिलाउने गरी दाना दिने जंहा क्याल्सियम र फस्फोरसको अनुपात २: १ हुनु पर्दछ।

४. दानामा एमोनियम क्लोराइडको मात्रा ०.५ देखि १.५ प्रतिशत हुने गरी दिने जसले पथ्थरी बन्न दिदैन।

५. पथ्थरी भएको अवस्थामा शारीरीक तौल अनुसार प्रति के जि ०.२५ देखि ०.५ ग्राम पर्ने गरी एमोनियम क्लोराइड खुवाउने।सामान्यतया १ चिया चम्चा प्रति बाख्रा प्रति दिन ४ लिटर पानिमा दिन सकिन्छ।यो अलि तितो स्वादको हुने हुदा ढुङ्ग्रो वा डेर्न्चिङ गनको सहायताले १ चम्चा एमोनियम क्लोराइड २ कप पानिमा मिसाएर खुवाउन पनि सकिन्छ।

६. बजारको तयारी दाना दिदा दानामा क्याल्सिय, फस्फोरस र एमोनियम क्लोराइड मात्रा भए नभएको एकिन गरेर मात्र खुवाउने।

७. आहारामा खनिज तत्वहरुको सन्तुलित मिश्रणको ब्यबस्था मिलाउने।