तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका नगरकार्यपालिका दाङले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि अनुदानका कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि उपमहानगरपालिकाले कृषि समूह, कृषि सहकारी, कृषि फर्म, कृषि कम्पनी र उद्यमीलाई आवश्यक कागजात सहित १५ दिन भित्र रितपुर्वक आवेदन पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. पुष्प विकास कार्यक्रम
२. प्राङ्गारिक कृषि प्रर्वद्धन कार्यक्रम
३. स्थानीय तथा रैथाने बाली संक्षण कार्यक्रम
४. घरबगैंचा व्यवस्थापन कार्यक्रम
५. कौसी खेती विकास कार्यक्रम
६. बेमौसमी तरकारी खेती तथा नविनतम कृषि प्रविधि विकास कार्यक्रम
७. कृषि आधुनिकिकरणका लागि मेशिनरी उपकरण सहयोग कार्यक्रम
८. साना सिंचाई तथा मर्मत सम्भार कार्यक्रम
९. कृषि बाली भण्डारण प्रविधि तथा व्यवस्थापन कार्यक्रम
१०. बाँझो जग्गा व्यवस्थापन तथा करार खेती साझेदारी सहयोग कार्यक्रम

थप जानकारीका लागि :

०८२-५२००१६

सूचना हेर्नुहोस ।।