घिरौला ग्रीष्म–वर्षा यामको लहरे तरकारी बाली हो । यसका कलिला फल तरकारी पकाएर खाइन्छ । यसको औषधिय महत्व छ । यसको सेवनले खानामा रुची बढाउँछ
। यसले मुटु तथा पेटका रोगीलाई फाइदा पु¥याउँदछ ।

१. घिरौंला कस्तो तरकारी बाली हो ?

घिरौला ग्रीष्म वर्षा यामको लहरे तरकारी बाली हो । यसका कलिला फल तरकारी पकाएर खाइन्छ ।

२. घिरौलाको औषधीय महत्व के छ ?

घिरौलाको औषधिय महत्व छ । यसको सेवनले खानामा रुचि बढ्छ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा गर्दछ ।

३. घिरौला खेतीको लागी कस्तो हावापानी आवश्यक हुन्छ ?

घिरौला खेताको लागी तातो (२५–३० डि.से) र ओसिलो मौसममा राम्रो सप्रन्छ ।

४. घिरौला खेतीको लागी कस्तो माटो चाहिन्छ ?

घिरौला खेतीको लागी बलौटे दोमट माटो उपयुक्त हुन्छ । माटोमा प्रशस्त मात्रामा प्राङ्गरिक बस्तु र पी.एच.मान ५.८–७.५ हुनु पर्दछ ।

५. घिरौलाका जातहरु कुन-कुन हुन् ?

घिरौलाका धेरै स्थानीय जातहरुको खेती गरिन्छ । उन्नत जातहरु मध्ये कान्तिपुर, नारायणी र पुसा चिल्ले बढी प्रचलित छन् ।

६. घिरौलाको कान्तिपुर जात कहाँको लागी सिफारिस गरिएको छ अनि घिरौलाको कान्तिपुर जातको फल कस्तो हुन्छ ?

कान्तिपुर जातको घिरौलाको फल हल्का हरियो र लामो (५०–७५ से.मि) हुन्छन् ।

८. कान्तिपुर जातको घिरौलाको फल कहिले टिप्न सकिन्छ ?

कान्तिपुर जातको घिरौलाको फल बेर्ना सारेको १००–११० दिनमा पहिलो फल टिप्न लायक हुन्छन् ।

९. घिरौलाको पुसा चिल्लो जात कस्तो जात हो ?

घिरौलाको पुसा चिल्लो जात अगौटे जात हो । यो विउ रोपेको ४०–५० दिनमा फुल्दछ र अगौटे वाली दिन्छ । यसका फल ५०–६० से.मि. लामो गाढा हरियो र चिल्ला हुन्छ ।

१०. घिरौलाको सिफारिस गरिएको वर्णशंकर जातहरु कुन–२ हुन् ?

राष्ट्रिय बीउ विजन समितिले २०६६ सालमा पंजीकरण गरेका घिरौलाका वर्णशंकर जातिहरुः न्यू नारायणी, एन.एस. ४४५ र गीता हुन् ।

११. घिरौलाका सिफारिस गरिएका वर्णशंकर जातहरु कहाँको लागी सिफारिस गरिएको छ ?

घिरौलाको वर्णशंकर जतिहरुको तराई र मध्य पहाडमा खेती गर्न सिफारिस गरिएको छ ।

१२. घिरौलाको वर्णशंकर जातहरु कहिले देखि उत्पादन दिन थाल्छ ?

घिरौलाको वर्णशंकर जातको बेर्ना सारेको ४०–५० दिनमा बाली दिन थाल्छन् ।

१३. घिरौला कहिले लगाईन्छ ?

घिरौला उच्च पहाडमा बैशाख-जेष्ठमा, मध्य पहाडमा फागुन–जेष्ठमा र खोच, बेसी, तराईमा माघ–जेष्ठमा सोझै वारीमा वीउ रोप्ने वा बेर्ना सार्ने गरिन्छ ।

१४. घिरौलाको उत्पादन कहिले हुन्छ ?

घिरौलाको उत्पादनको तराई र मध्य पहाडमा क्रमशः बैशाख, जेष्ठ र असारमा वाली लिन शुरु गरेर असोज सम्म लिन सकिन्छ ।

१५. घिरौला लगाउन जमिन कस्तो तयार गर्नु पर्छ ?

घिरौलाको खेती गर्न २–३ पटक जोतेर माटो सम्माउनु पर्दछ । ड्याङ ३०० से.मि. चौडा र ड्याङका बीचमा ५० से.मीको कुलेसो राखिन्छ । एक ड्याङ्मा २ हार बोट लगाईन्छ । हार–हारको फरक २०० से.मि. र बोट बोटको फरक १५०–२०० से.मि. मा ३०x३०x३० से.मि.का खाडलमा मल माटोको मिश्रणले भरेर पानी लगाएर राखिन्छ ।

१६. घिरौला कसरी रोप्ने ?

घिरौला रोप्न जमिन तयार गरेको ठाउँमा दुई दाना बीउ वा एउटा ४ पाते वेर्ना रोपिन्छ ।

१७. घिरौला खेतीमा के कती मल आवश्यक हुन्छ ?

एक रोपनी जमिनमा घिरौला खेती गर्न ५०० के.जी. (२५–३० डोका) गोबर मल, २ के.जी. नाइट्रोजन, १ के.जी. फस्फोरस र १ के.जी. पोटासको आवश्यक पर्दछ ।

१८. घिरौलाको फलको उत्पादन कहिले लिन सकिन्छ ?

घिरौलाको बेर्ना सारेको ५५–६० दिनमा पहिला फल टिप्न तयार हुन्छन् । फूल लागेको १२–१५ दिनमा फल टिप्ने हुन्छन ।

१९. घिरौलाको उत्पादन कति हुन सक्छ ?

घिरौलाको एउटा वोटले १५–३० वटा सम्म फल उत्पादन गर्दछ । एक रोपनीमा २००० के.जी. कलिला घिरौला उत्पादन हुन्छन् ।

स्रोत : संक्षिप्त प्राविधिक ज्ञान