रुपन्देही। कन्चन गाउँपालिकाले व्यवसायीक कृषि उत्पादन वृद्धि स्वरोजगार श्रजना लगाएतका कार्यक्रम समावेश गरी विभिन्न कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ। यसका लागि लागि गाउँपालिकाले आर्थिक वर्ष ७७ /७८ को गाउँ सभाबाट पारित कृषि पशु तथा स्वरोजगार कार्यक्रमा समावेश हुन ईच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि फार्म तथा कृषि उद्यमीले आवेदन पेश गर्न सक्ने छन् । फार्म भर्ने अन्तिम मिति मंसिर ५ गते तोकिएको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. मौसमी तरकारी खेती
२. बेमौसमी तरकारी खेती
३. मौरी पालन
४. च्याउ खेती
५. फलफूल (आँप,लिची,अक्बा,कटहर )
६. फलफूल (कागती, केरा, मेवा,अंगुर )
७. पुष्प फूल खेती
८. आलु खेती
९. नर्सरी स्थापनको लागि प्लाष्टिक घर निर्माण

थप जानकारीका लागि :
९८४८८९९३३४, ९८४७०००४४४

सूचना हेर्नुहोस :