काभ्रे। पनौती नगरपालिकाले लागत साझेदारीमा विभिन्न कृषि तथा पशुपालन कार्यक्रम संचालन गर्ने भएको छ । आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत नगरपालिकाले विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको हो । यसका लागि नगरपालिकाले एक सूचना प्रकाशित गरी कार्यक्रममा समावेश हुन ईच्छुक कृषक, कृषि सहकारी, कृषि समूह, नीजि उद्यमीलाई १५ दिन भित्र आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. लागत साझेदारीमा भैंसी (थोरे) प्रर्वद्धन कार्यक्रम संचालन
२. लागत साझेदारीमा बाख्रा प्रर्वद्धन कार्यक्रम संचालन
३. लागत साझेदारीमा गाई प्रर्वद्धन कार्यक्रम
४. लागत साझेदारीमा तरकारी पकेट क्षेत्र प्रर्वद्धन कार्यक्रम

थपि जानकारीका लागि :

०११-४४०१३८, ४४०१३६

सूचना हेर्नुहोस :