ललितपुर। डा. योगेन्द्रकुमार कार्की नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा नियुक्त भएका छन् । मन्त्रीपरिषद्को आज बसेको बैठकले डा.कार्कीलाई सचिवमा बढुवा गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले अन्य दुईजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सहसचिव गोकर्ण दवाडी र इन्जिनियर सुरेश चालिसेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।